एमाले नेता तराई मधेशमा ब्यस्त (को कहाँ सूचीसहित )

प्रकाशित मिति :2017-09-14 16:14:14

काठमाडौं ।

स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा एमालेका नेताहरु तराई मधेशका जिल्लामा कृयाशिल हुनुहुन्छ । आगामी २०७४ असोज २ गते हुन गइरहेको निर्वाचनको प्रचार–प्रसारका क्रममा यतिबेला पार्टीको सिंगो नेतृत्व मूलतः प्रदेश नं. २ का ८ वटा जिल्लाहरु ः सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौ तहट, बारा र पर्सामा केन्द्रित हुनेक्रम जारी छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले भोलि भदौ ३० गते जितपुर–सिमरा उपमहानगरपालिका तथा बर्दिबास नगरपालिकालगायतका चुनावी सभाहरु र कार्यक्रमहरुलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । वरिष्ठ नेता झलनाथ खनालको भोलि भदौ ३० गते बाराका विभिन्न स्थानीय तहका कार्यक्रमहरुमा सहभागी भई नेतृत्व र सम्बोधन गर्ने कार्यक्रम छ ।

पार्टी नेता माधवकुमार नेपाल प्रदेश नं. २ का विभिन्न जिल्लाहरुमा सक्रिय रहिआउनुभएको छ । आफ्नो गृहजिल्ला रौतहटका साथै नेता नेपालले बारा, पर्सा, महोत्तरीलगायतका जिल्लाका चुनावी भेला, सभालाई सम्बोधन र उम्मेदवारहरुसँग घरदैलो पनि गरिरहनुभएको छ । उहाँले भोलि सिरहाको गोलबजार नगरपालिका लगायतमा सम्बोधन गर्ने कार्यक्रम छ ।

पार्टी उपाध्यक्ष वामदेव गौतम र भीम रावल पनि यस प्रदेशका विभिन्न जिल्लाका चुनावी कार्यक्रमहरुमा सरिक र सक्रिय हुनुहुन्छ । पार्टी महासचिव ईश्वर पोखरेल वीरगञ्ज महानगरपालिकामा केन्द्रित हुँदै बारा र पर्साका विभिन्न कार्यक्रमहरुमा सक्रिय भएर अहिले महोत्तरीका विभिन्न कार्यक्रममा सहभागी हुनुहुन्छ । उहाँ भोलि सिरहा र सप्तरीका कार्यक्रमहरुमा केन्द्रित रहनुहुनेछ ।

पार्टी सचिव प्रदीप ज्ञवाली भदौ २८ देखि सप्तरीका विभिन्न कार्यक्रममा सहभागी हुँदै आजदेखि सिरहामा केन्द्रित हुनुभएको छ । पार्टी सचिव भीम आचार्य मूलतः सप्तरीमा केन्द्रित हुनुहुन्छ ।

पार्टी सचिव गोकर्ण विष्ट भदौ ३० गते सर्लाहीका विभिन्न कार्यक्रमहरुमा पुग्ने कार्यक्रम रहेको छ । पार्टी सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराई सप्तरी, सिरहा, धनुषा र महोत्तरीका कार्यक्रमहरुमा सक्रिय रुपमा सहभागी हुँदै भोलि सर्लाहीका नगरपालिकाकेन्द्रित चुनावी कार्यक्रमहरुलाई सम्बोधन गर्न पुग्ने कार्यक्रम छ ।

प्रदेश नं. २ का संयोजक सत्यनारायण मण्डल एक महिनादेखि मधेसमै रहनु भएको छ । गृहजिल्ला सप्तरी रहेको हुनाले नेता मण्डलले त्यहीँका चुनावी अभियानमा नेतृत्व प्रदान गरिरहनुभएको छ ।

प्रदेश नं. २ का सहसंयोजक नागेन्द्र चौधरी विशेषगरी गृहजिल्ला पर्सा र बाराका चुनावी गतिविधिहरुमा सक्रिय हुनुभएको एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख सूर्य थापाले जारी गर्नुभएको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

को नेता कहाँ ?

धनुषा
शत्रुघन महतो
रघुवीर महासेठ
श्रीप्रसाद शाह
यदुवंश झा
रत्नेश्वरलाल गोईत
जुलीकुमारी महतो
सुधिर साह

महोत्तरी

ईश्वर पोखरेल
रामदयाल मण्डल
सरोज यादव

सर्लाही

माधवकुमार नेपाल
योगेश भट्टराई

रौतहट

माधवकुमार नेपाल

डा. वंशीधर मिश्र
कल्याणी खड्का
लालबाबु यादव
सरला यादव
मेटमणि चौधरी
बारा
वामदेव गौतम
वलवीरप्रसाद चौधरी
दिनेश राई

पर्सा

नागेन्द्र चौधरी
रामचन्द्र साह

सप्तरी

भीम आचार्य
सत्यनारायण मण्डल
रामप्रित पासवान
शान्ता चौधरी
सुमन प्याकुरेल

सिरहा

प्रदीप ज्ञवाली
लीलानाथ श्रेष्ठ

सर्लाही

लालबाबु पडित
लक्ष्मण पौडेल
रविन्द्र बैठा
कमलादेवी महतो

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula