बेनी नगरपालिकामा नेकपा एमालेका प्रमोद श्रेष्ठ

प्रकाशित मिति :2017-05-02 03:13:38

म्याग्दी, १९ वैशाख – वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा बेनी नगरपालिकाको प्रमुख पदको उम्मेदवारमा नेकपा एमालेले प्रमोद श्रेष्ठलाई चुनावी मैदानमा उतारेको छ ।

सोमबार राति नेकपा एमाले म्याग्दीले उम्मेदवारको टुङ्गो लगाएको हो । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय उपाध्यक्ष एवम् उद्योगी श्रेष्ठको नाम टुङ्गो लागेको नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

एमाले म्याग्दीले प्रमोद श्रेष्ठ, सुरत केसी र राजकुमार थापाको नाम जिल्ला कमिटी हुँदै प्रदेश नं ४ को कमिटीमा सिफारिस गरेको थियो ।

 

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula