काँग्रेस र माओवादीको गठवन्धन अपबित्रः सचिव भट्टराई

प्रकाशित मिति :2017-09-17 15:02:42

भक्तपुर ।

नेकपा(एमाले)का सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले कांग्रेससँग माओवादीको गठबन्धन सैद्धान्तिक तथा वैचारिक नरहेको कारण माओवादी केन्द्रले कांग्रेससँगको गठबन्धन तोड्नुपर्ने बताउनुभयो । कांग्रेस(माओवादीको यो एलायन्स सैद्धान्तिक र वैचारिक नभएका कारण यो देशको हितमा नभएको उहाँको भनाई छ । प्रेस चौतारी नेपाल, भक्तपुर शाखाले स्थापना गरेको चन्द्रगंगा क्रियाशील पत्रकारिता पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा बोल्दै भट्टराईले माओवादी एमालेप्रति केही आवेगमा होला, तर कम्युनिष्ट पार्टी हो भने एलाइन्स तोड्नु पर्नेमा जोड दिनुभयो ।


कांग्रेससँगको सहकार्य नतोडे माओवादी कम्युनिष्ट नै नरहने भट्टराईको जिकिर छ। गठबन्धन जारी रहे माओवादी केही वर्षमा कम्युनिस्ट पार्टी नै रहँने वताउँदै उहाँले एउटाले पूर्व जान खोज्ने , अर्कोले पश्चिम जानखोज्ने बीचको एकता सही नभएको भट्टराईको तर्क थियो । कांग्रेससँग आफूहरुको सहकार्य हुनै नसक्ने उहाँको भनाइ छ। साथै भट्टराईले स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा एमालेले २ नम्बर प्रदेशका ५० प्रतिशत स्थानीय तह जित्ने दाबी गर्नुभयो । कांग्रेस ओरालो र एमाले उकालो लाग्ने क्रममा रहेको भट्टराईको दाबी छ।सकार्यक्रममा पे्रस चौतारी नेपालका बरिष्ठ उपाध्यक्ष माधव नेपालले प्रेस चौतारी नेपालले पत्रकारको हकहितका लागि सधै काम गर्ने

वताउनु भयो ।

कार्यक्रममा प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय उपाध्यक्षसमेत रहेका सूर्यविनायक नगरपालिकाका प्रवक्ता एवम् वडा ९ का अध्यक्ष उपेन्द्र केसी र पुरस्कार स्थापना गर्ने राजु खड्कालाई सम्मान तथा प्रेस चौतारीका केन्द्रीय सदस्य एवम् भक्तपुरका पूर्वअध्यक्ष सोम शर्मा बजगाईंलाई पुरस्कार प्रदान गरिएको थियो।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula