21.1 C
Kathmandu
Saturday, April 20, 2024
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

प्रदेश १ का मुख्यमन्त्री कोरोना संक्रमित, पुर्वनिर्धारित सबै कार्यक्रम स्थगित

सम्बन्धित खबर

साउन १७ , विराटनगर। प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईसहित उनका परिवारजन कोरोना सङ्क्रमित भएका छन्। मुख्यमन्त्री राईसहित उनकी श्रीमती शोभा पाठक र राजनीतिक सल्लाहकार जीवन राई कोरोना सङ्क्रमित भएका हुन्।

मुख्यमन्त्रीका सचिवालयका १६ जनामा सोमवार पीसीआर परीक्षण गरिएको थियो भने सो क्रममा तीन जनामा कोरोना संक्रमण देखिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार बन्धु पोखरेलले जानकारी दिए। उनका अनुसार कोरोना संक्रमित तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको तथा मुख्यमन्त्रीका पुर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरिएको छ।

संक्रमित तीनै जना हाल होम आइसोलेसनमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

Ratosurya TV
खबर छर्लंङ्ग

भर्खरै

विशेष