एमालेमय चन्द्रपुर नगर क्षेत्र

प्रकाशित मिति :2017-09-10 09:37:19

रौतहट ।

प्रदेश नं. २ को सबै भन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिका छोटो समयमा नै एमालेमय बनेको छ । एमालेका आम कार्यकर्ता निर्वाचन र प्रचार प्रसारमा लागेपछि चन्द्रपुर नगरपालिका एमालेमय बनेको हो । नेकपा (एमाले) को तर्फबाट नगर प्रमुखको उमेदवार दिएका उद्धब रेग्मीले सम्बृद्ध चन्द्रपुर नगरको विकाशका लागी उमेदवारी दिएकोे वताउनुभएको छ । चन्द्रपुर नगरपालिकालाइ आधुनिक शहरको रुपमा बनाउने नाराका साथ मतदाता संग मत माग्दै हिडेका उमेदवार रेग्मीले आफुले बोलको कुरा कुनै हालतमा पनि पुरा गरेर नै छाडने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।

चन्द्रपुर नगरको ढल निकासको अभाबमा नगर कुरुप भएको बताउँदै नगर प्रमुखका उमेदवार रेग्मीले सबै भन्दा पहिला ढल निकासलाइ प्राथमिकता दिने वताउनुभयो । उमेदवार रेग्मी भन्नुहुन्छ,“चन्द्रपुर नगरपालिका सबैको आर्कषणको स्थल हो, यहाँ धेरै पर्यटकीय स्थलहरुको विकासको आवश्यकता छ, त्यसको लागि मैले योजनाबद्ध रुपमा काम गर्नेछु, यसको लागी आम नगरबासीले सहयोग गर्नु पर्छ ।” यो नगर बिकासउन्मुख रुपमा रहेको हँुदा यहाँ धेरै भौतिक बिकासका पूर्वाधारहरु निर्माण गर्नु छ, जुन काम मैले निर्वाचन जितेमा ५ बर्ष भित्र पुरा गर्न समेत प्रतिबद्ध ब्यक्त गर्नुभयो ।

चन्द्रपुर नगरपालिकाका अधिकांश सडकहरु ग्रामीण सडक छन,कति ठाउँमा स्वच्छ खानेपानी पुग्न सकेको छैन । यस्ता धेरै कुराहरुको समस्या भएको हुँदा यसको विकास गर्न पनि एमालेको विजयी आवश्यक रहेको रेग्मीको भनाई छ ।
साबिक चन्द्रनिगाहपुर गाबिसको अध्यक्ष भएर काम गरिसकेका रेग्मी चन्द्रपुरबासीहरु कै सेवा गरेर अहिले यो अबस्था सम्म आएको सामाजिक ब्यक्ति हुनुहुन्छ । अझै पनि चन्द्रपुरबासीले सेवा गर्ने मौका दिने उहाँ ढुक्क हुनुहुन्छ ।

बिगत लामो समयदेखि सामाजिक ब्यक्तिको हिसाबले पनि समाजका बिभिन्न बिकास निर्माणदेखि बिपतिमा समेत सहयोग गरेको हुँदा यो निर्वाचनमा आफ्नो अमुल्य मत दिएर चन्द्रपुरबासीले जिताउनेमा आफुलाइ विश्वास रहेको उमेद्वार रेग्मीले ब्यक्त गर्नुभयो ।
अहिले एमाले उमेदवार रेग्मी चन्द्रपुर नगरपालिकाको बिभिन्न स्थानहरुमा घरदैलोमा ब्यस्तहुनुहन्छ ।

-रमेश तिमलसिना

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula