रौतहटको बौद्धिमाईमा प्रदिपको पकड

प्रकाशित मिति :2017-09-13 10:02:13

रौतहट ।

रौतहटकोे बौद्धिमाइ नगरपालिकामा एमाललेको पक्कड वन्दै गएको छ । सो नगरपालिकाका नेकपा एमालेको तर्फबाट युवा नेता प्रदीप यादबको माहौल बढ्दै गएको छ ।

युवा संघका केन्द्रिय सदस्य समेत रहेका नगर प्रमुख उमेदवार यादबले नगरबासीको माया र सद्भाव बढ्दै गएको वताउनुभयो ।

साबिक कोपवा पिपरिया गाबिस निवासी नगर प्रमुखका उमेदवार यादबले बौद्धिमाइ नगरपालिकामा राम्रो अन्तान्तरले बिजयी हुने बिश्वास दिलाउनु भयो ।

मधेशलाइ निकाश र विकाश दिने नेकपा(एमाले) मात्र भएको हुँदा पनि आफूलाई विजय हुन सहज भएको यादवको तर्क छ ।

अरु पार्टीले गफ मात्र गरेको तर एमालेले तराई मधेशका लागि ठोस काम गरेका कारण पनि यहाँ यादवको जित सुनिश्चित भएको एमालेका जिल्ला उपाध्यक्ष मिथलेश मिश्रले बताउनु भयो । बौद्धिमाइ नगरमा एमालेको चित सुरक्षित रहेको उपाध्यक्ष मिश्रको प्रतिक्रिया छ । अहिले रौतहटको १८ स्थानीय तह मध्य अधिकांश तहमा एमालेमय बनेको छ । सो नगरपालिकाको लागी नेकपा एमालेको तर्फबाट नगर उपप्रमुखमा इन्दु मिश्रले उमेदवारी दिनुभएको छ ।
बौद्धिमाइ नगरपालिकामा एमालेलाइ जिताउन नगरबासी बढो उत्साहका साथ लागेको प्रेस चौतारी नेपालका रौतहट शाखा अध्यक्ष आर्दश उपाध्यायले वताउनु भयो । सो नगरपालिकाका साबिक ५ वटै गाबिस एमालेमय बनेको अध्यक्ष उपाध्यायको भनाई छ ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula