एमालेमाथिकाे चाैतर्फी हमला डटेर सामना गर्छाैं : उपाध्यक्ष गाैतम

प्रकाशित मिति :2017-05-07 18:29:56

काठमाडौं ।

नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमले संविधानको रक्षा, कार्यन्वयन र देशको सम्वृद्धिकाका लागि एमालेको नेतृत्व अपरिहार्य रहेको बताउनुभएको छ ।
नेकपा (एमाले) केन्द्रीय प्रचार विभागद्धारा स्थानीय निर्वाचनको सन्दर्भमा आयोजित नियमित मिडिया व्रिफिङमा बोल्दै उहाँले देशको विकाश, जनताको सार्वभौम अधिकारको रक्षा एवम मुलुकको अखण्डताका लागि एमालेको नेतृत्व आवश्यक भएकोमा जोड दिनुभयो । अहिले देखा परेको संवैधानिक र राजनीतिक समस्या समाधान गर्ने राष्ट्रले एमालेको नेतृत्व आवश्यक रहेको प्रति जोड दिदैं उपाध्यक्ष गौतमले एमालेको काँधमा राष्ट्र र संविधान बचाउन अभिभारा आईपरेको बताउनुभयो ।

 

अहिले एमालेलेलाई विभिन्न शक्तिहरु मार्फत चौतर्फी घेरावन्दी गर्न खोजिएको भन्दै त्यसको एमालेले शसक्त मुकाविला गर्ने बताउनुभयो । ‘अहिले विभिन्न कोणहरुबाट एमालेलाई आक्रमण गर्ने खोजिएको छ, तर हामी त्यस्ता आक्रमणलाई जनताको साथ लिएर कडा मुकाविला गर्छौ’  गौतमले भन्नुभयो , ‘सत्तारुढ दलहरुले स्थानीय निर्वाचन नगर्ने योजनामा थिए, तर एमालेको व्यापक दवावले लतारिएर निर्वाचनमा आउन बाध्य भए तर अहिलेपनि एमालेलाई विभिन्न ढंगले एक्ल्याउने प्रयत्नहरु भइरहेका छन् तर राष्ट्रिय राजनीति एमालेको नीति र मार्गनिर्देशनमै चलिरहेको छ । एमाले प्रमुख शक्ति भएका कारण यसप्रति चौतर्फी हमला भइरहेको छ ।
उपाध्यक्ष गौतमले अहिले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बीचमा देखिएको असन्तुलनलाई उछाल्ने भन्दा सन्तुलित ढंगले अघि बढाएर समाधान खोज्नुपर्नेमा जोड दिनुभयो । उहाँले सत्तारूढ दलहरूले शक्तिको दुरुपयोग गर्दै शक्ति सन्तुलन विगारेको दावी गर्दै विद्यमान संकट समाधान गर्न १६ बुँदे सम्झौता गरेका राजनीतिक दलहरुविच सहमती आवश्यक भएको बताउनुभयो । ‘अव मुख्य राजनीतिक दलहरुबीच सहमती कायम गरेर अघि बढ्नुको विकल्प छैन, मुख्य राजनीतिक दलहरु एकतावद्ध भएर राज्य सञ्चालन गर्नुपर्ने नै अहिले राष्ट्रले खोजेको माग हो ।’ गौतमको भनाई थियो ।

प्रधानन्यायधीश सुशिला कार्कीमाथी महाअभियोग लगाएर सत्ता गठबन्धनले राज्य आतंक सिर्जना गरेको गौतमको भनाई थियो ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula