सवकियो करि सुर्यमे मतदान

प्रकाशित मिति :2017-09-15 15:23:42

धनुषा । तेस्रो चरणको स्थानीय तहको निर्वाचन असोज २ गते हुन यस जिल्लामा १८  तह छन् । यी मध्ये एक उप–महानगरपालिका,११ नगरपालिका र ६ गाँउपालिका रहेका छन । जनकनन्दनी गाउँपालिका, कमला नगरपालिका,शहिद नगरपालिका, विदेह नगरपालिका, धनौजी गाउँपालिका, औरही गाउँपालिका, हंसपुर नगरपालिका,सबैला नगरपालिका,गणेशमान चारनाथ नगरपालिका,धनुषाधाम नगरपालिका,मिथिला विहारी नगरपालिका,लक्ष्मीनियाँ गाउपालिका,क्षिरेश्वरनाथ नगरपालिका,नगराईन नगरपालिका, मुखियापट्टी गाउँपालिका, मिथिला नगरपालिका, बटेश्वर गाउँपालिका ,जनकपुर उप–महानगरपालिका धनुषाका स्थानीय तह हुन् । प्रत्येक स्थानीय तहमा नेकपा एमालेको काँग्रेससित नै मुख्य प्रतिस्पर्घा देखिएको छ ।

लक्ष्मिनियाँ गाउँपालिका र क्षिरेश्वर नगरपालिकामा त्रिपक्षीय प्रतिस्पर्धा रहेको छ । यस मध्ये विदेह नपा,सवैला नपा,मिथिला नपा, धनुषाधाम नपा, मिथिला विहारी नपा, मुखियापट्टी गाउँपालिका, वटेश्वर नपा, धनौजी गाउँपालिका रहेका छन । क्षिरेश्वर नपा र लक्ष्मिनियाँ गाउँपालिकामा प्रभावकारी संयोजन भएमा जित्ने आधार वलियो रहेको देखिन्छ । जनकनन्दनी गाउँपालिका, कमलामाई नपा, शहिदनगर नपा, औरही गाउँपालिका,हंसपुर नपा, गणेशमान नपा, नगराईन नपा र जनकपुर उपमहानगरपालिकामा अलि मेहनत गर्नुपर्ने आवश्यकता देखिन्छ । यसो भएमा धनुषाको दुई तिहाई तह जित्न सक्ने अवस्था मा एमाले रहेको छ । यहाँका बिभिन्न स्थानमा सरकार पक्षवाट निर्वाचन आचार संहिताको घोर उल्लंघन भएको देखिन्छ । तर, निर्वाचन आयोग निरिह वनेको छ । काँग्रेस पैसाकै भरमा चुनाव जित्ने योजनामा छ । त्यसलाई माओवादीले पनि साथ दिएको छ । सरकारी संयन्त्रले पनि वर्तमान सरकारकै पक्षपोषण गरेका कारण मतदाता आतंकित पर्ने काम पनि भईरहेको छ ।

वालवालिकाहरुको प्रयोग,पर्चा पम्पलेटहरुको प्रयोग, साउण्डहरुको प्रयोग सहितका कार्यहरु आचार संहिता विपरित सरकार पक्षका दलका नेता कार्यकर्ताले गरिरहेका छन् । रक्सी र मासु प्रयोगको श्रृखंला नै देखिएको छ । विगत झै प्रहरी प्रसाशनको दुरुपयोग गरि चुनाव जित्ने काँग्रेसको योजना देखिन्छ । वुथ क्यापचर नै गरेर जित्न सक्ने सोच अझै काँग्रेसको रहेको छ । नेकपा((एमाले)ले संगठनात्मक शक्तिको प्रभावकारी सदुपयोगवाट यस प्रदेशमा पहिलो शक्तिको रुपमै पक्कै आउने छ ।

नेकपा(एमाले)का अध्यक्ष केपी ओलीको नेतृत्वको सरकारले गरेका जनपक्षीय कामले पनि तराई मधेशमा प्रभावकारी अझ बढेको स्थानीय मतदाताको भनाई छ । अहिले धनुषामा “बढएवाक लेल राष्ट्रक समृद्धि आ स्वाभिमान, सवकियो करि’सुर्य’मे मतदान । भन्ने नाराले चर्चा पाएको छ । ७ वटा निर्वाचन क्षेत्र भएको धनुषामा हाल चार क्षेत्र निर्धारण भएको छ । प्रादेशिक तहमा भने ८ वटा क्षेत्र निर्धारण गरिएको छ । पहिलो र दोस्रो चरणबाट प्राप्त सफलताबाट नेकपा (एमाले) का नेता तथा कार्यकर्ता उत्साही छन् ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula