माओवादी केन्द्र अन्तर्गतको लिम्बूवान राष्ट्रिय मुक्ति मोर्चाका सचिव एमालेमा प्रवेश

प्रकाशित मिति :2017-06-22 09:41:28

मोरङ्ग ।
नेकपा एमालेको पक्षमा देशमा जनलहर बढेको र सोही पार्टीले देशको समग्र उन्नती गर्ने ठहर गर्दै माओवादी केन्द्र अन्तर्गतको लिम्बूवान राष्ट्यि मुक्ति मोर्चाका केन्द्रीय सचिव देवेन्द्र वनेम एमालेमा प्रवेश गर्नुभएको हो ।

मोरङको पथरीशनिश्चरे ९ मा असार ७ गते भएको एमालेको बृहत घरदैलो कार्यक्रममा सोही वडा निवासी वनेम एमालेमा प्रवेश गर्नुभएको हो । वनेम माओवादी केन्द्रको पथरीशनिश्चरे नगर कमिटीका सहसंयोजक समेत रहनु भएको थियो २ दिने वडा घरदैलोमा नगर प्रमुखका उम्मेदवार दिलिपकुमार राई (किशोर) र उपप्रमुखका उम्मेदवार यमुना विष्ट वास्तोलाका साथै वडाध्यक्ष भानुभक्त राई, महिला सदस्य इन्द्रावती गुरुङ, दलित महिला सदस्य निर्मला गदाल, खुला सदस्य कुरुक्षेत्र नेपाल र नगेन्द्र (खरेन्द्र) धिमाल सहित सहभागि रहनु भएको छ ।

नेता, कार्यकर्ता र शुभेच्छुक गरी करिव ६ सय जनाको ¥याली घरदैलोमा सहभागि रह्यो । जसमा एमालेका १ नम्बर प्रदेश सदस्य रामकुमार बस्नेत, विदेश विभागका पूर्व सदस्य युवराज वास्कोटा, कोशी अञ्चल कमिटीका पूर्व सल्लाहकार मोहनकुमार न्यौपाने, जिल्ला सचिवालय सदस्य टंक भण्डारी सहितका अगुवाहरु सहभागि हुनु भएको छ । घरदैलो पछि शनिश्चरे चोकमा आयोजित कोणसभामा नवप्रवेशी वनेमले एमालेको देशव्यापी लहर रहेको र देशका लागि एमाले नै उपयुक्त पार्टी भएको बताउनु भयो ।

गत जेठ १९ देखि नगर प्रमुख र उपप्रमुख सहित वडाध्यक्ष, सदस्यहरु सहभागि भई १० वटै वडामा हुँदै आएको बृहत र्याली असार ९ गते सम्पन्न हुने निर्वाचन मुल समिति संयोजक मोहन तुम्वापोले जनाउनु भएको छ ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula