सकृय युवालाई युवा संघको सम्मान

प्रकाशित मिति :2017-07-31 10:29:06

 

सिन्धुपाल्चोक। युवा संघ सिन्धुपाल्चोकले स्थानीय निर्बाचनमा महत्त्वपूर्ण भुमिका खेलेको भन्दै युवा संघ जिल्ला कोषाध्यक्ष सुरेन बिक्रम योन्जनलाई सम्मान गरेको छ । गत शनिबार आयोजित एक कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य अरुण नेपालले खादा तथा कदर पत्र प्रदानले सम्मान गर्नुभएको हो । युवालाई सम्मान गर्दै नेपालले योन्जन जस्तो युवा पार्टीमा हुँदा सवैको भलो हुने वताउनुभयो ।

निर्बाचनको बेला योन्जन एमालेको प्रचार प्रसारमा जिल्ला भर पुगेका थिए । आफ्नो वावु नेपाली कांग्रेसको तर्फ बाट जुगल गाउँपालिका प्रमुखको उम्मेदवार हुँदा योञ्जन भने एमालेको प्रचारमा तीव्र रुपमा लागेका थिए । आफ्नो वावुलाई सहयोग नगरी एमालेमा लागेका योञ्जनले निर्वाचनमा युवा परिचालनमा बिशेष भूमिका खेलेको युवा संघ सिन्धुपाल्चोकले जनाएको छ । साथीहरुले बुवालाई खुलेर सहयोग गर्न सुझाएका तर आफुले त्यसको प्रतिवाद गरेको योञ्जनले वताए । नाता भन्दा नीति माथि भन्ने महान योजनाका साथ एमाले जिताउन लाग्दा पार्टीले पनि सम्मान गरेको उनको प्रतिकृया छ । बिकासको योजनामा एमाले संग मात्रै भएको वुझेर यो पार्टीमा लागेको वताउने योञ्जन वावुको बिरुद्ध जनमत जुटाउँदै हिँडेको वताउँछन् । कांग्रेसको समर्थन गरेर समय र भबिष्य बर्बाद हुने निश्चित भएपछि एमालेमा लागेको उनको तर्क छ । त्यसोत जुगल गाउँपालिकामा उनको बुवा जयबहादुर तामाङलाई पराजित गर्दै एमालेका होमनारायण श्रेष्ठ बिजयी हुनु भएको छ । समग्र युवाहरुको भूमिका सम्मानयोग्य भएपनि सुरेनको बिषेश योगदान भएका कारण उनलाई प्रशंशापत्र सहित सम्मान गरिएको युवा संघ जिल्ला अध्यक्ष राजकुमार सुवेदीले वताए ।

नेपाली कांग्रेस को ठुलै नेताबाट आफुलाई चरी जस्तै बनाई दिने धम्की आएको बताउँदै योञ्जनले छातिमा एक मुठी सास रहुन्जेल एमालेको पक्षमा लागिरहने प्रतिबद्धता ब्यक्त गरे ।

युवा संघ र पार्टीमा अन्तर्घात गर्नेहरुलाई पार्टिले तुरुन्तै कार्बाही गर्नु पर्ने उनको तर्क छ । आफ्नै बाउको बिपक्षमा उभिएर पार्टी र सिद्धान्त लाई जिताएको वताउने सुरेनले स्वार्थका लागि पार्टीमा लाग्नेहरुलाई पेलेर जान नेतृत्वलाई आग्रह गरे ।
उक्त कार्यक्रमा युवा संघ जिल्ला कमिटिले जिल्ला भरका एमाले बाट निर्बाचित भएका जनप्रतिनिधिहरु सबैलाई सम्मान पनि गरेको थियो ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula