सबै नागरिकको स्वास्थ्य विमा गर्छु :क्षेत्री

प्रकाशित मिति :2017-05-11 09:20:36


स्याङ्जा ।

देशमा निर्वाचनको माहोल तातिरहेका बेला नेकपा एमाले स्याङ्जाले पनि प्रचारप्रसार कार्यक्रम लाई तिब्र रुपमा अगाडी बढाएकोछ । एमाले स्याङ्जाले जिल्लाको पाँच वाटै नगरमा सबैभन्दा अघि एमाले रहेकाे जनाएकाे छ ।

 नेकपा एमाले पुतलीबजार नगरपालिकाकी मेयर पदकी उमेद्वार एंव महिला नेतृ सीमा कुमारी क्षेत्रीले आफूले नगरपालिका भित्रका सबै नागरिकको दुई लाख सम्मको स्वास्स्थ्य विमाको सुरुवात गर्ने बताउनु भयो । जिल्लाका ठुला दलहरुमध्येबाट उहाँ एक्ली महिला मेयरकी उम्मेदवार हुनुहुन्छ ।

संघन मातृशिशु सेवा केन्द्र स्थापना गरी गर्भवती महिला र बच्चा तीन वर्ष नपुग्दा सम्म नियमित रुपमा जाच गर्ने व्यवस्था मिलाउने पनि क्षेत्रीले बताउनु भयो । नेकपा एमाले पुतलिबजार नगरपालिकाले आफ्ने पार्टीले उठाउँदै आएको स्याङ्जा सदरमुकाम स्थीत पुतलीबजार नगरपालिका गुडी खोला देखि पोखरा सम्मको सिद्घार्थ राजमार्गको सडकलाई केन्द्र सरकार संग समन्वय गरी निर्माणको लागि पहल गर्ने घोषणा पत्रमा उल्लेख गरेकोछ ।

नेकपा एमाले पुतलीबजार नगरपालिकाले तीन वर्ष भित्रमा वडा केन्द्र भित्र पक्की सडक पुर्याउने पाँच वर्ष भित्र नगरपालिका भित्र र बाहिरी चक्रपथको प्रारुप तयार गरी निर्माण सुरु गरिने जनाएकाे छ । प्रत्येक वडामा खेल मैदान र कभर्डहल निर्माण गरिनुका साथै सुविधा सम्पन्न रंगशालाको निर्माण गरिने कुरा घोषणा पत्रमा समेटिएकोछ । वातावरण मैत्री नगरबस सेवा सञ्चालनका साथै बस पार्क निर्माण गर्ने एमालेले जनाएकाे छ । नर्सिङ, कृषि, इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ लगायतका विषयको अध्यापनको लागि प्राविधिक शिक्षालयको स्थापना, कमजाेर  विद्यार्थीका लागि स्नातकोत्तर तह सम्मको लागि छात्रवृत्तिको व्यवस्था युवा रोजगार केन्द्रको स्थापना गरिनेछ । भने महिला तथा युवाहरुका लागि कृषि पर्यटन तथा लघुउद्यमबाट रोजगारी सिर्जना गर्न दश प्रतिशत देखि असी प्रतिशत सम्म अनुदान दिने कार्य विधी बनाइने र जसबाट व्यापक रोजगारी सिर्जना हुनु घोषण पत्रमा उल्लेखछ ।
पाँच वर्ष भित्रमा नगरका सबै घर धुरीमा स्वच्छ खानेपानीको व्यवस्था मिलाईने याेजना क्षेत्रीकाे छ ।

 

हिमलाल पराजुली

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula