प्रदेश दुईमा एमालेका दुई उम्मेदवार निर्विरोध

प्रकाशित मिति :2017-09-11 09:50:47

 

काठमाडौं ।

प्रदेश दुईका बिभिन्न स्थानमा एमालेका उम्मेदवार निर्विरोध हुनु भएको छ । असोज २ गते हुन लागेको तेस्रो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत नेकपा एमालेका उम्मेदवार दुई स्थानमा निर्विरोध हुनु भएको हो । बाराको जितपुर–सिमरा उपमहानगरपालिकामा र सर्लाहीको मलंगवा नगरपालिकामा वडा सदस्यमा एमालेका उम्मेदवार निर्विरोध हुनु भएको हो ।

बारा जिल्लाको जितपुर–सिमरा उपामहानगरपालिका वडा नं २४ बाट एमालेले वडाको दलित महिला सदस्यमा आलमती देवी निर्विरोध हुनु भएको छ । त्यस्तै सर्लाहीको मलंगवा नगरपालिका वडा न १० मा सरिता देवीे दलित महिला वडा सदस्यमा भएको एमाले सर्लाहीका अध्यक्ष रेवती पन्तले जानकारी दिनुभयो ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula