एमाले नेता रावलकाे अापत्ति

प्रकाशित मिति :2017-05-04 10:43:19

काठमाण्डौं – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संविधान सभाको दोस्रो निर्वाचनमा धाँधली भएको भन्दै मधेसी मोर्चा र नेकपा माओबादी केन्द्रको माग अनुसार २०७१ साल जेठ ३१ गते संविधान सभाले गठन गरेको संसदीय विशेष समितिका सभापति लक्ष्मणलाल कर्णले समितिको प्रतिबेदन अझैसम्म बुझाउन पहल नगरी समितिलाई अलपत्र पारेकोमा आपत्ति जनाउनु भएको छ ।

उहाँले आज वक्तव्य जारी गर्दै संविधानसभा निर्वाचन अध्ययन, अनुसन्धान तथा सुझाव संसदीय विशेष समितिका सदस्य समेत रहनुभएका एमालेका उपाध्यक्ष एवं सांसद रावलले आफु उपप्रधानमन्त्री भएपछि संसद नियमावली अनुसार स्वतः समितिको सदस्यबाट हटिसकेको पनि प्रष्ट पार्नुभएको छ ।

बक्तव्यमा रावलले संविधानसभाको निर्वाचनमा धाँधली भएको भन्नेहरु नै यति लामो समयसम्म छानबिन प्रतिबेदन बुझाउन तयार नहुनु बिडम्बना र खेदजनक भएको र यसबाट धाँधली भएको कुरा निहित राजनीतिक स्वार्थले उछालिएको स्पष्ट भएको उल्लेख गर्नुभएको छ ।

सदभावना पार्टीका सहअध्यक्ष रहेका कर्ण अहिले पनि विशेष समितिको सभापतिको हैसियतमा संसद सचिवालयको स्करपियो गाडी चढेर हिँड्ने गरेका छन् । संविधानसभाले २०७२ साल असोज ३ गते संविधान जारी गरिसकेर संविधानको कार्यान्वयनको क्रममा वैशाख ३१ गते पहिलोचरणको निर्वाचन हुँदैछ र माघ ७ गतेभित्र संसद र प्रदेशको निर्वाचन हुनेछ । तर पनि कर्णले पदको दुरुपयोग गरी निर्वाचन र आन्दोलनमा गाडीको प्रयोग गरिरहेका छन् ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula