एमाले जिताउन स्वास्थ्यकर्मी एकजुट

प्रकाशित मिति :2017-05-09 20:13:07


काठमाडौं

स्थानीय निर्वाचनमा नेकपा (एमाले) का उम्मेदवारहरुलाई विजयी गराउन स्वास्थ्यकर्मी एकजुट भएका छन् ।

स्वास्थ्यकर्मीहरुको मंगलबार भएको भेलामा उनीहरुले एमाले अहिलेका लागि मुलुकको नेतृत्व गर्न सक्ने सक्षम शक्ति भएकोले उसलाई विजयी गराउन आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

भेलाले एमाले केन्द्रीय स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख एवं केन्द्रीय सदस्य सुजिता शाक्यको संयोजकत्वमा ५सय ५५ सदस्यीय निर्वाचन केन्द्रीय सहयोग समिति गठन गरेको छ । सो समितिमा राष्ट्रिय स्वाथ्यकर्मी सङ्घ नेपाल, राष्ट्रिय चिकित्सक संघ, नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन, राष्ट्रिय जनस्वास्थ्यकर्मी संघ , लगायतका संस्थाका प्रतिनिधिहरु रहेका छन । महानगर र अन्य तहमा पनि आवश्यक समिति गठन भैरहेका छन्।

कार्यक्रममा एमाले स्थायी कमिटीका सदस्य शंकर पोखरेलले राष्ट्रिय राजनीतिमा एमालेको जुन भूमिका खोजिएको छ, त्यस अनुसार केन्द्रदेखि स्थानीय तहसम्म एमालेको नेतृत्वको सरकार आवश्यक भन्दै अबको मुलुकको नेतृत्व एमालेले गर्ने बताउनुभएको छ ।

प्रमुख शाक्यले सरकारी अस्पताल र विद्यालयका कार्यक्रममा स्वास्थ्य मन्त्री गगन थापा सहभागी भएर आचारसंहिताको ठाडो उलङ्घन गरेका छन भन्दै कारबाही हुनु पर्ने तर्फ गभीर ध्यानाकर्षण गराउनुभएको छ । उहाँले मन्त्री थापाले काँग्रेसका प्रचार सामग्रीमा मोडल भएर प्रस्तुत हुनु पनि आपत्तिको विषय भएको बताउनुभएको छ । । भेलामा एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकाल, केन्द्रीय सदस्य एवं राजधानी पेसागत इञ्चार्ज डा राजन भट्टराई पनि सहभागी हुनुहुन्थ्यो ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula