एमालेका शीर्ष नेताहरु बारामा

प्रकाशित मिति :2017-09-14 14:33:31

बारा ।

नेकपा एमालेका शीर्ष नेताहरु यतिवेला असोज २ गते हुने स्थानीय तहको निर्वाचनका सन्दर्भमा बाराका विभिन्न उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा आयोजना भइरहेका चुनावी सभामा सहभागी भइरहनु भएको छ ।
बारामा १६ वटा स्थानिय तह रहेका छन् । दुईवटा उपमहानगरपालिका,पाँचवटा नगरपालिका र नौवटा गाउँपालिका रहेको बारामा भइरहेको चुनावी सभा हेर्दा एमालेको पक्षमा जनलहर सिर्जना भएको देखिन्छ ।
यहाँका सबै स्थानीय तहमा एमाले पक्षमा देखिएको व्यापक जनसमर्थनले अधिकांश स्थानीय निकायमा आफ्नो पार्टी विजयी हुने दावी एमाले बाराका प्रचार विभाग प्रमुख मनोज पौडेलको छ ।
निर्वाचन प्रचारप्रसारको दोस्रो अन्तिम दिन बिहीबार बाराको परवानिपुर र निजगढमा एमालेका उपाध्यक्ष बामदेब गौतमले सम्बोधन गर्दै हुनुहुन्छ भने महासचिव ईश्वर पोखरेलले बुधबार विश्रामपुरमा भएको विशाल चुनावी सभालाई सम्बोधन गर्नु भएको थियो ।
एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार जितपुर सिमरा उपमहानगरपालिकाद्वारा सिमरामा आयोजना गर्ने चुनावी जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
शुक्रबारै बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले कोल्हवीमा र वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बाराका दक्षिणी नगरपालिका र गाउँपालिकामा हुने जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula