जननेता मदन भण्डारी र जनताको बहुदलीय जनवाद

प्रकाशित मिति :2017-06-28 10:48:11

युवराज ज्ञवाली

युवराज ज्ञवाली

माक्र्सवादी सिद्धान्तअनुरूपको सही नीति र नेतृत्व अगाडि बढेको बेला संसारमा कम्युनिस्ट आन्दोलनले नया“ उचाइ प्राप्त गरेको छ भने वस्तुगत परिस्थितिअनुरूपको नीति र नेतृत्व नहु“दा आन्दोलन, अकल्पनीय रूपले ओरालो लागेका उदाहरण दुनिया“मा धेरै छन् । अक्टुबर क्रान्तिपछि विश्व राजनीतिलाई नै नया“ युगमा प्रवेश गराउन भूमिका खेलेको सोभियत सङ्घमा माक्र्सवादलाई समयसापेक्ष प्रयोग गर्न नसक्दा अन्ततः अकल्पनीय धक्का र असफलता प्राप्त भयो । सन् १९९० को दशक विश्व कम्युनिस्ट आन्दोलनका लागि एउटा भयानक असफलताको बेला थियो । प्रथम र दोस्रो विश्वयुद्ध जस्तो प्रलयकारी घटनाबाट समेत पछि नहटेको र ७० वर्षसम्म अविच्छिन्न रूपमा समाजवादलाई टिकाएर विश्वको पहिलो शक्तिको रूपमा स्थापित हुन पुगेको सोभियत सङ्घ, गलत नीति र नेतृत्वको कारणले, जनताको एउटै धक्कामा धराशायी हुन पुग्यो । तर, त्यही समयमा नेपालमा भने कम्युनिस्ट आन्दोलन लोकप्रियताको शिखरमा पुग्यो । वि.सं. २००६ मा स्थापना भएको नेपालको कम्युनिस्ट आन्दोलनले ०४६ सालसम्म आइपुग्दा त्यागी, समर्पित र क्षमतावान् नेताहरूको ठूलो पङ्क्ति जन्माइसकेको थियो । तीमध्ये नेपाली आकाशको चम्किलो नक्षत्रको रूपमा उदाएका थिए जननेता कमरेड मदन भण्डारी ।

मदन भण्डारी ठूलो पार्टीको प्रमुख पदमा पुगेको कारणले भन्दा पनि सही विचार र सोहीअनुसारको आदर्श, मूल्य–मान्यता, कार्यशैली र आचरणका कारणले महान् बन्नुभएको थियो । विश्व कम्युनिस्ट आन्दोलनका साथै नेपालको कम्यनिस्ट आन्दोलनमा त्यसबेला एकातिर, माक्र्सवादलाई जडसूत्रको रूपमा बुझ्ने दृष्टिकोणले प्रभाव जमाएको थियो भने अर्कोतिर कम्युनिस्ट आन्दोलनबाट पलायन हुने, कम्युनिस्ट पार्टीलाई विघटन गर्ने दक्षिणपन्थी दृष्टिकोण कायम थियो । त्यो बेला मदन भण्डारीले ‘जडसूत्रवाद र विसर्जनवादको विरोध गरौ“, माक्र्सवादको सिर्जनात्मक प्रयोग र विकास गरौ“’ भन्ने दृष्टिकोण अघि सार्दै कम्युनिस्ट पार्टीलाई आमजनताको आकर्षणको केन्द्र बनाउन सफल हुनुभयो । यसरी नै कम्युनिस्ट विचारलाई आमजनताको आकर्षणको सिद्धान्त बनाउन सकिन्छ भन्ने उहा“को ठहर थियो ।

माक्र्सवाद संसारका तमाम शोषित, पीडित, श्रमजीवी जनताको मुक्तिको सिद्धान्त हो । नेपाली धर्तीमा माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्नु भनेको यो समाजमा विद्यमान विभिन्नखाले शोषण, दमन, उत्पीडन, अन्याय, अत्याचार र विभेदमा परेका जनताको मुक्ति र समृद्धिका लागि अघि बढ्नु हो । जनताका दुःख, पीर, मर्का र समस्यास“ग नजोडिएको सिद्धान्त माक्र्सवाद हुन सक्दैन । कुनै पनि वैज्ञानिक सिद्धान्त पार्टीका नेता तथा कार्यकर्ताहरूको माध्यमबाट जनताको बीचमा लागू हुन्छ । उनीहरूका तमाम आचरण र व्यवहार ठीक भएमात्र जनताले सही विचारबाट उपयुक्त परिणाम हासिल गर्न सक्छन् ।

नेपाली जनतामा कम्युनिस्ट विचारधाराको ठूलो प्रभाव परेको कारणले तमामखाले देशी–विदेशी प्रतिक्रियावादी एवम् कम्युनिस्टविरोधी शक्तिहरूले अनेक तरिकाले यसलाई कमजोर बनाउने प्रयत्न गरिरहे । त्यसका लागि पार्टीभित्रै घुसपैठ गर्ने, पार्टीभित्रका विभिन्नखाले अन्तरविरोधलाई कुशलताका साथ प्रयोग गर्ने, पार्टीभित्रका कतिपय लोभीपापी तŒवहरूलाई खरिद गर्ने, विभिन्न कम्युनिस्ट पार्टीहरूलाई आपसमा लडाउने र कतिपयलाई भौतिकरूपमै सफाया गर्नेलगायत विभिन्न तरिका अपनाउने गर्छन् । त्यसमा पनि पार्टीभित्र चर्को गुटबन्दी चलिरहेको अवस्थामा तमामखाले गलत तŒवहरू गुटहरूकै छहारीमा ओत लाग्दै पार्टीभित्र अन्तध्र्वंश मच्चाउने प्रयत्न गर्छन् । कमरेड मदन भण्डारीमा नेपालको कम्युनिस्ट आन्दोलनका साथै लोकतान्त्रिक आन्दोलनलाई हा“क्न सक्ने जुन किसिमको क्षमता र सही दृष्टिकोण थियो त्यो कुरा कम्युनिस्टविरोधीहरूले राम्रोस“ग बुझेका थिए । कमरेड मदन भण्डारी एकजना कम्युनिस्ट र लोकतन्त्रवादी मात्र नभएर सशक्त राष्ट्रवादी नेताको रूपमा स्थापित भएको कारणले यो कुरा कतिपय बाह्य शक्तिको टाउको दुखाइको विषय थियो । उहा“लाई कुनै पनि डर, धाक, धम्की र लोभलालच देखाएर गलाउन सकिने कुनै सम्भावना नदेखेर नै उहा“माथि प्रहार गरिएको थियो । त्यसमा संयोग र अझ दुःखको कुरा कुशल सङ्गठक कमरेड जीवराज ‘आश्रित’ पनि पर्नुभयो । जिप दुर्घटनाको नाउ“मा गराइएको त्यो राजनीतिक हत्यामा नेकपा (एमाले)का प्रमुख सिद्धान्तकार र प्रमुख सङ्गठकसमेत पर्नु नेपालको कम्युनिस्ट आन्दोलन, लोकतान्त्रिक एवम् राष्ट्रवादी आन्दोलन र नेकपा (एमाले)का लागि अत्यन्त गम्भीर र अपूरणीय क्षति थियो ।

त्यसबेला नेपालको कम्युनिस्ट आन्दोलनमा रहेको जडसूत्रवादी र दक्षिणपन्थी दुवैथरी विचारलाई चिर्दै मदनले नेपाली विशेषताको माक्र्सवादको रूपमा जनताको बहुदलीय जनवादको नवीन मान्यता अघि सार्नुभयो ।
तत्कालीन विश्व राजनीतिमा एकातिर लोकतान्त्रिक मान्यताको रूपमा केही सीमित राजनीतिक अधिकारमा मात्र जोड दि“दै आर्थिक समानताको पक्षलाई छाया“मा पार्ने पु“जीवादी विचारधाराको प्रभाव बढ्दो अवस्थामा थियो भने अर्कोतिर राजनीतिक अधिकारलाई उपेक्षा गर्दै सर्वहारा वर्गको अधिनायकत्व र आर्थिक समानताका बारेमा मात्र जोड दिने साम्यवादी शक्तिहरूको अवस्था रणनीतिक ठहरावको अवस्थामा थियो । त्यसमा पनि पूर्वी युरोप र सोभियत सङ्घको समाजवादी ढा“चा असफल भएपछि, संसारका पु“जीवादी शक्तिहरूले माक्र्सवाद नै असान्दर्भिक भएको भन्दै हल्ला पिटाइरहेका थिए । त्यस्तो बेला जुनकिरीको प्रकाशको रूपमा नेपालमा जनताको बहुदलीय जनवादको विकासस“गै नेकपा (एमाले)को लोकप्रियता बढ्दै थियो । त्यसले वास्तवमा भन्ने हो भने विश्व कम्युनिस्ट आन्दोलनमै छाएको अन्धकारलाई एक हदसम्म चिर्ने काम गरेको थियो भन्दा अत्युक्ति हु“दैन ।

यतिबेला स्वयम् नेकपा (एमाले)भित्रै पनि जनताको बहुदलीय जनवादको सार र रूपलाई ठीक किसिमले बुझ्ने सवालमा व्यावहारिकरूपमा गम्भीर समस्याहरू देखि“दैछन् । आवधिक निर्वाचनमा जसरी पनि विजय प्राप्त गरी सत्ताको कुर्सीसम्मको दौड पार गरेपछि लक्ष्य पूरा भएको ठान्ने मानसिकता बढ्दो अवस्थामा छ । यो मानसिकतालाई परिवर्तन गर्न सकिएन भने हाम्रो यात्रा पु“जीवादी सुधारवादमै सीमित हुनेछ । नेपाली समाजको क्रान्तिकारी परिवर्तन जनताको बहुदलीय जनवादको सार हो भने लोकतान्त्रिक प्रक्रिया त्यसस“ग जोडिएको रूप पक्ष हो । यसरी हेर्दा अबको दिनमा लोकतान्त्रिक प्रक्रियाको माध्यमबाट क्रान्तिकारी परिवर्तनको लक्ष्यमा पुग्ने नया“ दृष्टिकोण नेपाली राजनीतिमा विकास भएको छ । वर्तमान नेपाली राजनीतिमा लोकतान्त्रिक प्रक्रियाबिनाको क्रान्तिकारिता अन्ततः उग्रवामपन्थी अवसरवादमा पतन हुनेछ भने क्रान्तिकारिताबिनाको लोकतन्त्रवाद बुर्जुवा सुधारवादमा सीमित हुनेछ ।

यतिबेला हामी लोकतान्त्रिकीकरणको धेरै ठूलो हल्ला चलेको पाउ“छौ“ तर पार्टीलाई क्रान्तिकारीकरण गर्ने भन्नेबारेमा छलफल र बहस भएको पाइ“दैन । यो कम्युनिस्ट पार्टीको लागि शुभलक्षण होइन । उपर्युक्त दुवै कुराको सार र रूपको बीचमा कसरी उचित तालमेल मिलाउने भन्नेबारेमा पार्टीमा व्यापक बहस चलाउनु अनिवार्य भइसकेको छ । होइन भने केही समय पार्टीका केही मानिसहरू प्रधानमन्त्री, मन्त्री या यस्तै केही सत्ताको सुखभोग गर्ने ठाउ“मा पुग्नेछन्, कतिपयले आफ्नो आर्थिक हैसियत पनि बलियो बनाउनेछन्, अन्ततः कम्युनिस्ट पार्टी नेपाली काङ्गे्रसको सहयोगी शक्तिबाहेक केही हुनेछैन । यो पक्षमाथि पार्टीका तमाम नेता तथा कार्यकर्ताहरूले गम्भीर चिन्तन, मनन गर्नु जरुरी छ । जनताको बहुदलीय जनवाद क्रान्तिकारी सारसहितको लोकतान्त्रिक विचार भएकाले पार्टी निर्माणका तमाम विषयहरूमा सोहीअनुसार अघि बढ्नु आवश्यक छ ।

अहिलेको उत्पादन पद्धति, उत्पादन सम्बन्ध र उत्पादक शक्तिमा व्यापक परिवर्तन गर्दै यो मुलुकलाई समाजवादको दिशामा अघि बढाउनु नै वर्तमान समाजको क्रान्तिकारीकरणको सार हो । परिवर्तनको यो प्रक्रियाबाट मूलतः यो देशका तमाम शोषित, पीडित, श्रमजीवी जनताले लाभ प्राप्त गर्नुपर्छ । अहिलेको स्थितिसम्म आइपुग्दा समग्रतामा आर्थिकरूपमा सम्पन्न व्यक्तिहरू नै बढी लाभान्वित भइरहेका छन् र राजनीतिमा पनि उनीहरूकै पकड बलियो हु“दै गएको छ । यतिबेलाको परिस्थितिमा राष्ट्रिय पु“जीको विकास गर्नुपर्ने आवश्यकता भएकाले उद्योगधन्दा, व्यापारलगायत तमाम विकास निर्माणका काममा पु“जीपति वर्गलाई प्रोत्साहित गर्नुपर्ने आवश्यकता पनि छ तर देशको राजनीतिको नेतृत्व नै उनीहरूले गर्ने अर्थात् पार्टी नेतृत्व उनीहरूबाटै परिचालित हुने अवस्था आयो भने नेपालमा पु“जीवाद त सुदृढ होला तर समाजवाद केवल कल्पनाको विषयमात्र बन्नेछ । हाम्रो पार्टी विधान तथा तमाम दस्तावेजमा नेकपा (एमाले) श्रमजीवी वर्गको पार्टी भनेर प्रस्टरूपमा उल्लेख गरेका छौ“ । तर, यदि पार्टीको नेतृत्वमा पु“जीपतिवर्ग हावी भयो भने त्यसले केही सुधारका काम त गर्ला तर समग्रमा श्रमजीवी जनताको मुक्तिको काम गर्न सक्तैन । अहिले पार्टीको तल्लो निकायमा कतिपय ठाउ“मा अवैधानिक कामबाट सम्पत्ति कमाएका केही मुठ्ठीभरका व्यक्तिहरूले कार्यकर्ताहरूलाई भेडा, बाख्राजस्तै खरिद गर्ने काम सुरु गरेका छन्, केही ठेकेदारहरूले पार्टी सदस्य शुल्क बुझाइदिने र उनीहरूले चाहेबमोजिम भोट खसाल्न लगाउने प्रवृत्ति अत्यन्त खतर्नाक रूपमा बढ्न खोज्दैछ । यस सम्बन्धमा समग्र पार्टीपङ्क्ति बेलैमा होसियार बन्नु जरुरी छ । यसले अन्ततः पार्टीलाई भ्रष्टीकरण र अपराधीकरणमा पतन गराउनेछ । कमरेड मदन भण्डारीले जस्तो पार्टी बनाउने भनेर आफ्ना दस्तावेजहरूमा उल्लेख गर्नुभएको छ, पार्टीमा देखापरेका तमाम समस्याको बारेमा जुन किसिमको चिन्ता जाहेर गर्नुभएको छ, यतिबेला हामीले उहा“को चिन्ताअनुसार पार्टी निर्माण गरेका छौ“ कि छैनौ“ ? आत्मसमीक्षा गर्नु जरुरी छ ।

विगतमा विश्व कम्युनिस्ट आन्दोलनमा सर्वहारावर्गको अधियनाकत्वको नाउ“मा एकदलीय अधिनायकत्व बढेर गयो, त्यसमा पार्टी केन्द्रीय कमिटी र प्रमुख नेताको निरङ्कुशता बढ्यो । त्यहा“ फरक विचार राख्नेहरूलाई निर्ममतापूर्वक दमन गरियो र अन्तरपार्टी जनवाद ध्वस्त भयो । कतिपय देशका पार्टीमा भिन्न विचार राख्नेहरूलाई पु“जीवादका एजेन्डाका रूपमा दोषारोपण गर्दै भौतिकरूपमै सफाया गर्ने काम गरियो । जुन ठाउ“मा कम्युनिस्ट पार्टीहरू सत्तामा पुगे, उनीहरूले त्यो सत्तालाई आफ्नै पार्टीभित्रका आलोचकहरूलाई समाप्त पार्ने काममा प्रयोग गरे । निश्चित केही नेता तथा कार्यकर्ताहरूले सत्ताको चरम दुरूपयोग गरे । त्यसले कम्युनिस्ट पार्टीलाई पतन गरायो ।

नेपालको कम्युनिस्ट आन्दोलनमा कैयौ“ नेता, कार्यकर्ताले देश, जनता र पार्टीका लागि निःस्वार्थ रूपमा आफ्नो जीवन समर्पित गरेका छन् । तर, कतिले पार्टीको शक्ति र प्रभावलाई प्रयोग गरेर अकुत सम्पत्ति कमाएका पनि छन् । कमरेड पुष्पलाल, मदन भण्डारी, मनमोहन अधिकारी, तुल्सीलाल अमात्य, जीवराज आश्रित, नेत्रलाल अभागी, रत्नकुमार वान्तवालगायतका तमाम नेता तथा कार्यकर्ताहरूले आफ्नो जीवन सम्पूर्णरूपमा जनताका लागि समर्पित गरे । जीवनको अन्तिम समयतिर कमरेड मदन भण्डारी एउटा शक्तिशाली पार्टीको महŒवपूर्ण कार्यकारी पदको साथै सभासद् पनि हुनुहुन्थ्यो । तर, उहा“ले कहिल्यै पनि पार्टीको शक्ति र प्रभावको साथै आफ्नो पदको प्रयोग गरेर निजी स्वार्थ पूरा गर्ने त के त्यस्तो कल्पनासमेत गर्नुभएन । पार्टीको महŒवपूर्ण नेताहरूको बीचमा उचित किसिमले कार्यविभाजन गरेर अघि बढ्नुपर्ने कुरामा उहा“ प्रस्ट हुनुहुन्थ्यो । त्यसबेलाका अधिकांश सांसदहरूले मदन भण्डारी नै संसदीय दलको नेता हुनुपर्छ भनेर आवाज उठाउ“दै थिए तर उहा“ले आफू होइन मनमोहन अधिकारी दलको नेता हुनुपर्छ भनेर प्रस्ताव गर्नुभयो । उहा“मा कति ठूलो महानता थियो भन्ने यो पनि एउटा उदाहरण हो । मदन भण्डारीका अनुयायी हामीहरू अहिले के गर्दैछौ“ ? छातीमा हात राखेर सोच्नुपर्नेछ ।
‘विचारलाई बलप्रयोगद्वारा दमन गर्न सकि“दैन’ मदन भण्डारीको यो पनि एउटा अत्यन्त महŒवपूर्ण मान्यता थियो । हामीले सिङ्गो नेपाली समाजमा विद्यमान फरक विचारको सन्दर्भमा यस किसिमको लोकतान्त्रिक मान्यता अपनाएका छौ“ त्यसैले आफ्नै पार्टीभित्रका फरक विचारको सन्दर्भमा अझ बढी सहिष्णुता देखाउन र सम्मान गर्न सक्नुपर्छ । पार्टीभित्र फरक विचार राख्ने सबैलाई समेटेर अगाडि बढ्न सके त्यो एउटा लोकतान्त्रिक पार्टी हुन्छ भने आफ्ना अन्धभक्तमात्र बोकेर हि“ड्ने हो भने त्यो एउटा गुटमात्र हुन्छ । एउटा विशाल र गतिशील पार्टीमा नेताहरूको आलोचना हुनु, कतिपय सवालमा भिन्न मत रहनु अत्यन्त स्वाभाविक छ । पार्टीभित्रको अन्तरविरोधले त्यो पार्टीको विकास हुन्छ । कमरेड मदन भण्डारीले पा“चौ“ महाधिवेशनमा आफूभन्दा फरक विचार राख्ने मनमोहन अधिकारीलाई पार्टी अध्यक्षका रूपमा स्वीकार गर्नुका साथै अरू तमाम फरक मत राख्ने नेताहरूलाई केन्द्रीय कमिटीमा स“गै राखेर अघि बढ्नुभयो । यसरी अगाडि बढ्नेक्रममै उहा“को निधनपछि नेकपा (एमाले)ले यो देशको सबभन्दा ठूलो दलको हैसियतले नौ महिना मात्र भए पनि एकलौटी सरकार सफलतापूर्वक चलाउन सक्ने अवस्थामा पुग्यो । हाम्रो आफ्नै यस किसिमको अनुभवबाट आगामी दिनमा हामीले अझ धेरै कुरा सिक्न जरुरी छ ।
कमरेड मदन भण्डारीकै कार्यकाल र उहा“को अगुवाइमा विभिन्न वामपन्थी समूहस“ग व्यापक छलफल गरी उनीहरूलाई पार्टीमा एकताबद्ध पार्ने महŒवपूर्ण काम सम्पन्न भयो । अहिले नेपालको कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारिता र लोकतान्त्रिक मान्यतालाई एकैसाथ अघि बढाउन चाहने व्यक्तिहरूको ठूलो जमात सक्रियरूपमा लागेको छ । उनीहरू नेकपा (एमाले)मा सामेल भएर कम्युनिस्ट आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्न चाहन्छन् तर एमालेभित्र रहेर लामो समय काम गरेका नेता तथा कार्यकर्ताहरूको विशाल पङ्क्ति अहिलेसम्म पार्टीको ठोस जिम्मेवारी नपाएर अन्योलमा परेको र एमालेभित्र अहिले पनि नवौ“ महाधिवेशनको बेलाको समूहबद्धता कायमै रहेका कारण पार्टी प्रवेशमा गतिरोध देखिएको छ ।

कमरेड मदन भण्डारीले ‘सिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्त हो’ भन्ने एङ्गेल्सको भनाइलाई बारम्बार जोड दिनुभयो । पार्टीको नवौ“ महाधिवेशनले, मुलुकमा क्रान्ति सम्पन्न भइसकेको कारणले अबको हाम्रो सम्पूर्ण ध्यान यो देशलाई समृद्धिको दिशामा अघि बढाउने विषयमा केन्द्रित गर्नुपर्छ भन्ने मान्यता अघि सारेको छ । गणतन्त्रको प्राप्ति पछि हाम्रो पार्टी निरन्तररूपमा सरकारमा गएको छ र केही समय सरकारको नेतृत्वसमेत गरेको छ । यो अवधिमा हामीले जनताको जीवनमा प्रभाव पार्ने गरी कति काम ग¥यौ“ ? हाम्रो पार्टीको तर्फबाट गरिने यावत् कामहरूले जनताको जीवनमा के कति परिवर्तन ल्याउन सक्यो ? त्यसको समीक्षा गर्नु जरुरी छ । जनताले हामीबाट विभिन्न आवश्यकता पूरा गर्ने अपेक्षा गर्छन्, यो हरेक देशका जनताको स्वाभाविक चरित्र हो । मीठा र आकर्षक भाषणले जनताको भोको पेट भरि“दैन । अब चर्का नाराभन्दा धेरै परिणाममुखी कामको आवश्यकता छ । जनता आफ्नो हरेक सुख, दुःखमा पार्टीको साथ र सहयोग चाहन्छन् । हाम्रो पार्टीका हरेक सङ्गठन र कमिटीहरूले आफूलाई सम्पूर्णरूपमा जनताको जीवनस“ग जोड्न सक्नुपर्छ तबमात्र मदन भण्डारीको सच्चा अनुयायी भएको ठहर्छ ।
कमरेड मदनले पोखराको आफ्नो अन्तिम सम्बोधनमा ‘मैले माक्र्सवाद–लेनिनवाद के हो भन्ने विषय उठाउ“दै सिद्धान्तले जीवनको सेवा गर्नुपर्छ र जीवनलाई मार्गदर्शन गर्नुपर्छ भन्ने कुरा राख्न चाहेको हु“’ भन्नुभएको थियो ।

कहिलेकाही“ हामीले आफूलाई जनताको मुक्तिदाता ठान्ने गर्छौं । केही व्यक्तिले माक्र्सवाद–लेनिनवाद र जनताको बहुदलीय जनवादको भजन–कीर्तन गरेपछि स्वतः जनताको मुक्ति हुन्छ भनेजस्तै मुठ्ठिभरका केही भक्तजनहरू जम्मा गरेर त्यसैमा रमाइरहेका हुन्छौ“ । यो तरिका द्वन्द्वात्मक भौतिकवादी नभएर अध्यात्मकवादी धर्मान्धताबाहेक केही होइन । आमरूपमा श्रमजीवी जनतालाई जगाउने, सङ्गठित गर्ने र व्यापकरूपमा परिचालित गरेपछि मात्रै जनता भित्रैबाट क्रान्तिकारी शक्ति निर्माण हुन्छ र त्यो नै समाज परिवर्तनको निर्णायक शक्ति हुन्छ । ०६२÷६३ को क्रान्तिले पनि यो कुरालाई अझ प्रमाणित गरेको छ । कमरेड मदन भण्डारीले क्रान्तिको बारेमा भन्नुभएको थियो, ‘यो भ्रान्तिबाट मुक्त हुनैपर्छ कि हामी मुक्तिदाता होइनौ“ । मुक्ति प्राप्तकर्ता, सङ्घर्ष गरेर मुक्ति हासिल गर्ने स्वयम् जनता हुन् । अर्थात् इतिहासका निर्माणकर्ता जनता हुन् । … जनतालाई त्यो मुक्तिको काममा उतार्ने, पे्ररणा प्रदान गर्ने, उनीहरूलाई प्रशिक्षित गर्ने, उनीहरूलाई सङ्गठित गर्ने, उनीहरू स“गस“गै लागेर त्यसलाई नेतृत्व प्रदान गर्ने, त्यसभित्र अगुवाको भूमिका खेल्ने, त्यो काम राजनीतिक पार्टीको हो ।’

(पोखराको अन्तिम सम्बोधन)
नेकपा (एमाले)को नवौ“ राष्ट्रिय महाधिवेशनले माक्र्सवाद–लेनिनवाद र जनताको बहुदलीय जनवादलाई पार्टीको मार्गदर्शक सिद्धान्तको रूपमा स्वीकार गरेको छ । जनताको बहुदलीय जनवाद, माक्र्सवाद–लेनिनवादभन्दा पृथक् विषय नभएर यो नेपाली विशेषताको माक्र्सवाद–लेनिनवाद हो । अर्थात् जनताको बहुदलीय जनवाद, नेपाली क्रान्तिको सन्दर्भमा माक्र्सवाद–लेनिनवादको विकसित रूप हो । माक्र्सवाद–लेनिनवादका सामान्य सच्चाइको आधारमा जनताको बहुदलीय जनवादको विशिष्ट सिद्धान्त विकसित भएको हो । नेपालका उग्रवामपन्थी दलहरूले जबजलाई बुर्जुवा सुधारवादकै तहमा बुझ्ने र त्यसको आलोचना गर्ने गरेका छन् । तर, उनीहरूले जबजको सारलाई नबुझेर त्यसको रूप पक्षमात्र देख्ने गरेका छन् । उनीहरूको प्रचारले समाजको एउटा पङ्क्तिमा भ्रमसमेत उत्पन्न भएको छ । नेपालमा माओवादी एउटा अलग शक्तिको रूपमा आउनु, समाजमा विद्यमान भ्रमकै उपज हो । त्यो भ्रमलाई चिर्ने एकमात्र उपाय भनेको नेकपा (एमाले)का नेता तथा कार्यकर्ताको सच्चा कम्युनिस्टहरूमा हुनुपर्ने आचरण र व्यवहार नै हो । गलत आरोपलाई ठीक व्यवहारबाट खण्डित गर्ने तरिका नै अबको प्रभावकारी उपाय हो ।

एक समय नेपाली राजनीतिको जननिर्वाचित सबैभन्दा ठूलो दलको हैसियतले सफलता साथ सरकार सञ्चालन गरेर लोकप्रियताको शिखरमा पुगेको कम्युनिस्ट पार्टी नेपालमा विद्यमान रहेको अवस्थामा त्यसकै समानान्तर माओवादी पार्टीको उदय हुन पुग्नु पछाडिका अन्तर्निहीत कारणहरू के–के हुन् ? त्यसको वस्तुगतरूपमा समीक्षा अहिलेसम्म हुनसकेको छैन । माओवादी पार्टी गलत हो भनेर मात्र एउटा जिम्मेवार पार्टी उम्किन सक्दैन । रोग लागेपछि त्यसको निदान खोज्नु आवश्यक कुरा हो तर रोग लाग्नुको सही कारण पत्ता नलगाई, रोग लाग्नबाट बचाउन सकि“दैन । माओवादी पार्टीको गलत नीति र व्यवहारका कारण उसको शक्तिमा तीव्ररूपमा क्षयीकरण भइरहेको कुरा सा“चो हो तर माओवादीकै कारणले नेकपा (एमाले) पहिलो पार्टी बन्न सजिलो छैन त्यो पनि उत्तिकै सा“चो हो ।

अबको नेपाली राजनीतिमा लोकतान्त्रिक प्रक्रियाबाटै आर्थिक सामाजिक रूपान्तरणको कार्यभार पूरा गर्न सकिन्छ । त्यसका लागि जननिर्वाचित सरकार एउटा महŒवपूर्ण माध्यम हो । तर, जबजवादी र माओवादी दुई ठूला कम्युनिस्ट पार्टीको अन्तरविरोधको कारणले पु“जीवादी शक्ति सत्ताको नेतृत्वमा रहिरहने अवस्था आयो भने नेपाली समाज लामो समयसम्म सारतः बुर्जुवा सुधारवादको गोलचक्करमा घुमिरहनेछ । यसअर्थमा आगामी स्थानीय र संसदीय निर्वाचन नेकपा (एमाले)का लागि राजनीतिक रूपमा अर्को ऐतिहासिक चुनौती हुनेछ । कम्युनिस्ट पार्टीले चुनाव जित्नुमात्र अन्तिम ध्येय होइन, त्योभन्दा महŒवपूर्ण विषय नेपाली समाजको आर्थिक, सामाजिक रूपान्तरण र समृद्धि हो । सत्ता र निर्वाचन साध्य होइन, त्यो त निश्चित लक्ष्य प्राप्तिको साधन र प्रक्रियामात्र हो । संविधान निर्माणपछि बन्ने अबको स्थानीय र संसदीय निर्वाचनले जनताको बहुदलीय जनवादी कार्यक्रम लागू गर्ने केन्द्रीय र स्थानीय सरकार बनाउनु आवश्यक छ ।

हामीले हाम्रा तमाम वैचारिक र व्यावहारिक उपलब्धिहरूलाई उच्च महŒवका साथ प्रचार गर्ने र त्यसमा हामीमा आत्मगौरव हुनु जरुरी छ तर विगत र वर्तमानमा हामीबाट कस्ता किसिमका गल्ती भए र भइरहेका छन् त्यसको निर्ममतापूर्वक आत्मसमीक्षा गरेर आफूलाई सच्याउन सकेनौ“ भने नेपाली राजनीतिले पश्चिम बङ्गालको नियति भोग्नुपर्दैन भन्न सकि“दैन ।

‘सामूहिक नेतृत्वको आधारमा पार्टी सञ्चालन गर्नु’ कम्युनिस्ट पार्टीको एउटा अत्यन्त महŒवपूर्ण विषय हो । पार्टीलाई लोकतान्त्रिक तरिकाले सञ्चालन गर्ने यो ज्यादै महŒवपूर्ण पक्ष हो । जबजको आधारमा पार्टी सञ्चालन गर्दा निर्वाचित भएर नेतृत्वमा आएर मात्र हु“दैन, पार्टीलाई सामूहिक नेतृत्वको आधारमा सञ्चालन गर्नु त्यत्तिकै महŒवपूर्ण कुरा हो । लोकतन्त्रमा जनताबाट निर्वाचित भएर आउनु अनिवार्य छ तर लोकतन्त्रले निर्वाचित तानाशाह खोजेको होइन । माथिदेखि तलसम्म हाम्रा पार्टी कमिटीहरू सामूहिक नेतृत्वको आधारमा चलेका छन् कि छैनन् ? पार्टीका अधिवेशन र महाधिवेशन सकिनेबित्तिकै हामीले ध्यान दिनुपर्ने यो मुख्य विषय हो । सामूहिक नेतृत्वको आधारमा चल्ने हो भने सकभर गल्ती हु“दैन भयो भने पनि कम हुन्छ र त्यसलाई सामूहिकरूपमै सच्याउन सकिन्छ । त्यसबाट सबैले शिक्षा लिन्छन्, गल्ती र उपलब्धिमा सबैको स्वामित्व हुन्छ । व्यक्ति जतिसुकै महान् भए पनि उसका पनि अनेक कमजोरी हुन्छन् भन्ने माक्र्सवादी मान्यतालाई हमेशा ख्याल गरिएन भने व्यक्तिले गरेको गल्तीको कारणले पार्टीलाई ठूलो क्षति हुनसक्छ ।
नेकपा (एमाले)को स्थिति कस्तो हुन्छ यसले नेपालको भावी राजनीति तय हुनेछ । नेपाली राजनीति समाजवादको दिशामा अघि बढ्ने कि पु“जीवादमै फन्को मार्ने ? यसको सुनिश्चितता पनि नेकपा (एमाले)को अवस्थामा भर पर्छ । सिद्धान्ततः हामीले सत्तालाई साधन र राजनीतिक कार्यक्रमलाई साध्य मानेका छौ“ । तर, व्यवहारतः हामी ठीक यसको उल्टो बाटो हि“ड्न खोज्दै छौ“ । यतिबेला हामीभित्र रहेको यो एउटा गम्भीर समस्या हो ।

नेपाली राजनीतिमा पु“जीवादी क्रान्तिको एउटा प्रक्रिया पूरा भए पनि नेपाली समाजको रूपान्तरणको प्रक्रिया निरन्तर जारी छ । सामाजिक रूपान्तरणका लागि क्रान्तिकारी पार्टीको नेतृत्व अनिवार्य छ । तर, त्यसका लागि पार्टीका नेता तथा कार्यकर्ताहरूको रूपान्तरण अनिवार्य छ । नेपाली राजनीतिमा क्रान्तिकारी परिवर्तन आएको भए पनि राज्यसत्ताको संयन्त्रमा रहेका व्यक्तिहरूको चिन्तन, आचरण, व्यवहार, कार्यशैली, कार्यपद्धतिलगायत तमाम कुराहरूमा रूपान्तरण भएको छैन । यस्तो अवस्थामा राज्यसत्ताको नेतृत्वमा पुग्ने व्यक्तिहरूका सामु गम्भीर चुनौती देखिन्छ । राज्यको नेतृत्वमा बस्नेहरूले पुरानो चिजलाई बदल्ने कि पुरानो परिपाटीले नेतृत्वलाई आफूअनुकूल रूपान्तरण गर्ने ? यदि पुरानो परिपाटीलाई बदल्न नसक्ने हो भने उल्टो दिशामा आफ्नो रूपान्तरण हुनसक्छ भन्ने कुरा ख्याल गर्नु जरुरी छ । त्यसैले हामीले जसरी पार्टीको लोकतान्त्रिकीकरणमा ध्यान दिने गरेका छौ“ त्यसरी नै पार्टीको क्रान्तिकारीकरणलाई त्योभन्दा उच्च महŒवका साथ ग्रहण गर्नु आवश्यक छ ।
अहिले पार्टीमा आत्मकेन्द्रित व्यक्तिवाद हावी छ । देश, जनता र पार्टीको हितभन्दा पार्टी र सत्तालाई आफ्नो हितमा प्रयोग गर्ने प्रवृत्ति अत्यन्त खतरनाकरूपले बढ्दैछ । जनताको बहुदलीय जनवाद र जननेता मदन भण्डारीका मान्यतास“ग यो प्रवृत्तिको मेल खा“दैन ।

बारम्बार सत्तामा जाने पार्टीमा आर्थिक अपारदर्शिता अत्यन्त खतरनाक प्रवृत्तिको रूपमा देखिने गर्छ । यसलाई समयमै नियन्त्रण गर्न सकिएन भने कम्युनिस्ट पार्टीमात्र होइन, अन्ततः लोकतन्त्र नै खतरामा पर्छ । जबजको मान्यताका आधारमा निर्माण गर्ने पार्टी र नेता तथा कार्यकर्ताहरू आर्थिक आचरणमा शुद्ध र व्यवस्थित हुनु अनिवार्य छ । आर्थिकरूपमा भ्रष्ट व्यक्तिहरूले मदन भण्डारीप्रति भक्तिभाव देखाउनु र जबजको बखान गर्नु व्यर्थ छ । कुनै पनि व्यक्ति आर्थिकरूपमा भ्रष्ट भएपछि उसमा भोग, विलास र ऐश–आरामको प्रवृत्ति बढेर जान्छ । यसले उनीहरूमा पैसा नै सबै चिज हो भन्ने मान्यता हुर्किन्छ । अन्ततः समाजवाद होइन पु“जीवादनै ठीक छ भन्ने चिन्तन बढ्न थाल्छ । त्यस्तो प्रवृत्ति पार्टीमा बढ्दै जा“दा त्यसको वर्गआधार भत्कि“दै जान्छ र दस्तावेजमा ‘श्रमजीवी वर्गको पार्टी भनेर लेखिएको भए पनि व्यवहारमा त्यो पु“जीपति वर्गको पार्टीमा रूपान्तरित हुन्छ । यस्तो पार्टीमा विभिन्न निर्वाचनहरू सङ्गठनको बलमा नभएर सत्ता, पैसा, गुण्डा र धा“धलीको भरमा जित्नुपर्छ भन्ने मान्यता स्थापित हुन्छ । हामी कता जा“दैछौ“ ? मदन भण्डारीलाई सम्झेर गम्भीर आत्मसमीक्षा गर्नु जरुरी छ ।

बलियो, एकताबद्ध र क्रियाशील सङ्गठन नै श्रमजीवी वर्गको पार्टीले निर्वाचनमा विजय हासिल गर्ने मुख्य आधार हो । नवौ“ महाधिवेशनमा पार्टीभित्र जुन किसिमको समूहबद्धता देखाप¥यो, त्यसको प्रभाव देशभरका गाउ“ र वडा तहसम्म कायम छ । यदि समयमै यसको अन्त्य गर्न सकिएन भने आगामी निर्वाचनमा आफ्नो पार्टीको पर्याप्त जनमत भएर पनि आन्तरिक कारणले धेरै ठाउ“मा पराजय भोग्नुपर्ने अवस्था आउनेछ । यसको अन्त्यका लागि हरेक ठाउ“का कार्यकर्ताहरूलाई विभिन्न तहमा सङ्गठित गर्ने, माथिदेखि तलसम्म हरेकलाई उचित कामको जिम्मा दिने, महाधिवेशनको मतदानको आधारमा नभएर व्यक्तिको योग्यता, क्षमता र गुणको आधारमा मूल्याङ्कन गर्ने, सबैले कुनै गुटको होइन, सिङ्गो पार्टीको नेता, कार्यकर्ता हु“ भन्ने भावनाको आधारमा अघि बढ्ने, गुटको आधारमा होइन, विषयगत आधारमा समर्थन या विरोध गर्ने, निर्णयपूर्व आफ्नो स्पष्ट विचार राख्ने तर निर्णयपछि निःसर्त रूपमा कार्यान्वयन गर्ने, यसरी सा“चो अर्थमा माक्र्सवादी–लेनिनवादी र जनताको बहुदलीय जनवादी पार्टी निर्माण गर्ने दिशामा अघि बढ्ने हो भने वास्तवमै जननेता मदन भण्डारीको सपना साकार हुनेछ । 

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula