तराई मधेशको विकासका लागि एमालेः अध्यक्ष ओली

प्रकाशित मिति :2017-09-15 16:17:42

बारा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले तराई मधेशको सच्चा पार्टी नै एमाले भएको वताउनु भयो । नेपाली काँग्रेस, माओवादी केन्द्र र मधेशवादी दल मधेशको नाममा ठगी खाने जत्थामात्र भएको ओलीको तर्क छ ।

असोज २ गते हुन गईरहेको स्थानीय तहको तेस्रो चरणको निर्वाचनका क्रममा बाराको जीतपुरसिमरा उपमहानगरपालिका पुग्नु भएका अध्यक्ष ओलीले प्रदेश दुईमा पनि एमाले पहिलो शक्ति भएर जनताको सेवा गर्ने वताउनुभयो ।

एमालेका बारेमा मधेशमा ठुलो भ्रम फिँजाएको तर, यो भ्रम अव जनता नै चिर्ने ओलीले वताउनुभयो । अध्यक्ष ओलीले तराई मधेशको विकासका एमाले नेतृत्वको सरकारले विशेष कार्यक्रम सहित धेरै बजेट छुट्याएको बताउँदै त्यस्तो बजेट अन्य दलले २० वर्षसम्म पनि छुट्याउन नसकेको र नसक्ने ठोकुवा गर्नुभयो । उहाँले भन्नुभयो,‘जसले मधेशलाई विकासबाट पछाडी राख्यो त्यही दल अहिले एमालेलाई मधेशविरोधी भनि कुप्रचार गरिरहेको छ ।’

देशको विकासका लागि एमाले चाहिने बताउँदै अध्यक्ष ओलीले नेपाली काँग्रेस, माओवादी केन्द्र र मधेशवादी दल विकास र स्वाधीनता विरोध भएको वताउनुभयो ।

जीतपुरसिमरा उपमहानगरपालिका लागी एमालेको तर्फबाट मेयरका उम्मेद्धार डाक्टर कृष्ण पौडेलले सिमराको विकासका लागी आफु र आफ्नो पुरा टिमले कडा मेहनत गर्ने बताउनु भयो । उहाँले सिमराको मुहार फेर्नका लागी आफुहरुको नेतृत्व समक्ष भएको भन्दै मतदातालाई अन्य दलको भ्रममा नपर्न आग्रह समेत गर्नुभयो ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula