spot_img
15.1 C
Kathmandu
Friday, March 28, 2025
spot_imgspot_imgspot_img

भारतका वायुसेना प्रमुखद्वारा युद्धका लागि तयार हुनुपर्ने जिकिर

spot_imgspot_imgspot_imgspot_img

-

काठमाडौं । भारतीय वायुसेना प्रमुख एयर चिफ मार्शल विआर चौधरीले वायुसेनालाई तुरुन्त नोटिस दिँदा छोटो समयका र गहन अभियानका लागि तयार हुनुपर्ने जिकिर गरेका छन् । इन्डियन एक्सप्रेसको रिपोर्टमा यसबारे जानकारी दिइएको छ ।

साथै उनले छोटा युद्ध र पूर्वी लद्दाखमा झैँ लामो समयसम्मको तनावको स्थितिसँग जुध्नका लागि पनि सेनाको तयारी हुनुपर्ने बताएका छन् ।

इन्डियन एक्सप्रेसका अनुसार बिहिबार लजिस्टिक्स व्यवस्थापनसँग सम्बन्धित एक सम्मेलनमा वायुसेना प्रमुखले भने, ‘हालको भूराजनीतिक अवस्थामा भारतीय वायुसेनाले तत्काल सूचना दिएको खण्डमा छोटो अभियानका लागि तयार हुनुपर्छ । उच्च प्रभाव मिसनहरुको नयाँ प्याराडाइममा कम्तिमा बिल्ड–अप टाइम लाग्छ र यसका लागि लजिस्टिकको स्तरमा ठूला परिवर्तनको आवश्यकता छ ।’

उनका अनुसार वायुसेनासँग हतियारको ठूलो भण्डार छ, त्यसैले यस्तो समयमा लजिस्टिक्सको व्यवस्था गर्नु सबैभन्दा ठूलो चुनौती हुनसक्छ ।

सम्मेलनमा उनले पार्टपुर्जाको कमीतर्फ इशारा पनि गरे । रुस–युक्रेन युद्धका कारण आपूर्ति प्रभावित भइरहेको छ र आवश्यक पार्टपुर्जाको कमीको विषयमा चिन्ता व्यक्त गरिँदैछ । रुसले भारतलाई ठूलो परिमाणमा हतियारका लागि पार्टपुर्जा आपूर्ति गर्दछ ।

पत्रिकाका अनुसार वायुसेना प्रमुखले भने, ‘मलाई लाग्छ कि यो कमीसँग जुध्नका लागि हामीले समय अगावै अनुमान गर्ने र सामान जम्मा गरेर राख्ने सिद्धान्तमा काम गर्नुपर्छ । हामीले पार्टपुर्जा खरिद गर्ने आफ्नो रणनीतिमा पनि विचार गर्न आवश्यक छ ताकि समय रहँदा नै आफूसँग सर–सामान होस् र आपूर्तिमा समस्या हुँदा पनि हाम्रो काम नरोकियोस् ।’

उनले थपे, ‘भोलिको समयमा हाम्रो लागि साना युद्धदेखि लामो समयसम्म रहने तनावको स्थितिसँग लड्नका लागि तयारी गनुपर्ने छ, जस्तै हामीले हालै पूर्वी लद्दाखमा देखेका छौँ । दुबै स्थितिमा हामीले सैनिक र सामान एक स्थानबाट अर्को स्थानमा पुर्याउन लाग्ने स्रोत–साधनको व्यवस्था गर्नुपर्ने हुनेछ ।’

पत्रिका लेख्छ – ‘वायुसेनाका प्रमुख मार्शल विआर चौधरीले भनेका छन्, ‘आपतकालीन स्थितिमा भारतीय सेनाको आवागमनले सडक र रेललगायत धेरै ठाउँमा ट्राफिक समस्या सिर्जना गर्न सक्छ त्यसैले हामीले एकीकृत रेल र सडक समन्वय योजनालाई औपचारिक बनाउनु र ठूला नागरिक विमानका लागि छुट्टै ठाउँ बनाएर त्यसको प्रयोगको सम्भावना अन्वेषण गर्न आवश्यक छ ।’’

साथै, उनले देशभित्र रणनीतिक रुपमा महत्वपूर्ण स्रोतसाधन निर्माण गर्ने कुरा गर्दै सप्लाई चेनको आवश्यकता अनुसार नयाँ प्रविधि, आर्टिफिसियल इन्टेलिजेन्स ब्लकचेन र इन्टरनेट अफ थिङ्सको पनि प्रयोग गर्नुपर्ने बताए ।

हिन्दुस्तान टाइम्समा प्रकाशित समाचारका अनुसार उनले यसअघि रुसले युक्रेनमा कथित रूपमा हाइपरसोनिक हतियार प्रयोग गर्ने कुरा गरिरहेको र त्यस्ता मिसाइलहरूलाई आफ्नो हतियारको भण्डारमा राख्न चाहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग