जनता नेताको सेवामा होइन, जनताको सेवामा नेता हुनुपर्छ – श्रीगोपाल महर्जन

प्रकाशित मिति :2017-05-11 09:36:18

ललितपुर ।

जनता नेताको सेवामा होइन, जनताको सेवामा नेता भन्ने मुल नारा अघि सार्दै चुनावी प्रचारमा जुटेका ललितपुर महानगरपालिका वडा नम्बर ३ का अध्यक्षका उम्मेद्दार श्रीगोपाल महर्जनले आफुले घोषणा गरेको प्रतिबद्धता अनुसार काम गर्दै जाने बताउनुहुन्छ ।

अघिल्लो स्थानीय निकायको निर्वाचनमा सोही वडाबाट विजयी हासिल गरिसक्नुभएका सबल उम्मेद्दार महर्जन सो क्षेत्रको समाजसेवीको रुपमा चिनिनुहन्छ । उहाले आफुले विजयी हासिल गरेकोे केही दिनमै वडा कार्यालय भवन बनाउने उद्घोष गर्नुभएको छ ।

वडामा रहेका सबै धरधनीलाई वैज्ञानिक घर नम्बर वितरण गर्ने र सबै घरको तथ्याङक सार्वजनिक गर्ने, युवा रोगार सिर्जना गर्ने, वडामा रहेका वृद्ध वृद्धालाई विशेष सम्मान सहितको कार्यक्रम घोषणा गरिने, वडा स्तरबाटै फोहोर संकलन गर्ने, वडामा हरियाली कायम गर्ने, वडामा रहेका पार्क व्यवस्थापन गर्ने प्रशासनीक पारदर्शिता कायम गराउने, वैज्ञानिक रुपमा वडाका काम कारबाही अघि बढाउने, मुर्त र अमृर्त कला संस्कृति र सम्पदाहरुको संरक्षण र विकास गर्ने , खानेपानी, बाटो, ढलको सुविधा सबै घरमा पु¥याउने लगायतका प्रतिवद्धता घोषणा गरेका छन् ।

४ हजार ४ सय ३१ मतदाता रहेको सो वडालाई महानगरक्षेत्रको नमुनाको वडा बनाउने योजना रहेको अध्यक्षका उम्मेद्दार महर्जनले जानकारी दिनुभयो घर नम्बर र वडाको तथ्याङक उहाको  योजना रहेको छ ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula