समृद्ध शहर हेटाैंडाबासीकाे रहर

प्रकाशित मिति :2017-05-13 15:27:55

हेटौडा उपमहानगरपालिकामा एमालेको लहर बढ्दै गएको छ । एमालेका मेयरका उम्मेदवार हरिवल महत र उपमेयरका उम्मेदवार मिना लामा घरदैलो अभियानमा व्यस्त हुनुहुन्छ।

१९ वटा वडा रहेको हेटौडा उपमहानगरपालिकामा करिब ८३ हजार मतदाता छन् । यस अघिका स्थानीय निकाय निर्वाचनमा उपमेयर रहेका महत र उपमेहर सबैभन्दा बढी लोकप्रिय उम्मेदवारकारुपमा स्थापित भैसकेका महत ले पहिलो स्थानीय निर्वाचन २०४९ र दोस्रो २०५४ गरी दुई कार्यकाल एमालेको घोषणापत्रलाई जनताले मतदानको माध्यमबाट गरेको अनुमोदनको आधारमा काम गरिसक्नु भएको छ ।

दुई पटक उपमेयरको भुमिका निर्वाह गरिसक्नु भएका मेयरका उम्मेद्दार महत र उपमेयरका उम्मेद्दार लामाको जित सुनिश्तिच भएको छ ।

एमालेले सार्वजनीक गरेको घोषणापत्रमा विभिन्न १६ वटा कार्ययोजना रहेका छन् । दीर्घकालीन लक्ष्यसहित जनमैत्री विकासका लागि संस्थागत संरचना सुधार,स्वावलम्वी र आत्मनिर्भर हेटौँडा निर्माणका लागि स्रोत परिचालन, व्यवस्थित र सुरक्षित सहरीकरण, नगर यातायात व्यवस्थापन, आर्थिक विकास तथा समृद्धिका लागि उद्योग, व्यवसाय र रोजगारी सृजना, आर्थिक समृद्धिका लागि युवामैत्री स्वरोजगार , वातावरण संरक्षण र सरसफाई प्रवद्वन तर्फ रहेका छन् । मेयरका उम्मेद्दार महतले गएको दुई कार्यकालमा आफ्नो टीमले अघि सारेको योजना कार्यन्वयन गरेरै छाड्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।

संसदीय निर्वाचनमा अत्याधिक बहुमतले जितेको उपमहानगरपालिका क्षेत्रमा आफ्नो दलले विजय हासिल गरेपछि हेटौडालाई देशकै नमुनको उपमहानगरपालिकाको रुपमा अघि बढाउने बताउनुभयो ।  निर्वाचन जितिसकेपछि गर्ने कामकाे उहाँले लामाे सूची बनाउनु भएकाे छ । प्रस्तुत छन् उहाँका याेजना –

 

हेटौंडालाई काठमाडौंपछिको दोस्रो व्यवस्थित, विकसित, सुरक्षित र आकर्षक सहर बनाउनेछौं । हेटौंडा, मध्यनेपालको हावापानी सुहाउँदो बस्ती र आवासका लागि उत्कृष्ट स्थल हो । पर्यटकीय हिसाबले नेपालका सबै भूभागका मानिसको आकर्षण हेटौंडा बनको छ । हेटौंडा रोजगारयुक्त र स्वरोजगारको सहर बनाउने हाम्रो योजना हो ।
सबै समस्या पनि जनप्रतिनिधि अभावमा मौलाएका विकृति हुन् । छिमेकी देशबाट उद्योगधन्दाका लागि सहयोग जुटाउने काम हुनेछ । योग्यलाई हेटौंडामा काम र कामअनुसार ज्याला हुनेछ । हेटौंडामा उद्योगधन्दा थपिन्छन्, रोजगारी थपिन्छ । कृषिमा स्वरोजगारिमूलक कार्यक्रम ल्याउने छौं । भीमफेदी–कुलेखानी सुरुङमार्ग बनाएर लिंकरोड जोड्ने योजना अघि बढाउने भनेका छौं । यसो हुँदा डेढ घण्टामा काठमाडौं आउजाउ सहज हुनेछ ।

हेटौंडा बजारलाई व्यवस्थित सहर बनाउने खाका ल्याएका छौं । सडक विस्तार यातायात व्यवसायीले गरेको लगानी सुरक्षित बनाउन हामी पहल गर्नेछौं । हेटौंडालाई दोस्रो रोजाइको सहर बनाउने योजना अघि सार्दै भन्नुभयो–हाम्रो विजय सुनिश्चित भैसकेको छ , अब क्षेत्र विकासका योजनाको खाका बनाएर काम गर्न बाकी रहेको छ । उपमेयरका उम्मेद्दार लामाले जातीय सद्भाव कायम, राष्ट्रिय अखण्डताका लागि एमालले महत्वपूर्ण भूमिका खेलिरहेको पार्टीले देशलाई अखन्डताबाट जोगाउन लागि पर्नेछ भन्नुभयो ।
हेटौडा उपमहानगरलाई समृद्ध बनाउन हामी सर्वप्रथम हेटाैंडामा प्रविधिक उत्पादन गर्ने कार्यमा लाग्नेछौं । हामी हेटौंडाबासीलाइ स्वावलम्बी र आत्मनिर्भर बनाउन चाहन्छौं । प्रयेक वडामा २४ सै घण्टा शान्तिसुरक्षा कायम, हेटाैंडाको पदमपोखरी, हटिया र हर्नामाडीलगायतका स्थानमा सुन्दर बजार बनाउने, खेलमैदान, वाचनालय, मनोरञ्जनपार्क लगायत निर्माण गर्ने हाम्रो योजना छ ।
हिंसापीडित महिलालाई सुरक्षा व्यवस्था मिलाउने, स्वास्थ्य खानेकुरादेखि सम्पूर्ण व्यवस्था मिलाउन हामी लाग्नेछौं । हिंसारहित हेटांैडा बनाउने, हेटाैंडालाई समृद्ध बनाउन आर्थिक स्तरवृद्धि, बन्द उद्योग सुचारु गर्ने, नयाँ उद्योग खोल्ने, वर्कसपहरुलाई चुरियामाई क्षेत्रमा एकीकृतरुपमा राख्नेछौं ।
अस्पताल र आँखा अस्पताललाई थप सुविधा सम्पन्न बनाउँदै अत्याधुनिक सेवा सुविधासम्पन्न बनाउनेछाैं । मकवानपुर क्याम्पसको स्तरवृद्धि गर्नेछौं । पाँच कक्षासम्म पढाइ हुने विद्यालयमा खाजाको व्यवस्था, हेटांैडामा सडक बालबालिकामुक्त क्षेत्र बनाउने छौं । हामीले जिते यी बाहेकका धेरै कार्य गर्ने हाम्रो योजना छ ।

पाच वर्षमा समृद्ध हेटांैडा बनाउनेछौं । एक्लैले सकिँदैन । तर, तपाईंहरुको साथ र सहयोग भयो भने अवश्य हाम्रा योजना सफल हुनेछन् । हामीले असम्भव योजना बनाएका छैनाैं ।उपमहानगरपालिकाले अघि सारेको घोषणा पत्रमा पर्यटन क्षेत्र विकास तथा प्रवद्र्धन , आधारभूत सहरी सेवा व्यवस्थापन, सामाजिक विकास, खेलकुद विकास, अन्तर स्थानीय तह तथा अन्तराष्ट्रिय स्तरमा सम्बन्ध सम्पर्क विकास तथा विस्तार, श्रमको सम्मान र श्रमिकमैत्री नगर कार्यक्रम , अनौपचारिक क्षेत्र व्यवस्थापन, भूकम्प प्रभावितहरूका लागि विशेष राहत कार्यक्रम र सुरक्षा रहेका छन् ।

हेटौँडालाई प्रादेशिक राजधानी बनाउन जोड दिइने, बन्द हडताललाई निरूत्साहित गराइने,नगर क्षेत्रभित्रका अतिक्रमित सार्वजनिक जग्गा संरक्षण गर्ने रहेका छन् ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula