डोल्पाको शे-फोक्सुन्डो गाउँपालिकामा एमाले निर्विरोध निर्वाचित

प्रकाशित मिति :2017-05-03 04:13:20

काठमाडौं ।

डोल्पाको शे-फोक्सुन्डो गाउँपालिकामा नेकपा एमालेबाट प्रमुख, वडा अध्यक्ष र सदस्यहरु निर्विरोध निर्वाचित हुनु भएको छ । सो गाउँपालिकामा नौ वटा वडा रहेका छन् ।

उक्त गाउँपालिकाको प्रमुखमा टसी टुन्डुप गुरुङ निर्विरोध निर्वाचित हुनु भएको हो । मंगलबार भएको मनोनयन दर्ताको दिन नै एमालेका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी दिएको छ ।

उपल्लो डोल्पाका छार्का, ताङसोझ, डोल्पो बुद्ध, शे(फोक्सुन्डो गाउँपालिकामा एमाले बाहेक अन्य कुनै पनि दलले उम्मेदवारी दिएका छैनन् ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula