‘पहिला टाउकाको मूल्य तोक्ने, अहिले छोरी बोक्ने’

प्रकाशित मिति :2017-05-06 18:07:02

काठमाडौं

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणूलाई भरतपुर महानगरपालिकाको मेयरमा समर्थन गरेपछि नेपाली काँग्रेसका कार्यकर्ताहरुले तीब्र रोष प्रकट गरेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको कुर्सीका लागि पार्टीको सिद्धान्तविपरीत अपवित्र गठबन्धन गरेको महसुस कांग्रेसजनले प्रधानमन्त्रीको कुर्सीका लागि पार्टी नै दाउमा लगाएको भन्दै उनको पुतलासमेत जलाइसकेका छन् ।
शेरबहादुरका कारण नेपालमा पटक पटक लोकतन्त्र संकटमा परेको कुरा कांग्रेसकै बुद्धिजीवीहरुले समेत सामाजिक संजालमा लेखेका छन् । माओवादीले बाँदरमुढे घटनामा आततायी ढंगले मारिएका नागरिककका परिवारलाई देउवाले के जवाफ देलान् ?, उनीहरुले प्रश्न गरेका छन् ।
चितवनमा माओवादीबाट क्रुरतापूर्वक हत्या गरिएका कांग्रेसजनका परिवारको आत्मा रुवाउने काम देउवाले गरेको भन्दै उनीहरुले आक्रोस व्यक्त गरेका छन् ।
देउवाले प्रचण्डसँग करोडौँ रुपियाँ लिएर प्रचण्डकी छोरीलाई जिताउन आफ्नो उम्मेदवारलाई बली चढाएको आरोप पनि सामाजिक सञ्जालमा लगाइएको छ ।
‘पहिला टाउकाको मूल्य तोक्ने, अहिले छोरी बोक्ने ?’ भनेर कांग्रेसजनले सामाजिक संजालमा विरोध गरेका छन् । देउवाले २०५२ र ०५८ मा प्रधानमन्त्री हुँदा ‘झोलाभरि माओवादीका टाउका ल्याउन र त्यही झोलामा पैसा लान’ आह्वान गरेका थिए तर अहिले उनले त्यही आफैँले ‘आतंककारी’ घोषणा गरेको र ‘टाउकाको मूल्य तोकेको’ माओवादीलाई चुनावमा भोट हाल्न आफ्ना जित्नसक्ने उम्मेदवार दिनेश कोइरालालाई बली चढाएका छन् ।
भरतपुर नगरपालिकाकै मतदाता रहेका त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्ने केशवराज पौडेलले “देउवाले निरङ्कुशहरूको अपवित्र गठबन्धन मुर्दावाद…” भन्दै “मैयाँ महारानीलाई स्वीकार्न सकिँदैन” भनेका छन् ।
उनले लेखेका छन्– “म काँग्रेस हुँदा शेरबहादुर देउवालाई चिनेको थिइनँ । मलाई रूख चिन्हबाहेक अरू चिन्हमा भोट हाल भन्ने व्यक्ति मेरो नजरमा नेपाली काँग्रेस हुनै सक्दैन । मेरो आस्थामा चोट पु¥याउने व्यक्ति मेरो नेता हुनसक्दैन । मैले आजसम्म रूख चिन्हबाहेक अरू चिन्हमा भोट हालेको छैन र यो चुनावमा पनि हाल्नेछैन । अन्य चिन्हमा भोट नहालेकै आधारमा हुने जुनसुकै सजाय मलाई मञ्जुर छु ।”
शेरबहादुरका गल्तीका कारण मुलुकको लोकतन्त्र पटकपटक संकटमा परेको यथार्थ नेपाली जनतामा छिपेको छैन । म आफैं पनि शेरबहादुरको लाचारीका कारण राजा ज्ञानेन्द्रको शासनकालमा पटक पटक लामो समय जेल जीवन जीउनेमध्येको जीउँदो साक्षी हुँ ।  अहिलेका महानगरपालिकामध्ये भरतपुरमात्र त्यस्तो स्थान थियो, जहाँ काँग्रेसले कसैसँग गठबन्धन नगरी जित्नसक्थ्यो । शेरबहादुर देउवाको अकर्मण्यताका कारण आज चितवनका आत्म–अभिमानी काँग्रेसजनमा ठूलो चोट पर्न गएको छ । यो चोटको जवाफ दिन सम्पूर्ण काँग्रेसजनलाई मतपत्रमा सुरक्षित रूख चिन्हमै मतदान गर्न हार्दिक अनुरोध छ ।
कांग्रेसकै कार्यकर्ता रमेश पौडेलले पनि लेखेका छन्, “हिजो कांग्रेस समर्थकलाई खोजी खोजी घाँटी रेट्ने, अंगभंग गराउने, सम्पत्ति कब्जा गर्ने, गाउँगाउँबाट विस्स्थापित गर्नेलाई कसरी भोट दिन सकिन्छ ?, जसले संसदीय व्यवस्थालाई ‘बोकाको टाउको राखेर कुकुरको मासु बिक्री गर्ने स्थल’ को संज्ञा दिन्छ, ‘हाम्रो अन्तिम लक्ष्य अधिनायकवाद हो’ भनेर पटक पटक दोहो¥याउने गर्छ, उसैसँग प्रजातन्त्रको ठेकेदार पार्टीको ठेकेदारबाटै तालमेल गर्ने आदेश !!! यस्तो नलायक तालमेल गरी पार्टीको गरिमा, ती दिवंगत आत्मा, आम कार्यकर्ताको मनोबल आदि सबैमा चोट पु¥याउने, सिंगो पार्टीलाई बदनाम गराउने नैतिकताहीनहरु नेता बन्न शरम मान्ने गर । सबैले राजीनामा दिएर काशी जाऊ, नेपालको राजनीति आफैँ सुध्रन्छ । अन्यथा राजनीतिक दर्शन सिद्धान्तहरु अनि हाम्रो राजनीतिक आस्था काशी लैजाने कुचेस्टा नगर ।”
चितवनका अर्का कांग्रेस कार्यकर्ता विजयराज अधिकारीले लेखेका छन््– “तत्कालीन पार्टी सभापति स्व. सुशील कोइरालालाई जित दिलाएको चितवन जिल्लालाई माओवादीको हातमा सुम्पिएर बहुत ठूलो गल्ती ग¥यो कांग्रेसले । अब चितवन कांग्रेसका कार्यकर्ता माओवादीको पछि लागेर आफ्नै खुट्टोमा बञ्चरो हान्छन् कि आन्तरिक तयारीमा लाग्छन् ? यो हेर्न बाँकी छ । मलाई लाग्छ बरु कांग्रेसका कार्यकर्ताले एमाले र राप्रापालाई भोट देलान् तर माओवादीलाई भोट देलान् जस्तो त लाग्दैन है …।”
दुर्गा अधिकारीले लेखेकी छिन्– “प्रचण्डको छोरी जिताउन कांग्रेसका ठूला नेतालाई अर्बौँको घुस दिएको छ रे ! खबरदार प्रचन्डे मुर्दावाद ।”
पत्रकार दिनेशकुमार थपलिया लेख्छन्– “भरतपुर महानगरपालिकामा आफ्नो बाबुको विरासतका आधारमा टिकट पाएकी अनि कोही जाँदै नगएको भए पनि ‘पहाड घर कहाँ हो’ भनेर सोधिने गरेझैं पुख्र्याैली स्थानको एउटा झिनो र रौँबराबरको साइनो बाँधिएकी परम आदरणीय, सम्माननीय कमरेड रेणू दाहाल भन्दा त महानगरको सबैजसो शहर अनि गाउँबस्तीमा धेरै समय बिताएका दिनेश कोइराला र देवी ज्ञवाली कैयौं गुणा उपयुक्त उम्मेदवार हुन् ।”
उनले भनेका छन्– “तर अब दिनेश कोइरालालाई चुनावी मैदानबाट आफूलाई प्रजातान्त्रिक पार्टी दाबी गर्ने पार्टीका सभापतिले तानाशाही किसिमले हटाएपछि अब राम्रोमा देवी ज्ञवालीमात्रै पो बाँकी रहेका हुन की । यस्तो लाग्दैछ, काँग्रेसले आफ्नो पक्कापक्की भएको महानगरमा कथित तालमेलका नाममा माओवादी केन्द्रलाई होइन, एमालेलाई भरतपुर महानगरको बागडोर सम्हाल्न दिँदैछ । सूर्यको यो तापले कहिलेसम्म भरतपुरमा काँग्रेसको बालीलाई सखाप पारिदिन्छ, त्यो भविष्यले नै निर्धारण गर्दैजाला ।”

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula