बिरगञ्ज महानगरमा बसुरुद्धिन र सोफियाको यस्तो छ जित्ने आधार

प्रकाशित मिति :2017-09-10 13:45:28

बिरगञ्ज । अहिले बीरगंज लगायतका आसपासका क्षेत्रहरु स्थानीय तहको निर्बाचनको चर्चाले खुवै तातेको छ । विरगञ्ज महानगरपालिकाको प्रमुख कस्ले जित्ने भन्ने बिषय राष्ट्रिय महत्व भित्र परेको छ । बिरगञ्जमा नेकपा(एमाले)ले नेशनल मेडिकल कलेजका सञ्चालक बसुरुद्धिन अन्सारीलाई नगर प्रमुख र सोफिया आचार्यलाई उपप्रमुख पदको उम्मेदवार बनाएको छ । एमालेले जितेमात्र नगर विकास हुने योजनासहित अन्सारी र सोफिया चुनावी मैदानमा हुनुहुन्छ ।

सरल र मिजास स्वभावका अन्सारी  ठूला सानासबै सँग मिल्न सक्ने स्वभावका हुनुहुन्छ । सुखमा नमात्तिने र दुःखमा नआत्तिने स्वाभावले पनि अन्सारीको सामाजिक उचाइ अझ वलियो देखिएको छ ।

समृद्ध र समुन्नत बिरगञ्जको सपना लिएर अघि बढेका अन्सारी बिगतका चुनावमा पनि उम्मेदवार वन्नु भएको थियो । तर, त्यो वेला उहाँको वारेमा कुनै नकारात्मक बिषय वाहिर आएन । तर, अहिले केही मिथ्या आरोपहरु आएका छन् । यसलाई उहाँले आफ्नो विजय पथमा बिपक्षीहरु आत्तिएको रुपमा लिनु भएको छ ।  बिशेष गरि बिकास निर्माण र समुन्नत नगरको परिकल्पना एमालेसंग मात्र भएका उदाहरण सहित अहिले अन्सारीले मत मागिरहनु भएको छ ।

नगरवासीको अनुहारमा हाँसो ल्याउने काम एमालेले मात्र गर्न सक्ने उहाँको निचोड छ ।  मतदाताले पनि निष्ठा र इमान्दारीताको प्रतिनिधिका रुपमा एमालेलाई लिएको कारण विजयमा सहज भएको अन्सारी र आचार्यको ठोकुवा छ । अहिले बिरगञ्जलाई महानगर पालिका बनाइएको छ । तर पूर्बाधारको विकास गर्न सकिएको छैन ।
बर्षात्को समयमा हिलोमा डुब्नु पर्ने र चर्को घाममा धुँवा र धुलोको समस्याले आक्रान्त पारेको छ । यसलाई अन्त्य गर्ने योजना अन्सारीले लिनु भएको छ ।

यहाँको शिक्षा, स्वास्थ्य, सुरक्षा, रोजगारका बिषयमा अन्सारी संग ठोस योजना छ । कागजी रुपमा महानगर भएपनि त्यसभित्र हुनुपर्ने शिक्षा, स्वास्थ्य, ब्यबस्थित शहर, तरकारी बजार, ट्रान्सपोर्ट एरिया, महिला बालबालिकाको हितको निम्ति बिशेष कार्यक्रम, बृद्धबृद्धाको लागि सत्प्रतिशत भत्ता बृद्धि गर्ने योजना अन्सारीको घोषणापत्रमा उल्लेख छ । घरघरमा स्वास्थ्य टोली, निशुल्क प्रसुति सेवा, सडक पूर्बाधारमा आधुनिकीकरण, आधुनिक शहर विकास गर्न सोही अनुसारको योजना लिएर एमालेका उम्मेदवार घरदैलो गरिरहनु भएको छ ।

स्वास्थ्य र शिक्षाको लागि बिरगञ्जबाट बाहिर जानै नपर्ने वातावरण तयार गर्ने अन्सारीको योजना छ । गुणस्तरीय सेवाको नयाँ प्रबिधि ल्याएर समग्रमा बिरगञ्जलाई प्रदूषण मुक्त, बनाउने घोषणा गरिएको छ ।

अपांग, अशक्त र असहाय मैत्री सार्वजनिकस्थल निर्माण गर्ने योजनामा अन्सारी लाग्नु भएको छ ।

बिगतमा माओवादीमा पनि वसेर काम गरेका अन्सारीले भन्नुभयो, ‘बिगतमा म माओवादीमा थिएँ । तर त्यहाँ रहँदा कहिल्यै समाािजक बिकासको दृष्टिकोण पाईन । तर एमालेमा आए लगत्तै समाजिकक बिकास बिना कसैको पनि हित हुन सक्दैन् भन्ने खालको सोच म मा विकास भयो ।’
गरीब, बिपन्न र सिमान्तकृत जनताको हितमा काम गर्न, बिकास र समृद्धिको मार्ग पहिल्याउन देशमा नेकपा(एमाले)को नीति र नेतृत्व आवश्यक भएको अन्सारीको तर्क छ । सामाजिक बिकास र जनताकोस्तर माथि उकास्ने दृष्ट्रिकोण एमालेमा मात्र रहेको अन्सारीको अनुभूति छ ।

नेकपा (एमाले) का केन्द्रदेखि स्थानीय तहसम्मका नेताहरुको ब्यबहारबाट पनि त्यसको पुष्टि हुने अन्सारीले वताउनुभयो ।

समान ब्यबहार, बिश्वास र हार्दिकता, प्राप्त भएको समुहिक निर्णयलाइ जिम्मेवारीपूर्ण र इमान्दारिताका साथ पालना गर्ने असल परम्परा एमालेमा पाएकोले पनि जनता यस तर्फ आकर्षित भएको उहाँले सुनाउनु भयो ।

आफू पर्सा जिल्लाको ग्रामीण भेगमा जन्मेको ब्यक्ति भएको र इमान्दारिता र निष्ठाको कारण नेशनल मेडिकल कलेज जस्तो स्वास्थ्य प्रतिष्ठान मार्फत राष्ट्रलाई पनि केही सेवा गर्न सकेको वताउँने अन्सारीले हजारौं रोगीहरुलाई निशुल्क रुपमा स्वस्थ्य सेवा प्रदान गर्नुभएको छ ।

सामाजिक सेवामा अब्बल रहेका कारण पनि बिरगञ्जभित्र धेरै दुखी र असहायलाई सेवा गरेको उहाँको अनुभव छ । सामाजिक सेवामा नै लागेको कारण संस्थागत रुपमा जनसेवा गर्नका लागि राजनीतिमा लाग्नुभएका अन्सारी
राजनीतिक क्षेत्रको भूमिका बिना कुनै पनि प्रकारको विकास निर्माण र बेथिति तथा विकृतिको बिरुद्धमा अभियान सञ्चालन गर्न नसकिने अन्सारीको ठम्याई छ ।

नेकपा (एमाले) को बृहत् संगठित सञ्जाल र इमान्दार कार्यकर्ता पंक्तिको सहयोगले महानगरमा बिजय हुन सहज हुने अन्सारीको बुझाई छ ।

राजनीतिमा लागेर केही लिन भन्दा पनि दिनका लागि अग्रसर अन्सारीले सेवा गर्नमै आनन्द मिल्ने कुरा सुनाउनु भयो ।
बिरगञ्जमा अनेक खालको समस्या छन् । यहाँका बासिन्दाले दिन प्रतिदिन समस्यामा रुमलिन परेको छ । बेरोजगारी समस्या ब्याप्त छ दिनप्रतिदिन जीवनस्तर खस्कँदै जान थालेको छ । स्वास्थ्य र शिक्षामा जुन मात्रामा प्रगति हुनुपथ्र्यो त्यो हुन सकेको छैन । बिरगञ्जलाई नेपालमा चिनाउने खालको काम हुन सकेको छैन । यो कामको नेतृत्व गर्न आफू सक्षम रहेको अन्सारीले वताउनुभयो ।

विकास निर्माणका काम हुन नसक्दा नगर कुरुप बन्दै जान थालेको चिन्ताले अन्सारीलाई सधै सताउने गरेको थियो ।

यी समस्यावाट नगरवासिलाई मुक्ति दिनका लागि आफ्नो विजय अनिवार्य रहेको उहाँको भनाई छ ।

अहिले पनि सामाजिक बिभेद छ । प्रशासनिक ढिलासुस्ती छ । सहज रुपमा नगरबासीले महानगरपालिकाबाट पाउनु पर्ने सेवा र सुबिधा प्राप्त गर्न सकेका छैनन् । यस समस्या समाधानका लागि निजी स्वार्थ र भौतिक सुख सुबिधालाई छाडेर राजनीतिमा लाग्ने मान्छेको आवश्यकता छ । यो काममा आफूलाई उहाँले काविल ठान्नुभएको छ ।

राजनीतिका माध्यमले आधुनिक विरगञ्ज भोलीको पुस्तालाई हस्तान्तरण गर्न आवश्यक देखेर आफू यो काममा लागेको अन्सारीको भनाई छ । उहाँले भन्नुभयो,
‘सामाजिक परिवर्तन बोकेको राजनीतिक दलले बिरगञ्जलाई नेतृत्व गर्नु आवश्यक छ । त्यो एमाले मात्र हो ।’

यसलाई नमुना शहर बनाउनु सवैभन्दा पहिलो काम भएको अन्सारीको भनाई छ ।

नेकपा(एमाले)ले गरेको प्रभावकारी थुप्रै काम छन् । सबै जाती भाषा धर्म संस्कृति र सम्प्रदायलाई अघि बढाउनको लागि एमालेले ल्याएको अवधारणाको आधारमा काम गर्नु नै बिरगञ्ज बिजयको वलियो आधार हो । यो आधारमा टेकेर अघि बढेका कारण एमालेको विजय सुनिश्चित भएको स्थानीयवासी वताउँछन् ।
जनहित तथा लोककल्याणकारी कामहरु, बृद्ध भत्ता, मुश्लिम आयोग निर्माण मदरसा शिक्षाको थालनी गरेको पार्टीका नीतिका कारण पनि बिरगञ्जमा नेकपा (एमाले) जित्न सजिलो छ ।
तराई मधेशको बिकासको लागि नयाँ नयाँ योजना ल्याएको एमाले पार्टीले यहाँका शहरलाई आधुनिक शहरमा स्तरोन्नती गराउन करोडौं रकम बिनियोजन गरेको छ । साथै तराईका बिपन्न र गरीब एवं सिमान्तकृत वर्गको उत्थानमा पनि एमालेको योजना अब्बल छ ।

हुलाकी राजमार्ग निर्माण, शिक्षा स्वास्थ्यको अवस्था सुधार, भ्रष्टाचार मुक्त, र जनमुखी प्रशासन सेवा दिने एमालेका नीति बिरगञ्जका सवै जनतालाई थाहा छ । त्यो आधारमा पनि एमालेको जित निश्चित छ ।

अझ एकल महिलाहरुलाई भत्ता, मधेशका बिकास लागि सीमा बिकास कार्यक्रम, मधेशका जिल्ला सदरमुकामहरुको ब्यवस्थित बिकासका लागि ५० करोड रुपैयाँ बिनियोजन गर्ने एमाले नेतृत्वको सरकारले अझ धेरै काम गर्न सक्छ । त्यसकारण पनि बिरगञ्जमा एमालेका उम्मेदवार विजयी हुनेमा अन्सारी ढुक्क हुनुहुन्छ ।

हुलाकी राजमार्ग निर्माणका लागि पहिलो पटक केपी ओली नेतृत्वको सरकारले ४ अर्व रुपैया बिनियोजन गरेको तराई मधेशका सवै जनतालाई थाहा भएको अन्सारीको बिश्वास छ ।

अन्तर्राष्ट्रिय बिमान स्थल , द्रुतमार्ग, विरगञ्ज पथलैयामा बन्दै गरेको ६ लेनको सडकलगायतका उच्चस्तरीय कामम एमालेको सरकारको योगदान भएका कारण पनि तराई मधेशमा एमाले जित्ने कुरामा बढी दम भएको अन्सारीको भनाई छ ।

हुनत आफूलाई कर छलेको आरोप पनि लागेको वताउँदै अन्सारीले भन्नुभयो, ‘मैले कर छली नै गरेको भए यो कुरा पहिले किन उठाईएन ? यो त मेरो चरित्र हत्या गर्ने षडयन्त्र मात्र हो ।’ यस बिषयमा अन्सारीको तर्क छ,

‘२० बार्ष अघि किनेको जग्गाको त्यति बेला नक्सा पास मार्फत लाग्ने शुल्क र अहिलेको पनि सोही अनुपातमा अन्तर छ । मैले चरण चरणमा गरेर किनेको जग्गाको दाम पनि एकमुष्ट रुपमा अहिलेको दाममै गणना गरेर कर निर्धारण गरिएको छ । त्यसबाट अन्याय भयो भन्दै मैले अदालतान निबेदन दिएको छु । साथै किनारा नलागेसम्म बास्तबिक करको लागि बाटो बनाइदिनुस भन्दै गत बर्ष मात्र मैले निबेदन सहित १ करोड ३६ लाख रुपैयाँ कर नपामा एकमुष्ठ दाखिला गरेको छु । त्यसैले यसमा कुनै सत्यता छैन ।’

फगत आरोप लगाएर एमालेको लोकप्रियता घटाउन सकिन्छ कि भनेर योजनाबद्ध रुपमा केही मान्छे लागेको मात्र उहाँको भनाई छ ।

उम्मेदवारी दर्ताको दिन देखिएको जनमानसले पनि आफ्नो विजय नजिक रहेको अन्सारीको भनाई छ ।

अपार जनसमर्थन र घर दैलोमा देखिएको जनसहभागिताले पनि आफूले जित्ने निश्चित भएपछि बिपक्षीहरु आत्तिएर अनेक षडयन्त्रको तानाबान बुन्न लागेका अन्सारीको बुझाई छ ।

उपप्रमुख पदका उम्मेदवार सोफिया आचार्य निकै अनुभवी, पढेलेखेको र क्याम्पसको प्राध्यापक समेत भएका कारण पनि आगामी दिनमा सहयोग हुने एमालेको बुझाई छ ।
                                   

-श्याम बञ्जारावाट

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula