तराई मधेशको पहिलो शक्ति एमालेः नेता नेपाल

प्रकाशित मिति :2017-09-15 16:40:13

 

काठमाडौं ।

स्थानीय चुनाव नजिकिदैगर्दा प्रदेश नम्बर २ को माहौल एमालेको पक्षमा देखिएको छ । यसअघि ६ प्रदेशमा भएका स्थानीय निर्वाचनमा पहिलो स्थान बनाएको एमले दुई नम्बर प्रदेशमा पनि पहिलो हुने निश्चित भएको हो ।
विगतमा एमाले नेतृत्वको सरकारले तराई मधेशमा सुरु गरेका विकास परियोजनाका लागि बिनियोजन गरेको रकम र कामका प्राथमिकताका कारण सर्वसाधारणले स्थानीय सरकारमा एमालेको पल्ला भारी भएको हो ।
मधेशमा जन्मेहुर्केर मधेशलाईनै राजनीतिक कर्मथलो बनाइरहनुभएका पार्टीका बरिष्ठ नेता पूर्व प्रधानमन्त्री माधबकुमार नेपालको नेतृत्वको सञ्चालित चुनावी अभियानका कारण पनि त्यस क्ष्ँेत्रमा अन्य दलहरु फिक्का भएका हुन् । नेता नेपाल हालको दूई नम्बर प्रदेशका नेताहरुमध्ये देशको सर्वोच्च कार्यकारी पदमा पुग्ने एकमात्र अनुभवी नेता हुनुहुन्छ । उहा“कै नेतृत्वको सरकारले काठमाडौ–मधेश जोड्ने दु्रत मार्ग र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल जस्ता ठूला विकास परियोजना अघि बढाएको थियो । पार्टी अध्यक्ष केपी ओली नेतृत्वको सरकारका पालामा आएको बजेट एमालेकै सरकारले कार्यान्वयन गर्न पाएको भए मधेशको मुहारै अर्को भइसक्थ्यो भन्नेमा यस क्ष्ँेत्रका सर्वसाधारण एक मत देखिएका छन् । एमाले नेतृत्वको पूर्ववर्ती सबै सरकार मधेशमा तटवन्ध निर्माण, सडक निर्माण, खानेपानी र सिञ्चाई आयोजना, शिक्षा, स्थाथ्यय र एकिकृत शहरी विकासका कामलाई प्राथमिकतामा राखेका छ । जनता आवास कार्यक्रम अन्र्गत अति विपन्न परिवारका लागि गरिएको अवासको व्यवस्था यसको उदाहारण मात्रै हो ।
यसवर्षको मनसुनमा आएको बाढीमा पनि एमाले मात्रै जनताको दुःखको साथी हुन्छ भन्ने देखिएको छ । पूर्व प्रधानमन्त्री नेपाल भदौ ६ गते गृहजिल्ला रौतहटसहित दुई नम्बर प्रदेशका बाढी पीडितको उद्धार र राहतमा सक्रिय हुनुहुन्छ । राहत व्यवस्थामा नेता नेपाल स्वयंको उपस्थितिका कारण धेरैजसो बढीपीडित लाभान्वित हुन सकेका हुन् । प्राकृतिक प्रकोप पीडितलाई राहत पुर्याउने दायित्व पुरागरेपछि मात्रै चुनावी अभियानमा जुटेको नेता नेपाल वताउनुहुन्छ ।
आन्तरिक सांगठानिक कामका लागि भदौ ६ देखि १५ सम्म मधेशमै सक्रिय रहनुभएका नेता नेपाल चुनावी प्रचार अभियानमा भदौ २४ देखि मधेशमै हुनुहुन्छ । उहा“ले यस क्ष्ँेत्रमा एमालेलाई बिजयी गराएर मात्रै राजधानी फर्कने कार्यक्रम रहेको बताउनुभयो । ‘दुई नम्बर प्रदेशमा एमाले पहिलो हो,’ उहा“ले भन्नुभयो– ‘अरु दलहरु दोस्रो–तेस्रो स्थानका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।’
उहा“ले भदौ २६ र २७ मा मात्रै रौतहटका विभिन्न स्थानमा आयोजित १२ वटा चुनावी सभालाई संवोधन गर्नुभयो ।
चुनावी अभियानका क्रममा नेपाल भदौ ६ देखि १५ सम्म वारा, पर्सा र रौतहट जिल्लाका विभिन्न कार्यक्रममा व्यस्त हुनुहुन्थ्यो । जनकपुरमा १३ गते मोर्चा संगठनहरुको प्रदेश स्तरिय विशेष भेला र १४ गते रौतहटको चन्द्रपुरमा अनेरास्ववियुको प्रदेश विशेष भेलामा उहा“ प्रमुख अतिथि हुनुहुन्थ्यो ।

कहा कहा पुग्नुभयो नेता नेपाल

भाद्र महिनामा प्रदेश नं २ लक्षित क. माधव नेपालका कार्यक्रमहरुः
– भाद्र ६ गतेदेखि १० गतेसम्मः रौतहट जिल्लाका विभिन्न गाउँहरुमा पुगी बाढी पिडितहरुलाई राहत प्रदान गर्ने कार्यको नेतृत्व
– भाद्र ११ र १२ गतेः वारा, पर्सामा, जनसभा, कार्यकर्ता भेला, विविध चुनावी कार्यक्रमहरु तथा घरदैलोमा प्रमुख आतिथ्यता
– भाद्र १३ गतेः जनकपुरमा आयोजित मोर्चा संगठनको २ नं प्रदेश स्तरीय कार्यकर्ता भेलामा प्रमुख आतिथ्यता
– भाद्र १४ गतेः रौतहटमा राहत वितरण तथा चन्द्रपुरमा अनेरास्ववियुको प्रदेश नं २ स्तरीय कार्यकर्ता भेलाको उद्घाटन, हेटौडामा अनेरास्ववियुको कार्यक्रममा प्रमुख अतिथ्यता
– भाद्र २४ गतेः वारा जिल्ला सिमरा जितपुर न.पा. सहित विभिन्न ३ ओटा औपचारिक कार्यक्रमलाई सम्बोधन तथा कार्यकर्ता भेटघाट
– भदौ २५ गतेः महोत्तरीको औरही न.पा., भंगाहा न.पा., गौशाला न.पा., बर्दिवासको पशुपति नगर र किसान नगर, धनुषाको मिथिला नगरपालिकाको ४ स्थान गरी १० स्थानका जनभेलालाई सम्बोधन र कार्यकर्ता भेटघाट
– भदौ २६ गतेः रौतहटः माधवनारायण न.पा., यमुनामाई गा.पा., दुर्गा भगवती गा.पा. र गौर न.पा.का जनभेलालाई छुट्टाछुट्टै सम्बोधन, नदी कटानको अवलोकन
– भदौ २७ गतेः रौतहटः जिल्लाका विभिन्न स्थानमा आयोजित १२ ओटा औपचारिक सभालाई सम्बोधन (विहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म)
– भदौ २८ गतेः सर्लाहीः कविलाक्षी न.पा.को एक स्थान, हरपुन न.पा.मा ३ स्थान, लालबन्दी न.पा.मा १ स्थान, हरिवन न.पा.मा २ स्थान गरी जम्मा ७ ओटा जनसभालाई सम्बोधन तथा कार्यकर्ता भेटघाट
– भदौ २९ गतेः पर्सामा शोकमा परेका कार्यकर्तासँग भेटघाट, घरदैलो, कार्यकर्ता भेटघाट, वाराको नीजगढको घरदैलोमा सहभागी, रौतहटको चन्द्रनिगाहपुरमा पुगी घरदैलोमा सहभागी, गुजरा न.पा, कटहरिया न.पा., देवाही गोनाही न.पा र माधवनारायण नारायण न.पा.मा जनसभालाई सम्बोधन
– भदौ ३० गतेः रौतहटका ३ ओटा सभालाई सम्बोधन गर्ने र वारा जिल्लाका दुइओटा सभालाई सम्बोधन गर्ने कार्यक्रम छ

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula