पर्सा एमालेको पक्षमा, प्रदेश दुईको महानगरमा सूर्यध्वजा फहराउने तयारी

प्रकाशित मिति :2017-09-14 15:42:21

बिरगंज ।

नेकपा (एमाले)ले पर्सामा मनोनयन दर्ताका दिन सबै भन्दा बढी जनताको सहभागितामा जुलुस निकालेपछि बिपक्षीहरु पनि आत्तिए । जुलुसले नेकपा (एमाले) का नेता कार्यकर्तालाई अझ बढी हौसला दियो ।

बिरगञ्ज महानगरमा एमाले प्रति जनलहर बढ्दो छ । बिरगञ्ज महानगरको नेतृत्व पूर्ण बहुमताका साथ नेकपा (एमाले)ले गर्ने नेकपा एमाले पर्साका संयोजक प्रभु हजराले बताउनुभयो । समग्र पर्सा जिल्लामा रहेको एक महानगर तीन नगरपालिका र १० गाउँपालिकामा नेकपा (एमाले)ले राम्रो परिणाम ल्याउने हजराको दावी छ ।

बिरगञ्जका ३२ वटा वडामा एमालेले अधिकांश वडामा बहुमत सहित बिजय हासिल गर्ने एमाले योजना छ । ३२ मध्ये १८ वटा वडामा एमालेले जित निकाल्ने एमालेको निष्कर्ष छ । अन्य वडामा एमाले प्रतिस्पर्धामा रहने छ । बिरगञ्ज महानगरमा एक लाख आठ हजार मतदाता रहेका छन । सत्तरी प्रतिशत मत खस्ने अनुमान छ । यस्तो अवस्थामा एमालेको संगठित र उम्मेदवारका कारण प्रभावित हुने मतका आधारमा बिरगञ्जको नेतृत्वमा एमाले स्थापित हुने बिश्लेषण गर्न थालिएको छ । एमबिए अध्ययन गरेका एमाले उम्मेदवार बिरगञ्जको नेशनल मेडिकल कलेजका सञ्चालक समेत हुन । सरल मिजास र हँसिला अन्सारी सानादेखि ठूला सबैका लागि प्रिय छन । त्रिभुवन विश्वविद्यालमा अर्थशास्त्रको प्रध्यापक सोफिया आचार्य राजिनामा दिएर उपमेयरको उम्मेदवार वन्नु भएकी छ । पर्साको कम्युनिष्ट आन्दोलनमा चर्चित आचार्य परिवारकी बुहारी सोफिया अखिल नेपाल महिला संघ पर्साको पूर्व अध्यक्ष हुनुहुन्छ ।

नेपाल बुद्धिजीवी परिषद्को जिल्ला सचिव र प्रगतिशिल प्राध्यापक संघमा समेत उहाँ संगठीत रहनु भएको थियो । चुनावी मैदानमा देखिएका उपमेयरका उम्मेदवारहरुमा सबै भन्दा शिक्षित उम्मेदवारको रुपमा रहनु भएको छ ।

एमालेले भोजपुरी भाषालाई महानगरको कामकाजी भाषाको रुपमा प्रयोग गर्ने नीति लिएको छ । बिरगञ्ज महानगरमा योजना आयोग बनाएर ब्यवस्थित र बैज्ञानिक बिकासका काम अगाडी बढाउने एमालेले संकल्प लिएको छ । भोजपुरी भाषा साहित्य प्रतिष्ठानको निर्माण गरि भाषाको संरक्षणमा काम गर्ने एमालेको संकल्प छ । खेलकुद,रोजगारी सृजना,स्वास्थ्य,पर्यावरण संरक्षण, आर्थिक बिकास तथा पूर्वाधार निर्माणमा एमालेको स्पष्ट खाकाले तटस्थ रहेका मतदातालाई पनि आकर्षित गरेको छ । एमालेले संकल्प पत्रमा गर्न सकिने र,गर्नै पर्ने कामहरुको फेहरिस्त सार्वजनिक गरेको छ । बिरगञ्ज भित्रै नयाँ बिरगंजको अवधारणा एमालेले अगाडि सारेको छ । राजनीतिक रुपमा जनताको वीचमा संलग्न ब्यक्तिहरुलाई चुनावी मैदानमा एमालेले उतारेकोले पनि एमाले पंक्ति उत्साहीत छ । सबै भन्दा सबल पक्ष एमालेका लागि आन्तरिक एकता रहेको छ । अन्य पार्टीहरुमा अन्तरघातका खेलहरु हुने देखिन्छ भने एमाले मात्रै एउटा पार्टी हो जाहाँ एकढिक्का छ । नेपाली काँग्रेस भित्र महानगरमा अन्तरघात हुने निश्चित छ । हिजो सांसदको निर्वाचनमा अन्तरघात ब्यहोरेका कांग्रेसका मेयर उम्मेदवार अजय द्धिवेदीले अहिले पनि त्यही नियती भोग्नु पर्ने अवस्था छ ।

संघीय समाजवादी फोरम नेपालका उम्मेदवार ब्यापारी बिजय सरावगीले पनि अन्तरघातको सामना गर्नु पर्ने अवस्था छ । टिकट बितरणमा भएको पूर्वाग्रहका कारण यस्तो अवस्था आाएको हो । सरावगीका आर्थिक अनियमितताका घटनाहरु एकपछि अर्को गर्दै आईरहेका छन् । उनले पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई स्कार्पियो गाडी उपहार दिएर टिकट लिएको चर्चा यतिवेला विरगंजमा निकै चर्चामा छ । मधेश आन्दोलनकै बेला नाकामा आन्दोलनकारी बस्दा सरावगी पेट्रोलियम पदार्थ र केमिकलको कालोबजारीमा ब्यस्त रहेको कुरा अहिले फोरमकै कार्यकर्ताहरु सामाजिक संजाल मार्फत ब्यापक प्रचार गरिरहेका छन । अन्य मधेशवादी दल बिभाजित अवस्थामा रहेका छन । यहाँ नेकपा माओवादी केन्द्रको जनाधार संगठन नै कमजोर रहेको छ । यो सबै राजनीतिक अवस्थाका कारण बिरगंज महानगरमा एमालेको सूर्य झण्डा फहराउने अवस्था रहेको छ ।
पोखरिया नगरपालिका र कालिकामाई गाउँपालिकामा नेकपा एमाले कमजोर देखिन्छ । पकाहा मैनपुर जगरनाथपुरमा एमाले प्रतिस्पर्धामा रहेको छ । ठोरी,जीराभवानी,पटेर्वा सुगौली ,सखुवा प्रसौनी गाउँपालिका बिन्दवासिनी,छिपहरमाई धोवीनी गाउँ पालिका बहुदरामाई र पर्सागठी गाउँपालिकामा एमालेले झण्डा गाड्ने नेकपा एमालेका प्रचार बिभाग सदस्य अरविन्द कुमार सिंहको भनाई छ ।

एमालेले ठोरीमा लालबहादुर श्रेष्ठ र गोकुली कुमारी रेग्मीलाई अध्यक्ष र उपाध्यक्षमा अगाडि सारेको छ । पटेर्वा सुगौलीमा हरिनारायण चौधरी र सन्जु चौधरी,धोवीनी इस्लाम मिया बिन्दवासीनी गौरी शंकर साह पकहा मैनपुरमा मदन पासवान,सखुवा प्रसौनीमा निरराज गिरी र केदार कुमारी बिश्वकर्मालाई एमालेले अगाडि सारेको छ । बहुदरामाईमा प्रमोद कुशवाहा,पर्सागढीमा गोकर्ण पाठक र पोखरियामा बृजेश चौहानलाई एमालेले मेयरका रुपमा अगाडि सारेको छ । एमालेलाई राजनीतिक रुपमा गातिविधि संचालन गर्न समेत घोषणा गरेर निषेध गरिएको थियो । तर, अहिले एमालेलाई बाजा बजाएर लखेटन खोज्नेहरु आफै कता पुग्नेहुन भन्ने अवस्था सृजना भएको छ । तराईका जिल्लाका सदरमुकामको बिकासका लागि केपी ओली सरकारले ९ अर्व रुपैयाँ बिनियोजन गरेको, तराईको लाइफलाईनको रुपमा रहेको हुलाकी राजमार्ग निर्माणका लागि साढे ४ अर्व बिनियोजन गरेको ,पूर्व पश्चिम राजमार्गको दक्षिणमा रहेको राजमार्गलाई फोर लेनको बनाउने काम गरेको,काठमाण्डौ निजगढ फास्ट ट्रयाक, निजगढ अन्तराष्ट्रिय बिमानस्थल र सामाजिक सुरक्षा भत्ता जस्ता कल्याणकारी काम गरेकोले मतदातामा एमालेप्रतिको आकर्षण बढेको हजारा वताउनुहुन्छ ।

पछिल्लो संविधान सभाको निर्वाचनमा ३ वटा क्षेत्रमा बिजय हासिल गरेको एमालेले आफ्नो जनमत सुरक्षित राख्न सकेको छ । मधेश आन्दोलनको लहरमा अन्य पार्टीका मान्छेहरु मधेशकेन्द्रीत दलमा प्रवेश गर्दा एमालेका कार्यकर्ताहरु शान्त बसे तर पार्टी छाडेनन् । एमालेको कार्यकर्ता पंक्तिमा रहेको यही बिशेषता नै एमाले जीतको आधार भएको चर्चा गर्न थालिएको छ । नेता भन्दा पनि कार्यकर्ताले जोगाएको एमालेको यो पंक्ति देखेर बिपक्षी दलहरु पनि जिव्रो टोक्न थालेको महानगरमा उम्मेदवार अन्सारीले वताउनुभयो ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula