आचारसंहिता लत्याउँदै प्रधानमन्त्री चुनाव प्रचारमा

प्रकाशित मिति :2017-05-11 10:23:10

काठमाडौं

निर्वाचन आचारसंहितालाई कुल्चदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पार्टीको चुनाव प्रचारप्रसारमा सहभागी हुनुभएकाे छ ।

निर्वाचन आयोगले सार्वाजनिक पद धारण गरेको व्यक्तिलाई सरकारी स्रोत साधानको प्रयोग गरेर पार्टीको चुनाव प्रचारप्रसारमा सहभागी हुन रोक लगाए पनि प्रधानमन्त्री दाहाल स्वयम् नै आफ्नो पार्टी नेकपा माओवादी केन्द्रका उम्मेदवारको पक्षमा भोट भाग्दै हिडेकाे देखिन्छ ।

बुधवार सरकार गाडीको लावालस्कर लगाउँदै प्रधानमन्त्री प्रचण्ड काठमाडौंको शंकरापुर नगरपालिकामा माओवादीले आयोजना गरेको चुनावी सभामा सहभागी हुनुभयाे ।  माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका दाहालले साँखुमा पुगेर आफ्ना पार्टीका उम्मेदवारलाई मतदान गर्न आह्वान गर्नुभएकाे  थियाे ।  राजनीतिक परिवर्तन र विकास निर्माणमा माओवादीको भूमिका महत्त्वपूर्ण रहेकाले माओवादीका उम्मेदवारलाई भोट दिनुपर्ने दाहालको जिकिर थियो ।
निर्वाचन आयोगले फागुन १८ गतेदेखि लागू गरेको आचारसंहितामा प्रधानमन्त्री तथा मन्त्रीहरु कुनै पनि पार्टीको प्रचारमा सहभागी हुन नपाउने व्यवस्था गरेको थियो । तर, सरकारले पटक पटक आग्रह गरेपछि आयोगले निजी स्रोत साधनमा प्रधानमन्त्री तथा मन्त्रीलाई सदरमुकामसम्म मात्र जान पाउने गरी आचारसंहिता खुकुलो बनाइए पनि बुधवार प्रधानमन्त्री सरकारी गाडीको लस्कर लगाउँदै साँखु पुग्नुभएकाे थियाे ।  प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार दाहाल छोरी रेणुको पक्षमा भोग माग्न बिहीबार चितवन पुग्नुभएकाे छ ।

आयोगलाई समेत ढाँटे
साँखुको चुनावीसभा सकेर बुधवार निर्वाचन आयोग पुगेका दाहालले निर्वाचन आयोगलाई आचारसंहिता उल्लंघन नगरेको भन्दै ढाँटेका छन् । ठुला दलका शीर्ष नेतालाई बोलाएर आयोगले आचारसंहिता पालना गर्न हस्ताक्षर गराए पनि दाहालले त्यस्ता घटना भएको जिकिर गर्नुभएकाे  िथयाे । प्रमुख आयुक्त अयोधिप्रसाद यादवको निर्देशनपछि प्रधानमन्त्री दाहालले भने, ‘आचारसंहिता पालन गर्न प्रतिबद्ध छौं । सरकारले आचारसंहिता पालना गराउन कुनै कसर बाँकी राख्दैन ।’

 

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula