spot_img
15.1 C
Kathmandu
Friday, March 28, 2025
spot_imgspot_imgspot_img

एन आई सी एशिया बैंकको ‘आईसर्भ सर्भिस’:अब घरमै बसेर लिनुहोस् सेवा , कसरी पुग्ने आईसर्भमा?

spot_imgspot_imgspot_imgspot_img

-

काठमाडौं। एन आई सी एशिया बैंक लि.ले डिजिटल फष्टको रणनीति अङ्गीकार गर्दै डिजिटल माध्यमलाई पहिलो प्राथमिकता दिँदै आएको छ ।
बैंकले आफ्ना बैंकिङ्ग सेवा तथा सुविधाहरू प्रदान गर्दै आइरहेकोमा यसलाई थप विस्तारित बनाउँदै जुनसुकै स्थानबाट, जुनसुकै समयमा पनि बैंकिङ्ग सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले सेल्फ हेल्प तथा लाइफ स्टाइल बैंकिङको अवधारणा अङ्गीकार गर्ने रणनीति अख्तियार गरेको हो ।

बैंकले डिजिटल पूर्वाधारमा पर्याप्त लगानी गरी एक मूलभूत आधारशिला तयार गरिसकेकाले आर्थिक वर्ष २०७८/७९ मा ठोस डिजिटल रुपान्तरणको लक्ष्य लिई अगाडि बढिरहेको छ ।

बैंकले डिजिटल कारोबार र भौतिक कारोबारको मिश्रण नेपालको बैंकिङ क्षेत्रकै सर्वाधिक उच्च रहेको बैंकले दाबी गर्दै आएको छ । बैंकले नविनतम प्रविधिद्वारा बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ ।

पछिल्लो समय बैंकिङ्ग कारोबारहरु डिजिटल भइरहेको परिप्रेक्ष्यमा एन आई सी एशिया बैंकले विभिन्न सेवाहरु समेत डिजिटलमय बनाइदिएको छ । हालै बैंकले ‘एन आई सी एशिया आईसर्भ’ सञ्चालनमा ल्याएको छ । जसलाई बैंकले एक सेल्फ हेल्प बैंकिङ प्लेटफर्मको रुपमा परिचय दिँदै आएको छ ।

आइसर्भमार्फत ग्राहकले बैंकका विभिन्न बैंकिङ सेवाहरु सहज एवं सुरक्षित रुपमा घरमै बसेर अनुरोध गर्न सक्दछन् । बैंकका अनुसार मोबाइल बैंकिङ सर्भिस, कस्टुमर सर्भिस, टेलर सर्भिस, कार्ड सर्भिस आईसर्भका मुख्य विषेशताहरु हुन् ।

डिजिटल फष्ट बैंकको दीर्घकालीन रणनीतिलाई अंगीकार गरी सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने हेतुले पछिल्लो समय ग्राहक महानुभावलाई जुनसुकै स्थानबाट र जुनसुकै समयमा पनि बैंकिङ्ग सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले सेल्फ हेल्प बैंकिङ्गको अभ्यासलाई बैंकले आईसर्भ डिजिटल प्लेटफर्ममार्फत अघि बढाईरहेको बैंकले जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने भन्छन्, ‘यसको मुख्य उदेश्य भनेकै बैंकले भौतिक रुपमा प्रवाह गरिरहेका ग्राहक सेवाहरू डिजिटल रुपमा उपभोग गर्न मिल्नु नै आईसर्भको उद्देश्य हो ।’

मुख्य चार विधामा मोबाइल बैंकिङसम्बन्धी सेवाहरू, ग्राहकसम्बन्धी सेवाहरू, टेलर सेवाहरू र कार्डसम्बन्धी रहेका छन्। यसमा २० सेवाभन्दा बढी आईसर्भबाट उपभोग गर्न पाइन्छ। जुन कुरा बैंकले आफ्नो वेभसाइटमा उल्लेख गरेको छ । मोबाइल बैंकिङ सर्भिस, कस्टुमर सर्भिस, टेलर सर्भिस, कार्ड सर्भिस यी सेवाहरु लिनको लागि अब बैंकसम्म पुग्नुपर्ने छैन ।

कसरी पुग्ने आईसर्भमा

यी सेवा पाउनको लागि ग्राहकले बैंकको वेबसाइट भिजिट गर्नुपर्ने हुन्छ । बैंकको वेबसाइट (यहाँ क्लिक गर्नुहोस्) मा गएर ग्राहकले आफ्नो ब्राउजरमा खोलिसकेपछि यो साइटमा देखिने आईसर्भमा क्लिक गर्नुपर्ने हुन्छ ।

त्यसपछि आफूले लिन खोजेको सेवा छनोट गर्नुपर्ने हुन्छ ।
त्यसपछि बैंकिङ्ग सेवाहरू उपभोग गर्न सकिन्छ । यसमा ‘सेल्फ हेल्प’को सुविधा छ। जसले आईसर्भमा ग्राहकलाई मद्दत मिल्छ ।

आईसर्भबाट लिन सकिने सेवा यस्ता छन्

१. मोबाइल बैंकिङसम्बन्धी सेवाहरु
आईसर्भले मोबाइल बैंकिङबाट पाइने सबैजसो सेवा प्रयोग गर्न दिन्छ। जस्तै, नयाँ आवेदन, अनब्लक, ब्लक तथा पिन÷पासवर्ड रिसेटसेवा प्रदान गर्ने गर्छ।

नयाँ आवेदनको लागि मोबाइल बैंकिङ रजिस्ट्रेसनमा जानुपर्नेछ। त्यसको लागि खाता नम्बर, खातावालाको नाम, मोबाइल नम्बर हालेर भेरिफाइ गर्न सकिनेछ।

दोस्रोमा दिने सेवा भनेको ‘पिन रिसेट’ रहेको छ। त्यसमा समेत खाता नम्बर, मोबाइल नम्बर, इमेल एड्रेस राखेर सबमिट गर्न सकिनेछ। अनब्लकिङ सेवाको लागि पनि खाता नम्बर मोबाइल नम्बर र इमेल राखेर ‘सबमिट’ गरे पनि सेवा लिन सकिनेछ। यहीँबाट ‘ब्लक मोबाइल ब्याङ्किङ’ समेत गर्न सकिनेछ।

त्यसको लागि पनि खाता नम्बर, मोबाइल नम्बर र इमेल राखेर यो सेवा बन्द गर्न सकिनेछ। यसरी आईसर्भबाट नै मोबाइल सेवा सुरु गर्ने त्यसमा हुने फाइदाहरु लिन सकिने र आफूलाई आवश्यक परेको खण्डमा रिसेट तथा बन्द गर्न सकिने समेत आफ्नो सेवा प्रदान गरेको छ। यो विश्वको जुनसुकै कुनाबाट समेत सेवा उपलब्ध हुने भएको हो।

२. ग्राहकसम्बन्धी सेवाहरु

यसभित्र ब्यालेन्सको जानकारी, चेक बुक आवेदन, ब्यालेन्स सर्टिफिकेट आवेदन, एकाउन्ट स्टेटमेन्ट आवेदन, मर्चेन्ट आवेदन, मेरो शेयर तथा सीआरएन आवेदन, बचत योजना परिवर्तन र चेकबाट हुने भुक्तानी रोक्ने विषयहरु तोकेको छ।

ब्यालेन्सको जानकारी, चेक बुक आवेदन, ब्यालेन्स सर्टिफिकेट आवेदन, एकाउन्ट स्टेटमेन्टको लागि ग्राहकले आफ्नो खाता नम्बर मोबाइल नम्बर र इमेल राखेर सबमिट गरे पनि आफूले चाहेको सेवा र सूचना लिनसक्ने व्यवस्था बैंकले गरिदिएको छ ।

मर्चेन्ट आवेदन, मेरो शेयर तथा सीआरएन आवेदनको लागि बैंक सानो डिजिटल फारम नै राखेको छ । त्यस फारम भरे पनि आफूले चाहेको सुविधा ग्राहकले पाउनेछन् ।

त्यस्तै बचत योजना परिवर्तन र चेकबाट हुने भुक्तानी रोक्ने कामको लागि पनि आफ्नो खाता नम्बर, इमेल र मोबाइल नम्बर राख्नुपर्नेछ। बैंकले हाल लकर सुविधाको रिक्वेस्ट गर्ने, ब्ल्याक लिस्टिङ सेवा र टीडीएस सर्टिफिकेटको सेवा पनि थप गरेको छ ।

३.कार्डसम्बन्धी सेवाहरु

यस सेवाभित्र ई–कमर्स दर्ता, डेबिट कार्ड आवेदन, डेबिट कार्ड ब्लक, डेबिट कार्ड परिवर्तनको आवेदन, डेबिट कार्ड रिपिन, प्रिपेड डलर कार्ड आवेदन, र इन्स्टा बाइ रहेका छन्। बैंकको वेबसाइटबाट नै आफ्ना इन्फर्मेसनहरु राखेर बैंक नै नगई आफ्नो सेवाहरु उपलब्ध गराएको छ ।

४. टेलर सेवाहरू

यसभित्र नगद तथा चेक डिपोजिट भौचर भर्ने सुविधा बैंकले दिएको छ। चेक डिपोजिटको लागि बैंकले उपलब्ध गारएको डिजिटल माध्यममा ब्राञ्च नम्बर, चाहेको मुद्रा, डिपोजिट खाता नम्बर र डिपोजिट हुने खातावालाको नाम राखेर सेवा सुरु गर्न सकिनेछ ।

नगद डिपोजिटको लागि पनि सोही किसिमको इन्फरमेसन राखेर सेवा सुरु गर्न सकिने बैंकले जनाएको छ । आईसर्भ आफैँमा एउटा भर्चुअल बैंक रहेको बैंकको भनाइ छ। अनेकौँ सुविधाले यसलाई एउटा बैंकको रुप बनाएको छ ।

नेपालको बैंक क्षेत्रमा पहिलो पटक एनआईसी एसिया बैंकले ल्याएको यो सेवाको विशेषता भनेको विश्वको जुनसुकै कुनामा बसेर पनि सेवा लिन सक्नु हो ।

बैंकको वेबसाइटमा गएर जुनसुकै कुनामा बसेर विना झन्झट यस्तो सेवा नेपालमा पहिलोपटक सुरु हुनु समग्र नेपाली बैंकिङ प्रणालीमा नयाँ युगको विकास हुनुजस्तै हो ।

बैंकले यसअघि पनि डिजिटल बैंकिङ्गको प्रबद्र्धन गर्नका लागि एनआइसी एशिया मोबाइल बैंकिङ्ग एप, वेभसाइड, आइ सर्भिस तथा इन्टरनेट बैंकिङमा देशको निजी क्षेत्रको सबैभन्दा ठूलो मोबाइल सेवा प्रदायक कम्पनी एनसेलमा निःशुल्क चलाउन सकिने सुविधा ल्याएको छ

। यससुविधा मार्फत यस बैंकका ग्राहकहरूले एनसेलको डाटा प्रयोग गरी एनआएसी एशिया मोबाइल बैंकिङ्ग एप, आइ सर्भिस, वेभसाइड तथा इन्टरनेट बैंकिङ सुविधाहरू निःशुल्क प्रयोग गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग