महाअभियोग फिर्ता लिन एमालेको माग

प्रकाशित मिति :2017-05-01 13:44:23

प्रधानन्यायधिश शुसीला कार्कीमाथी नेपाली कांग्रेस तथा माओवादी केन्द्र गठबन्धनले लगाएको महाअभियोगको एमाले स्थायी समितीले विरोध गरेको छ ।
पार्टी मूख्यालय धुम्बाराहीमा सोमबार बसेको स्थायी समितिको बैठकले संसद्मा दर्ता गरेको महाअभियोगको प्रस्तावप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पूर्वाग्रह र दुरासयपूर्ण उक्त प्रस्ताव विधिको शासन र स्वतन्त्र न्यायलयमाथिको ठाडो हस्तक्षेप भएको ठहर गर्दै अभियोग तत्काल फिर्ता लिन पनि एमालेले माग गरेको छ ।
बैठक चलिरहदा जारी विज्ञप्तिमा भनिएको छ, “यो प्रस्ताव लोकतान्त्रिक व्यवस्थाअन्तरर्गतको संविधानले व्यवस्था गरेको शक्ति पृथकीकरणको सिद्धान्तका विरुद्धमा मात्र छैन, यसले नेपाली कांग्रेस र माओवादी केन्द्रको स्वेच्छचारिताको पराकाष्टासमेत प्रकट गरेको छ ।”
सर्वसत्तावादी तथा अधिनायकवादी शैलीमा एकजना निर्भिक, दक्ष तथा कर्तव्यपरायण प्रधानन्यायाधीशका विरुद्ध दर्ता गरिएको महाअभियोग प्रस्तावको निन्दा तथा भत्र्सना गरिएको छ । यसका साथै बैशाख १९ गते प्रदेश नं. ३, ४ र ६ का सबै स्थानीय तहमा भव्य र व्यापक तयारीसहित उत्साहका साथ निर्धारित समयमा उम्मेदवारको मनोनयन दर्ता गर्न मातहत कमिटी तथा उम्मेदवारलाई बैठकले निर्देशनसमेत दिएको छ । स्थानीय तहका उम्मेद्वारहरुको सन्दर्भमा उपमहानगरपालिका र महानगरपालिकाका प्रमुख तथा उपप्रमुख चयनका लागि बैठक जारी छ ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula