मुसहर उम्मेदवारमाथि माओवादी आक्रमण, एमालेद्धारा भत्र्सना

प्रकाशित मिति :2017-09-14 11:27:09

काठमाडौं ।

स्थानीय तहको तेस्रो चरणको निर्वाचन नजिकिँदै जाँदा सत्तासंरक्षित गुण्डागर्दी र आक्रमणका घटनाहरु बढेकोमा एमालेले चिन्ता ब्यक्त गरेको छ । मतदाताहरुलाई आतंकित पार्ने कतिपय प्रयासहरुप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको एमालेले जनाएको छ ।

सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका वडा नं. ४ का सूर्यध्वजाबाहक महिला सदस्य कुमारी देवी सदालाई बुधबार राती ८ः३० बजे कुटपिट गरिएकोमा एमालेले खेद प्रकट गरेको छ । कुटपिटमा संलग्न रोशन लेखी, नसिव लेखी र कौशल लेखीलाई राती नै प्रहरीले पक्राउ गरेको भए पनि माओवादी केन्द्रका स्थानीय नेताहरुले सत्ताको आडमा प्रहरीलाई दवाव दिएर छुटाएको बिज्ञप्तिमा जनाईएको छ ।

उम्मेदवार माथि कुटपिटमा उत्रने अपराधीहरुमाथि कडा कारवाही गर्न माग गरिएको छ । पार्टीका स्थायी कमिटीका सदस्य तथा प्रदेश नं. २ का संयोजक सत्यनारायण मण्डलको गाडी वडा नं. ११ मा रोकेर हुलहुज्जत एवं तोडफोड गर्ने कोशिस समेत भएकोमा पार्टी यसप्रकारका गुण्डागर्दीप्रति निन्दा र क्षोभ प्रकट गरेको छ । केन्द्रीय सदस्य तथा केन्द्रीय प्रचार विभाग उपप्रमुख सूर्य थापाले जारी गर्नुभएको बिज्ञप्तिमा वडा सदस्यका उम्मेदवार भोलनाथ लेखीका छोरा एकनाथ लेखीलाई घाइते हुने गरी कुटपिट गरिएको जानकारी प्राप्त भएको जनाईएको छ ।

विहीवार बिहान फत्तेपुर बजारमा राखिएको टाइम बम नेपाली सेनाको डिस्पोजल टोलीले नष्ट गरेको छ । थापाले यस्ता आतंकपूर्ण हर्कतहरु नगरी निर्वाचनलाई स्वच्छ, शान्तिपू र्ण र निष्पक्ष रुपमा सम्पन्न गर्ने जिम्मेवारी बहन गर्न मूलतः सत्ताधारीहरुको जोडदार ध्यानाकर्षण गराउनु भएको छ । बिज्ञप्तिमा उल्लेख भए अनुसार आजै सप्तकोशी नगरपालिकामा माओवादी केन्द्रका तर्फबाट उपमेयर पदका आकांक्षी रहनुभएका वडा नं. २ सिद्धिपुर निवासी देवी जोशी उक्त पार्टी परित्याग गरी नेकपा (एमाले) प्रवेश गर्नुभएको छ । उहाँहरुलाई प्रदेश संयोजक सत्यनारायण मण्डलले पार्टी प्रवेश गराउनुभएको छ ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula