दोस्रो चरणको निर्वाचनमा एमालेको बहुमतः सचिव ज्ञवाली

प्रकाशित मिति :2017-05-30 17:22:58

गुल्मी ।
नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले छिमेकीको इसारामा प्रधानमन्त्रीको राजिनामा आएको बताउनुभएको छ । सोमबार गुल्मीको रुरु गाउँपालिकाको ग्वादीमा सम्पन्न चुनावी कार्यक्रममा बोल्दै नेता ज्ञवालीले प्रधानमन्त्री प्रचण्डले राजनितिमा देखिएको इमान्दारीताको खडेरी मेट्न भन्दै दिएको राजिनामा केवल छिमेकी मुलुक भारतको इसारामा भएको बताउनुभयो ।

प्रचण्ड सरकार अपबित्र गठबन्धन गरेर अघि बढ्यो नेता ज्ञवालीले भन्नुभयोे ‘बर्तमान सरकारले सत्ताको निम्ती जे पनि ग¥यो’। सरकारमा रहेका गठबन्धनले अझैपनि चुनाव गर्न चाहेका छैनन् उहाँले भन्नुभयो ‘त्यसको प्रतिवाद एमाले गर्छ, चुनाव भएरै छोड्छ’ । मधेसी दलहरुलाई देखाएर सरकार आफै चुनाव गर्ने पक्षमा नभएको नेता ज्ञवालीको भनाई छ ।

सरकारमा बसेर सत्ता र पैसाको खोलो बगाएर चुनाव गर्दा समेत नतिजा हात नपरेपछी प्रचण्डकै डिजाइनमा षडयन्त्र पुर्वक भरतपुरमा मतपत्र च्यात्ने काम भएको उहाँको कथन थियो । एमालेको पक्षमा जनलहर छ त्यसैले अब ‘केन्द्रमा एमाले प्रदेसमा एमाले गाउँमा एमाले हुँदैछ ’ उहाँले भन्नुभयो ।

नेता ज्ञवालीले एमालेको बढ्दो लोकप्रियताबाट तर्सिएर देशभित्र र बाहिरका केही शक्तिहरु एमालेका विरुद्धमा लागेको बताउनुभयो । उहाँले भन्नुभयो–चौतफी घेराबन्दी र मोर्चाबन्दी गरेपनि एमालेलाई कसैले हराउन सक्दैन्न । एमाले दोस्रो चरणको निर्वाचनपछि एमाले पहिलो शक्तिका रुपमा स्थापित हुनेछ । र, बहुमत स्थानीय तहमा एमालेको विजय हासिल हुनेछ ।

पुर्व मन्त्री समेत रहनुभएका ज्ञवालीले केपी ओलीको सरकारले राखेका योजनाहरुबाट बिरोध गर्नेहरुले अहिले आफ्नै घोषणा पत्रमा राखेर एमालेकै लाइनमा उभिन बाध्य भएको बताउनुभयो । एमालेलाई भोट दिनेलाई सम्मान गर्छ त्यो कामले देखाउछ नेता ज्ञवालीले भन्नुभयो ‘अहिले एमालेको पक्षमा जनलहर छ, हामी पाँच वर्षमा यो मुलकलाई कायापलट हुने गरि बिकासका सुन्दर योजनाहरु ल्याउने छौं’ ।

चुनावको बेला पानि ल्याउछौ, बाटो ल्याउछौं भन्दै खोक्रा बिकासे नाराको पछी नलाग्न आग्रह उहाँको छ । उहाँले अरुले भन्दै हिडछन् एमालेले काम गर्दै हिडछ त्यसैले पनि एमालेलाई बिजयी गराउनु पर्नेमा जोड दिनुभयो । नेता ज्ञवालीले पहाड र मधेसलाई जोडने काम एमाले गर्ने बताउनुभयो ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula