स्याङ्जामा एमाले कार्यकर्तामाथि आक्रमण

प्रकाशित मिति :2017-05-08 13:56:11

स्याङजा ।

नेपाली कांग्रेसका कार्यकर्ताले  चापाकोट नगरपालिकामा नेकपा (एमाले) का कार्यकर्तामाथि सांघातिक आक्रमण गरेका छन् । कांग्रेस कार्यकर्ताहरूको आक्रमणबाट एमालेका चार कार्यकर्ता घाइते भएका हुनुभएको छ ।

आइतबार साँझ ५ बजे चापाकोट नगरपालिको वडा ६, महमी धारापानी भन्ने ठाउँमा निर्वाचन सभा सकेर अर्को वडामा प्रचारप्रसार हिँडेको मौका छोपी बाँकी रहेका स्थानीय कार्यकर्तामाथि कांग्रेसबाट आक्रमण भएको हो ।

आक्रमणमा परी एमालेका सुनबहादुर थापा, डिल्लीराम खनाल र वडा ६ का सदस्यका उम्मेदवार पदमबहादुर विश्वकर्मा घाइते हुनुभएको छ । सुनबहादुर थापालाई शरिरको पछिल्लो भागमा खुकुरीले चिरिएको छ । एमाले स्रोतका अनुसार चापाकोट नगरपालिकाका मेयरका उम्मेदवार शिव गिरीले बडीगार्डका रूपमा रहेका लालबहादुर खवास नेतृत्वको टोलीले आक्रमण गरेको थियो ।

आक्रमणमा संलग्न कांग्रेस कार्यकर्ताहरू पक्राउ परेका छन् भने मुख्य योजनाकार र आक्रमणको नेतृत्वकर्ता खवास भने फरार रहेका छन् । घटनालगत्तै एमालेको तर्फबाट घटनाबारे प्रहरी प्रशासनमा जानकारी गराउँदै आक्रमणकारीलाई पक्राउ गरी कारबाही गर्न माग गरेको छ । चापाकोट नगरपालिकामा निर्वाचन जित्न नसक्ने भएपछि कांग्रेसका कार्यकर्ता आक्रमणमा उत्रेका हुन् ।

१७ हजार ७ सय २ मतदाता रहेको चापाकोट नगरपालिकामा एमालेका तर्फबाट डा. बुद्धिमान् श्रेष्ठ मेयर र सरस्वती भट्टराई उमपेयरकी उम्मेदवार हुनुहुन्छ ।
एमालेको प्रचारप्रसार अभियानमा भव्य जनसहभागिता देखिएपछि अत्तालिएका उनीहरूले आतंकित पार्न खोजेको र त्यसमा सफल नहुने मियाँले बताए । ‘कांग्रेस वडा ६ लाई आफ्नो बलियो वडा मानेको थियो । तर एमालेमा जनलहर देखेपछि यसरी आक्रमणमा उत्रेको हो,’ उनले भने ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula