प्रधानमन्त्रीको गृहजिल्लामा एमालेको दोस्रो जित दर्ता

प्रकाशित मिति :2017-07-01 09:11:21

डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुराको नवदुर्गा गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ ।

अध्यक्षमा एमालेका कविन्द्र विष्ट २ हजार ९ सय ६९ मत ल्याएर विजयी हुनु भएको हो । नेपाली कांग्रेसका लक्ष्मी अवस्थीले २ हजार ७ सय ४३ मत ल्याउनु भएको हो । यस्तै उपाध्यक्षमा कांग्रेसकी डम्बरी वलीले ३ हजार ४ मत ल्याएर विजयी हुनु भएको छ । एमालेकी जयन्ती बुडाऐरले २ हजार २ सय ७८ मत ल्याउनुभयो ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula