एमाले केन्द्रीय कमिटी बैठक असोज ६,७ र ८ गते काठमाडौंमा

प्रकाशित मिति :2017-09-15 15:13:20

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको रणनीति बनाउन नेकपा (एमाले)ले केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ ।

एमालेले केन्द्रीय कमिटी बैठकमा सातै प्रदेशका स्थानीय तह निर्वाचन परिणामकोसमेत समिक्षा गर्ने योजना रहेको छ ।

एमालेले निर्वाचन सम्पन्न भएका ६ प्रदेशमध्ये १ र ३ नम्बर प्रदेशमा बहुमत स्थानीय तह जितेको छ भने ६ र ७ मा सबैभन्दा ठूलो दल बनेको छ । प्रदेश २ मा ठूलो दल बन्ने दावी नेकपा(एमाले ) को छ ।

यो बैठकले दुवै संसदका समानुपातिक र प्रत्यक्षतर्फका उम्मेदवारहरुको मापदण्ड तय गर्ने र उम्मेदवार सिफारिस प्रक्रिया टुंगो लगाउने केन्द्रीय सदस्य एवम् प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो ।

बैठकले प्रतिनिधिसभा, प्रदेशसभा र राष्ट्रियसभाका उम्मेदवारहरुको बारेमा छलफल गर्ने छ । असोज अन्तिम साता समानुपातिक उम्मेवदवारको बन्द सुची पेश गर्नुपर्ने भएकाले पनि यो बैठक वोलार्ईएको हो । कात्तिक ४ गते प्रत्यक्ष तर्फ मनोनयन गर्नुपर्ने भएकाले बैठकले सबै विषय टुंगो लगाएर स्थायी कमिटीलाई जिम्मा लगाउने सम्भावना पनि छ ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula