प्रगतिशील युवा संघकाे समूह एमाले प्रवेश

प्रकाशित मिति :2017-05-07 14:56:22

काठमाडाैं ।

नेकपा (माले) निकट प्रगतिशील  युवा संघ नेपालका महासचिव एवं पार्टी वैकल्पिक केन्द्रीय सदस्य सुमन योगीलगायतका युवाहरुको समूह नेकपा एमालेमा प्रवेश गरेको छ । नेकपा एमालेका महासचिव इश्वर पोखरेलले पार्टी मुख्यालय धुम्बाराहीमा आयोजित एका कार्यक्रममा उहाँहरुलाई टिका लगाएर स्वागत गर्नुभएको हो ।

पार्टी सचिव प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङसमेतको उपस्थितीमा युवा संघका केन्द्रीय सदस्य उज्वल भण्डारी, राजकुमार खड्का, श्रीबहादुर योगी, राजकुमार पन्त र काठमाडौं जिल्ला अध्यक्ष रवीन्द्र दाहालगायतका युवा एमाले प्रवेश गरेका हुन् । पार्टी प्रवेश कार्यक्रमा महासचिव पोखरेलले राष्ट्रियताको पहरेदार एमाले भएका कारण पनि युवाहरुको आकर्षण एमालेप्रति बढ्दै गएको बताउनुभयो । उहाँंले एमालेलाई चौतर्फी रुपमा घेराबन्दी भएतापनि जनताको विश्वास झन बढ्दै गएको उल्लेख गर्नुभयो ।
एमाले प्रवेश गर्ने युवाहरुको तर्फबाट संघका महासचिव योगीले राष्ट्रियताको आन्दोलनमा एमालेको अडानले आफूहरु एमालेप्रति आकर्षित रहेको बताउदै वामपन्थी आन्दोलनलाई एकताबद्ध बनाउनु अहिलेको अवश्यकता रहेकोमा जोड दिए ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula