जितपुर सिमराका उम्मेदवार घरदैलोमा ब्यस्त

प्रकाशित मिति :2017-09-13 10:18:29

बारा ।

नेकपा एमालेको तर्फबाट जितपुर सिमरा उपमहानगरपालिकाका मेयर पदका उम्म्मेदबार कृष्ण पौडेल,उपमेयरका उम्मेदबार सरस्वती चौधरी र वडा अध्यक्षकी उम्मेदबार कमला अधिकारी सहित सदस्यहरुको घरदैलो कार्यक्रम वडा नम्बर २ को सिमरामा गरिएको छ । घरदैलो कार्यक्रममा पूर्व मन्त्री एवम् बारा क्षेत्र नम्बर ६ का सांसद पुरुषोत्तम पौडेल, एमाले बाराका अध्यक्ष सुन्दर बिक,उपाध्यक्ष देबनारायण चौधरी,प्रचार बिभाग प्रमुख मनोज पौडेल लगायत ठूलो संख्यामा सहभागिता रहेको थियो । सो अवसरमा एमालेलाई आफनो अमुल्यमत दिएर बिजय गराउन आग्रह गरिएको थियो ।

श्रदान्जली कार्यक्रम सम्पन्न

नेकपा एमालेका अग्रज स्व.कृष्णप्रसाद धितालको १३ औ दिनको पुण्यतिथीको अवसरमा आज जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ को सिमरामा श्रदान्जली कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै एमाले बाराका प्रचार बिभाग प्रमुख मनोज पौडेलले स्व.कृष्ण प्रसाद धिताल निष्ठावान ब्यक्तित्व भएको उल्लेखगर्दै उहाँको योगदानको चर्चा चर्चा गर्नु भयो । कार्यक्रममा जिल्ला सल्लाहकार सदस्य भोला अधिकारी,बडा नम्बर २ मा एमालेको तर्फबाट अध्यक्ष पदकी उम्मेदबार कमला अधिकारी एमालेका वडा अध्यक्ष रबिन्द्र खकुरेल,टिका बहादुर धिताल लगायतले बोल्नु भएको थियो ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula