हामी कहिले सम्म चुकिरहने ?

प्रकाशित मिति :2017-05-01 12:39:33

डा. रमेश पौडेल

भारत स्वतन्त्र भएको ४ वर्ष पछि वि. सं. २००७ मा हाम्रा अग्रजहरुले राणा शासनको अन्त्य गरि पहिलो पटक नेपालमा प्रजातन्त्र ल्याए । त्यस बेलाको शासन र राज्य सत्ता नेपालको विकाशको बाधक बन्यो र देशलाई अव अन्धकारमा राख्नु हुँदैन भनेर विकाशको बाटो खोल्ने सपनाका साथ हाम्रा अग्रजहरु राजनीतिक परिवर्तनको आन्दोलनमा सरिक भए । भारत बेलायतको कव्जाबाट मुक्त हुँदा हामी आफ्नै देश भीत्रको एउटा बर्गबाट मुक्त हुनका लागि सँघर्षरत थियौँ । त्यस पछि पनि थुप्रै देशहरु यो वा त्यो रुपमा स्वतन्त्र बन्दै गए, ती देशहरुका जनताको भावना मुताविकका परिवर्तनहरु हुदै गए । यसरी नेपालसँगै वा नेपाल भन्दा पछि राजनीतिक आन्दोलन गरेर स्वतन्त्र भएका अधिकाँश देशहरु अहिले नेपाल भन्दा समृद्ध र समुन्नत भएका छन् ।

हाम्रो धेरै हिसावले अर्थ राख्ने छिमेकी मुलुक भारतकै कुरा गर्दा पनि हामीले सामान्यतः भेट्नै नसक्ने गरि समुन्नतीको बाटोमा धेरैे अगाडि बढेको छ ।
यो पृष्ठभूमिमा एउटा सन्दर्भ निकै विचारणीय छ भन्ने लाग्दछ । त्यो के भने, भारतले स्वतन्त्रताको आन्दोलन पछि उसले राजनीतिक रुपमा त्यति ठूलो आन्दोलन गर्नै परेन । देश स्वतन्त्र हुँदा साथ पहिलो पटक नै दीर्घकालीन प्रभावलाई आँकलन गरेर परिवर्तनलाई व्यवस्थापन गर्न भारतको प्रमुख नेतृत्व शफल बन्यो । त्यस्तो अवशर नेपालले पाएन । नेपालले त्यस पछि पनि ३ वटा राजनीतिक आन्दोलन मार्फत देशको तत्कालीन राजनीतिक प्रणाली र राज्यव्यवस्थालाई नै परिवर्तन गर्न तर्फ लागि रह्यो, त्यसका लागि हामी बाध्य भयौँ । एक पछि अर्को राजनीतिक मागका आधारमा देशको प्रणालीलाई अस्थिर बनायौँ । साँचो अर्थमा भारतले ७ दशक अगाडि पाएको राजनीतिक अधिकार हामीले बल्ल पायौँ । यसको सार के हो भने अन्य धेरै देशहरुमा जस्तो राजनीतिक परिवर्तन पछिको उपलव्धिलाई सँस्थागत गर्न हामीले सकेका छैनौँ । यो क्रम एक पटक होईन पटक पटक चल्यो । नेपाल पहिलो पटक चुकेको यहीँनेर हो ।

यसो हुनुको जीम्वेवार को हो ? उत्तर भन्दा राजनीतिक पूर्वागही जस्तो देखिने तर समिक्षा गर्दा भन्नै पर्ने अवस्था विद्यमान छ । २००७ पछिको त कुरै छाडौँ, वि. सं. २०१५ मा जनताबाट एकछत्र रुपमा निर्वाचीत प्रधानमन्त्री र उसको सरकारलाई २०१७ मा दरवारले विस्थापन गर्ने आधार कसरी तयार भयो ? भन्ने प्रश्नको जवाफ त्यस बेलाको प्रमुख दलको हैसियतले नेपाली काँग्रेसले अहिले सम्म दिन सकेको छैन । सत्य के हो भने सरकार र जनताका विचमा ठूलो दुरी नभएको भए दरवारलाई दलीय व्यवस्था हडप्ने हर्कत गर्न सम्भव नै थिएन । हो, हामीले यही विन्दुबाट राजनीतिको र हामी चुक्ने क्रमको समिक्षा गर्न आवश्यक छ ।

३ दशकको पँचायती व्यवस्था त हामीले त्यसै तीरस्कार गरेको विषय हो, प्रजातन्त्रका नाममा । यो समय पनि देश यो वा त्यो रुपमा अस्थिरताबाटै गाँजीयो । पँचायतका समयमा दरवारको स्वार्थलाई सँरक्षण गर्नका लागि देशलाई अस्थिर बनाईयो, यो एउटा दुर्भाग्यको विषय हो । तर नेपालको राजनीति र स्थिरताका विषयमा ठूलो दुर्भाग्य त २०४८ को निर्वाचनबाट निर्मीत पूर्ण बहुमतको सँसदलाई विघटन गर्ने तत्कालीन प्रधानमन्त्रीको कदम हो जसलाई नेपाली काँग्रेसले आज पनि सँस्थागत रुपमा जनतालाई चित्त बुभफ जवाफ दिन सकेको छैन ।

यतीमात्र होईन, नेपाली काँग्रेसको नेतृत्वमा लोकतन्त्रमा पनि २ पटक नराम्रो सँग चुकेको छ, जसले गर्दा पछिल्लो पटक हामीले प्राप्त गरेको राजनीति उपलव्धिले पनि नेपाललाई स्थिरता दिन सकेको छैन । पहिलो, लोकतन्त्र पछिको पहिलो आन्तरीम समयमा जवरजस्त प्रतिपक्षको अवधारणामा अगाडि बढ्न नेपाली काँगे्रसे गरेको ढिपीका कारण देशमा सर्वसम्मती र सहमतीको वातावरण बन्न सकेन, दुर्भाग्का साथ भन्नै पर्दछकि यो नै हाम्रो सँक्रमणकाललाई लामो बनाउने प्रमुख कारण बनेको छ । दोश्रो पटक उसले यसै प्रकारको गल्ती गर्यो, त्यो हो सम्विधान जारी हुनु भन्दा अगाडि प्रमुख दलका विचमा भएको सहमतिलाई तोडेर शुशिल कोइरालालाई प्रधानमन्त्रीको उमेदवार बनाउनु । नेपाली काँग्रैसले माओवादीलाई पटकपटक अविश्वासी भन्ने गरेको छ, हो पनि धेरै सन्दर्भमा, तर यो घटनाले भन्नै पर्ने बनाएको छ कि यहाँनेर नेपाली काँग्रेसले माओवादीले जत्ति पनि ईमान्दारीता देखाउन सकेन । अर्थात पछिल्लो पल्ट महङ्गो गल्ती नेपाली काँगे्रसले सम्विधान निर्माण पछि बन्ने सरकारमा दलीय सहमती नमानेर गर्यो । यसले गर्दा ३ वर्षमा ५ वटा सरकार बन्ने अवस्था श्रृजना भयो ।

नेपाली काँग्रेसले इतीहाँसमा गरेका यस्ता गल्तीहरु देशका लागि सवै भन्दा महङ्गा सावीत भएका छन् । तर पनि उ करिव सवैे निर्वाचनमा पहिलो या दोश्रो दलको रुपमा निर्वाचीत भयो । यी घटनाक्रमलाई हेर्दा नेपालको वौद्धिक समाज र हरेक काँग्रेसजनले एक पटक गम्भिर बनेरै सोँच्नु पर्ने छ कि के नेपाली काँग्रेसले देशमा लोकतन्त्रका लागि लिएका थुप्रै सकारात्क कदमहरुका वावजुद पनि किन स्थिरतका सवालमा ऊ एक पटक होईन, पटक पटक चुकेको छ ? हो, नेपाली काँगे्रसकै नेतृत्वमा देशमा पटक पटक राजनीतिक परिवर्तनका लागि आन्दोलन भएकै हुन् तर त्यतिकै सत्य के पनि हो भने उसले परिवर्तनलाई सँस्थागत गर्ने सवालमा पटक पटक अशफल रह्यो । त्यसैको परिणाम हो पटक पटक राजनीतिक आन्दोलन गर्ने वाध्यता, जसबाट देश अस्थिरताको जन्जीरमा बेरीएको छ ।

यति ठूलो अस्थिरताको मूल्यमा प्राप्त राजनीतिक परिवर्तन पश्चात प्राप्त हाम्रो राज्यको पनि सँचालनको तरिका र जनताको अपेक्षाका विचमा ठूलो अन्तर देखिनु मूलतःहामी नीरन्तर चुकीरहेको परिणाम हो । हामी हाम्रो देशमा समृद्धि ल्याउने सन्दर्भमा चुक्ने क्रम अइmै रोकिएको छैन । यसको ज्वलन्त उदाहरण के भने आज पनि देश तदर्थवादमै चलिरहेको छ । अर्थात हिजो जस्तो थियो, त्यस्तै रुपमा । जनअपेक्षा, विकाशको चाहना र आवश्यक्ता एकातिर तर नेतृत्व अर्कातिर । भन्नुको अर्थ के भने देश आज पनि पूर्ण ठीक बाटोबाट अगाडि बढेको छैन, अर्थात हामी हिजो मात्र होईन आज पनि चुकिरहेकै छौँ

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula