तिमालमा दुई सय काँग्रेस कार्यकर्ता एमालेमा प्रवेश

प्रकाशित मिति :2017-05-11 09:58:18

काभ्रे ।

स्थानीय निर्वाचनको पूर्व सन्ध्यामा नेपाली काँग्रेस र अन्य पार्टीबाट काभ्रेको तिमालमा करिव दुई सय कार्यर्कर्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन् । तिमालमा आयोजित चुनावी सभामा एमालेका उपाध्यक्ष वामदेव गौतमले नवप्रवेशीहरुलाई स्वागत गर्नुभएको हो । प्रवेश गर्नेहरुमा तिमाल गाउँ कमिटीका काँग्रेसका पूर्व सचिव पदबहादुर सापकोटालगायत छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी र अन्य पार्टीबाट पनि एमालेमा प्रवेश गरेका थिए ।

सभामा सम्बोधन गर्दै उपाध्यक्ष गौतमले देशभर एमालेको लहर देखिएकाले स्थानीय निर्वाचनमा अगुवा शक्तिका रुपमा आउने बताउँदै एमालेले मात्र मुलुकको समृद्धि र विकासका लागि प्रभावकारी का मगर्न सक्ने बताउनुभयो । उहाँले काभ्रे जिल्ला एमालेको लालकिल्ला हुनेमा आफू पूर्ण विश्वस्त रहेको पनि बताउनुभयो ।

कार्यक्रममा अनेरास्ववियुका अध्यक्ष नविना लामा, एमाले जिल्ला सचिव नारायण पाण्डे, जिल्ला सदस्य इन्द्र तामाङलगायतले एमालेलाई जिताउन आग्रह गर्नुभएको थियो ।
तिमाल गाउँपालिकामा एमालेबाट अध्यक्षमा प्रदीप लामा र उपाध्यक्षमा उषा घिसिङ उम्मेदवार हुनुहुन्छ । उहाँहरु घरदैलो र प्रचार प्रसारमा नियमित उत्रनुभएको छ ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula