काठमाडौमा एमालेको घरदैलो सुरु

प्रकाशित मिति :2017-05-04 12:31:35

काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार विद्यासुन्दर घर दैलोमा ।

काठमाडौँ । नेकपा (एमाले) ले काठमाडौँमा आजबाट स्थानीय निर्वाचनका लागि घरदैलो अभियान सुरु गरेको छ ।
काठमाडौँ महानगरपालिकासहित अन्य १० नगरपालिकाका प्रमुख, उपप्रमुखसहित वडा अध्यक्ष र सदस्यहरु कतिपय ठाउँमा सामूहिक र कतिपय स्थानमा अलग अलग प्रचार अभियानमा जुटेका हुन् । महानगरपालिकाको प्रचार अभियानमा एमालेका उपाध्यक्ष एवं ३ नं. प्रदेश संयोजक अष्टलक्ष्मी शाक्य, केन्द्रीय नेताहरु सानु श्रेष्ठ, सावित्रा भूषाल, जीवनराम श्रेष्ठ, सांसद् रामवीर मानन्धर, जिल्ला अध्यक्ष कृष्ण राई, पूर्व मेयर केशव स्थापितसहित कार्य विभाजन गरी चुनावी मैदानमा उत्रनुभएको छ ।
एमाले काठमाडौंका इञ्चार्ज भूषालका अनुसार निर्वाचन प्रचारलाई थप व्यवस्थित गर्न र एकतावद्ध हुन आजै पार्टीका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश कमिटी र जिल्ला कमिटीलाई अनौपचारिक भेलामार्फत निर्देशन दिने कार्यक्रम छ ।
उहाँले आधिकारिकता बाहेकका उम्मेदवारले दिएका मनोनयन फिर्ता गर्ने, आन्तरिकरुपमा मिलाउनुपर्ने विषय भएर मिलाएर प्रभावकारी प्रचारमा केन्द्रित हुने बताउनुभयो ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula