काठमाडौं महानगरपालिकाका ३२ वटै वडालाई नमूना बनाउने एमाले वडाध्यक्षहरूको योजना

प्रकाशित मिति :2017-05-11 08:53:01

काठमाडौ महानगरपालिकामा नेकपा (एमाले) का ३२ वटै वडाध्यक्षका उम्मेदवारहरूले आआपनो वडालाई नमुना वडा बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । नेकपा (एमाले) ले यसअघिको स्थानीय निर्वाचनमा देखाएको प्रस्तुतीकरणलाई यसपटक ऐतिहासिक रूपमै प्रभावकारी बनाउने घोषणा गरेका छन् । भरतलाल श्रेष्ठ, वडा नम्बर १
महानगरपालिकाको वडा नम्बर १ विकास निर्माणबाट पछि पर्ने गरेको छ । अब नेकपा (एमाले) को विजयपछि यस वडामा विकासको मूल फुटाउने काम हुनेछ । सडक चौडा हुनेछन् । खानेपानीको सुविधा सबैमा पुग्नेछ । सहर सुन्दर हुनेछ । विद्यालय, स्वास्थ्य चौकी, खेलकुद मैदानहरू अभियानका साथ बन्नेछन् । मैले चुनाव जितेपछि यी सबै काम अघि बढ्नेछन् । विद्युत्को पहुँच सबैमा पु¥याइनेछ । सहर व्यवस्थित तुल्याइनेछ । ढलको उचित व्यवस्था गरिनेछ । धुलो–धुवाँ हटाइ मास्करहित वडा बनाइनेछ ।

राजेन्द्र श्रेष्ठ, वडा नम्बर २
महानगरपालिकाभित्रको वडा नम्बर २ का वासिन्दा टुकुचा खोलाबाट धेरै पीडित छन् । बर्सेनि टुकुचाकै कारण यहाँ डुबान हुने गर्छ । पहिलो चरणमा यसलाई सुधार गर्छौं । टुकुचा खोला गहिरो तथा व्यवस्थित पारिनेछ । सडक सुधार गरिनेछ । सबै सडकमा बत्ती जडान गरिनेछ । सहर उज्यालो पारिनेछ । टोललाई धुलोमुक्त पारिनेछ । धुवाँरहित सहर निर्माणमा हाम्रो पहल हुनेछ । सुन्दर सहरमा बस्ने सपना पूरा हुनेछ । सहरका गल्लीमा ढुंगा छापिनेछन् ।

दीपक केसी, वडा नम्बर ३
म यसअघि दुईपटक वडाध्यक्ष भएँ । यस क्रममा मैले यस वडालाई दुर्गमबाट सुगममा परिणत गरें । सहर उज्यालो पारें । सडक चौडा गरें । यस कामले अब पनि निरन्तरता पाउनेछ । यो वडा अस्पतालको हब पनि हो । यस क्षेत्रलाइ विशेष स्वास्थ्य क्षेत्रको घोषणा गरिनेछ । सबै उपचार यहाँ गरिनेछन् । यहाँ केही विकृति छन्, यसलाई पूर्ण रूपमा हटाइनेछ । विकास निर्माणका विगतमा बाँकी काम प्रारम्भ गर्नेछु । धुलोरहित सुन्दर सहरमा बस्ने सपना अब पूरा हुनेछ । यसका लागि सबै शक्तिको प्रयोग गरिनेछ ।

मोहन विष्ट, वडा नम्बर ४
वडाध्यक्ष मैले जितें भने सुविधा वापत आउने मेरो तलबको ७५ प्रतिशत हिस्सा युवा विद्यार्थीको विकासमा खर्च गर्नेछु । सहर सफा गर्नेछु । सडक चौडा पारिनेछ । खानेपानीलाई व्यवस्थित तुल्याइनेछ । सार्वजनिक जग्गाको संरक्षण गरिनेछ । सरकारी जग्गामा क्लब बनाइनेछ । वृद्धवृद्धा बस्न मिल्ने चौतारोको निर्माण गरिनेछ । बालउद्यान निर्माण गरिनेछ । पार्टीले घोषणा गरेको घोषणापत्र बमोजिम काम गरिनेछ ।

गणेश श्रेष्ठ, वडा नम्बर ५
म हाडीगाउँको स्थानीय हुँ । यस क्षेत्रको विकासका सम्बन्धमा मेरो विशेष चासो रहनेछ । यहाँ लिच्छविकालीन सम्पदा रहेको छ । यसको संरक्षण गर्न आवश्यक छ । साथै, यसको पुननिर्माण गर्न आवश्यक छ । अब यस कार्यले गति लिनेछ । सांस्कृतिका सम्पदाको निर्माण गरी पर्यटन प्रवद्र्धन गरिनेछ । यहाँ पुराना चारकिल्ला छन् । यसको निर्माण गरिनेछ । पुराना शैलीका घर निर्माणलाई विशेष प्राथमिकतामा राखिनेछ । यस्ता घर निर्माणमा प्रोत्साहन गरिनेछ । पाटीपौवा निर्माण गरिनेछन् । सांस्कृतिक धरोहरको संरक्षण गरिनेछ । विशेष महत्व बोकेका जात्रालाई प्राथमिकतामा राखिनेछ । सबै पक्षलाई साथमा लिएर काम अघि बढ्नेछ । सहर सुन्दर बनाइनेछ । उज्यालो सहर निर्माणमा विशेष पहल गरिनेछ ।

वीरेन्द्र लामा, वडा नम्बर ६
यस वडाको विकास सम्बन्धमा घोषणपत्र नै तयार भइसकेको छ । सोअनुसार काम अघि बढ्नेछु । बौद्धनाथ मन्दिरको भेटीघाटी पारदर्शी बनाइनेछ । यसलाई वडामातहत ल्याइनेछ । बौद्ध क्षेत्रलाई अन्तर्राष्ट्रिय पर्यटनको केन्द्र बनाइनेछ । ५ हजार युवालाई यस क्षेत्रमा रोजगार दिइनेछ । प्रत्येक घरले कम्तीमा चारवटा रूख रोप्नैपर्ने प्रबन्ध मिलाइनेछ । सहर समृद्ध र हराभरा पारिनेछ । सडक सफा र सुन्दर बनाइनेछ । फोहरको उचित व्यवस्थापन गरिनेछ । सडक उज्यालो तुल्याइनेछ । खेलकुदका लागि विशेष पहल गरिनेछ । वृद्धवृद्धा भेटघाट गर्ने स्थल बनाइनेछ । बाल उद्यान बनाइनेछ । व्यायाम शालाको उचित व्यवस्था गरिनेछ ।

शुद्ध डंगोल, वडा नम्बर ७
वडामा सडक स्तरीय छैनन् । बाटो फराकिलो छैन । यो काम प्राथमिकताका साथ अघि बढ्नेछ । बाटो फराकिलो बन्नेछ । गल्लीमा ढुंगा छापिनेछन् । जनतालाई घरदैलोमा नै सेवा सुविधा पु¥याइनेछ । चुस्त प्रशासन बनाइनेछ । जवाफदेही प्रशासन हाम्रो प्रतिबद्धता हो । सहर सफा गरिनेछ । धुलो न्यूनीकरण गरिनेछ । खानेपानी व्यवस्थित पारिनेछ । स्वास्थ्य र शिक्षामा बिशेष जोड रहनेछ । सहर उज्यालो तुल्याइनेछ । सामुदायिक विद्यालयलाई व्यवस्थित पारिनेछ ।

कृष्णमान श्रेष्ठ, वडा नम्बर ८
यस वडामा हिन्दू धर्मावलम्वीको आरध्यदेव पशुपतिनाथ मन्दिर पर्छ । मन्दिर भएका कारण यहाँका जनतलाई फाइदा पनि पुगेको छ । पीडित पनि बन्नुपरेको छ । विशेष गरी पशुपति क्षेत्र विकास कोषले तयार परेको गु योजनाबाट यहाँ धेरैजना पीडित छन् । धेरै विस्थापित बन्नुपरेको छ । यो समस्या साधान गर्नेतर्फ मेरो ध्यान जानेछ । गुह्येश्वरीदेखि तिलगंगासम्म सुरुङ मार्ग बनाउने योजना थियो । यसलाई पनि अघि बढाइनेछ । पशुपतिनाथ मन्दिरलाई वडा मातहत ल्याइनेछ । यहाँको समग्र विकासमा हाम्रो ध्यान केन्द्रित हुनेछ ।

रामकृष्ण श्रेष्ठ, वडा नम्बर ९
वडामा विकासको मुल फुटाइने छ । यसका लागि सवैको साथ आवश्यक छ । सबैलाई साथमा लिएर गइनेछ । छलफलबाटै काम अघि बढ्नेछ । सहर सुन्दर र हराभरा बनाइनेछ । सहरमा भित्री सडक व्यवस्थित पारिनेछ । गल्लीमा ढुंगा तथा टायल हालिनेछन् । फराकिलो सडकमा सौयै बत्ति जडान गरिनेछन् । यस वडामा धोबी खोला र बग्मती नदी पर्छन् । दुवैलाई हाराभरा तुल्याइनेछ । नदी किनारमा वृक्षरोपण गरिनेछन् । प्रशासनिक सेवा झन्झटरहित तुल्याइनेछ । घरदैलोमा नै जनतलाई सेवा दिइनेछ ।

श्यामलाल तण्डुकार, वडा नम्बर १०
समृद्ध सहर मेरो सपना हो । यसका निम्ति म सबै उपाय अपनाउँछु । सडक सफा र सुन्दर हुनेछन् । विद्युत् र टेलिफोनका तार व्यवस्थित पारिनेछ । धुलोरहित सडक निर्माण गरिनेछ । सौर्य बत्तीबाट सडक र सहर उज्यालो पारिनेछ । वडा प्रशासन चुस्त र दुरुस्त तुल्याइनेछ । सेवा जनताको घर दैलोसम्म लगिनेछ । भ्रष्टचार नियन्त्रण गरिनेछ । बजेट पारदर्शी बनाइनेछ । प्रशासनलाई जनता प्रति उत्तरदायी बनाइनेछ । खानेपानी तथा ढलको उचित प्रबन्ध गरिनेछ । समृद्ध सहर निर्माणमा मेरा सबै ध्यान केन्द्रित हुनेछ ।

योगेन्द्र श्रेष्ठ, वडा नम्बर ११
यहाँ वडा कार्यालय व्यवस्थित छैन । यसलाई व्यवस्थित तुल्याइनेछ । कार्यालयबाट दिइने सेवा प्रभावकारी परिनेछ । वडामा सूचना पाटी राखिनेछ । नागरिकले परदर्शी ढंगबाट सबै सूचना पाउन सक्नेछन् । विद्युत् तथा टेलिफानका तार अन्डरग्राउन्ड बनाइनेछ । सडक सफा गरिनेछ । सबै ठाउँमा सौर्य बत्ती जडान गरिनेछ । महिनाको एकपटक वृद्धवृद्धालाई समूहिक भोजन गरिनेछ । ज्येष्ठ नागरिकका लागि मिलन केन्द्र स्थापना गरिनेछ । धोबी खोला र बाग्मती नदी किनारलाई सफा गरिनेछ । ऐतिहासिक तथा पुरातत्व महत्वका सामग्री संरक्षण र संवद्र्धन तुल्याइनेछ ।

विकास डंगोल, वडा नम्बर १२
म जनताको सेवा गर्न राजनीतिमा आएको हुँ । म राजनीतिभन्दा पनि सामाजिक मान्छे हुँ । समाजमा बसेर मैले धेरै काम गरेको छ । यो काम अब पनि निरन्तर रहनेछ । राजनीतिमा मेरो खासै चासो छैन । तर, जनताको सेवामा म समर्पित छु । जनताको सेवा गर्न कुनै कसर बाँकी राख्दिनँ । सहरको भौतिक विकासमा मेरो विशेष ध्यान पुग्नेछ । यहाँको खानेपानी तथा ढल निकासको समस्या समाधानमा मेरो विशेष चासो रहनेछ । सडक सफा रहनेछ । समृद्ध र सुन्दर सहर बनाउन मेरो विशेष पहल रहनेछ ।

योगेन्द्र श्रेष्ठ, वडा नम्बर ११
यहाँ वडाको कार्यालय व्यवस्थित छैन । यसलाई व्यवस्थित तुल्याइनेछ । कार्यालयबाट दिइने सेवा प्रभावकारी पारिनेछ । वडामा सूचना पाटी राखिनेछ । नागरिकले परदर्शी ढंगबाट सबै सूचना पाउन सक्नेछन् । विद्युत् तथा टेलिफोनका तार अन्डरग्राउन्ड बनाइनेछ । सडक सफा गरिनेछ । सबै ठाउँमा सौर्य बत्ती जडान गरिनेछ । महिनाको एकपटक वृद्धवृद्धालाई सामूहिक भोजन गराइनेछ ।

विकास डंगोल, वडा नम्बर १२
जनताको सेवामा म समर्पित रहनेछु । जनताको सेवा गर्न कुनै कसर बाँकी राख्ने छ्रैन । सहरको भौतिक विकासमा मेरो विशेष ध्यान पुग्नेछ । यहाँको खानेपानी तथा ढल निकासको समस्या समाधानमा मेरो विशेष चासो रहनेछ । सडक सफा राखिने छ । समृद्ध र सुन्दर सहर बनाउन मेरो विशेष पहल र सक्रियता रहनेछ ।

धुव्रनारायण , वडा नम्बर १३
२०५४ को स्थानीय चुनावमा पनि मैले वडा अध्यक्षमा जितें । त्यसबेला विकास निर्माणका धेरै काम भए र बाँकी कति काम थिए, ती योजनाहरू अब पूरा गर्नुपर्ने छ । ढलको उचित निकास हुनेछ । खानेपानीको प्रबन्ध सहज हुनेछ । सडक चौडा हुनेछन् । भित्री सडक कालोपत्रे हुनेछन् । गल्लीमा ढुंगा छापिनेछन् । बजेट पारदर्शी बनाइनेछ । वडा सचिवलाई जनताको काम प्रति उत्तरदायी बनाइनेछ ।

शोभा सापकोटा, वडा नम्बर १४
समृद्ध सहर निर्माण मेरो प्राथमिकता हो । भ्रष्टाचार मुक्त प्रशासन मेरो प्रतिबद्धता हो । सेवा चुस्त र दुरुस्त हुनेछ । खानेपानी तथा ढलको उचित प्रबन्ध हुनेछ । सहरका सडक सौर्य बत्तीले उज्यालिनेछन् । विकासको मूल फुटाइनेछ ।

ईश्वरमान डंगोल, वडा नम्बर १५
वडाको कार्यालय व्यवस्थित छैन । पहिलो चरणमा यो काम अघि बढ्नेछ । वडा कार्यालयमा सबै स्थानीय बासिन्दा प्रवेश गर्ने सहज वातावरण तयार गरिनेछ । समाजसेवी, विज्ञ तथा लब्धप्रतिष्ठित सबै स्थानीय समेटेर सहर विकास र सुधारका काम अघि बढ्नेछ । प्रशासन सुधार हुनेछ । सहज सेवा पु¥याउन पहल हुनेछ । बजेट पारदर्शी हुनेछ । भ्रष्टचारमा शून्य सहनशीलता हुनेछ ।

विश्वराम सापकोटा, वडा नम्बर १६
सबैभन्दा पहिले वडा कार्यालय व्यवस्थित पारिनेछ । प्रशासनिक काम चुस्त पारिनेछ । जनतालाई सर्वसुलभ ढंगले सेवा दिइनेछ । वडाका काम पारदर्शी पारिनेछ । सहर सुन्दर र समृद्ध बनाइनेछ । नमुना वडा बनाउने हाम्रो अठोट रहनेछ । खानेपानीको प्रबन्ध ठीक पारिनेछ । ढल निकासले तीव्रता पाउनेछ । सडक सफा र फराकिलो पारिनेछ ।

गोपाल माली, वडा नम्बर १७
मेलम्ची खानेपानीले सडक भत्काएको छ । सहर धुलोमय बनेको छ । अब यो हटाइनेछ । सहर प्रदूषणमुक्त तुल्याइनेछ । तीन मिटरभन्दा चौडा सडक कालोपत्रे गरिनेछ । गल्लीमा ढुंगा तथा टायल राखिनेछन् । सडकमा वृक्षरोपण गरिनेछ । सहर सुन्दर र हरियाली बनाइनेछ । प्रशासनिक काम चुस्त र दुरुस्त बनाइनेछ । प्रशासनिक काम जनताप्रति उत्तरदायी बनाइनेछ ।

न्हुँच्छेकाजी महर्जन, वडा नम्बर १८
अहिले हाम्रो वडामा खानेपानीको व्यापक समस्या रहेको छ । जुन समस्या पहलेदेखि नै चलिरहेको हो, त्यसैले यसलाई खानेपानी संस्थानले पनि सुक्खा क्षेत्रका रूपमा घोषणा गरेको छ । खानेपानीको आपूर्तिका लागि हामीले वैकल्पिक स्रोतको व्यवस्थापन गर्ने हेतुले डिप बोरिङको कामलाई तीव्रता दिने सोच बनाएको छु । जुन पहिले पनि थियो अहिले भने बिग्रिएको छ । यस्तै, यहाँको सडक अन्य वडाजस्तै सडक धुलाम्य भएको छ । यसलाई सफा र स्वच्छ राख्न सरसफाइ कार्यक्रम गर्ने सोच बनाएको छु ।

आनन्दबहादुर माली, वडा नम्बर १९
हाम्रो वडा पुरातत्व सम्पदाले भरिपूर्ण रहेको छ । यसलाई जीर्णोद्धार तथा व्यवस्थापन गर्न म लागिरहेको छु र लाग्नेछु । महानगरको मुख्य समस्या भनेको फोहोर व्यवस्थापन नै हो । यसलाई सरल र सहज बनाउन म निरन्तर लागरिहनेछु । अर्को भनेको स्वास्थ्य शिक्षालाई पनि जोड दिनेछु । यहाँ सुविधा सम्पन्न विद्यालयको अभाव रहेको छ । एउटा मात्र विद्यालय कंकेश्वरी निमावि छ, त्यो विद्यालय पनि राम्रोसँग सञ्चालन हुन सकेको छैन । यसलाई व्यवस्थित तरिकाले सञ्चालन गर्न म लागिपर्नेछु ।

विजयकृष्ण श्रेष्ठ, वडा नम्बर २०
वडामा भ्रष्टाचारमुक्त समाज निर्माका लागि म लागि पर्नेछु । विकास निर्माणका लागि चाहिने पूर्वाधारहरू तयार गर्न पनि म लागिरहनेछु । विकासका कामहरू आमजनतालाई सहभागी गराएर गर्ने सोचमा रहेको छु । यस्तै, म काष्ठमण्डपको पुनर्निर्माणका लागि मैले आफूले सकेको काम गर्नेछु । यस्तै, टोलमा ढुंगा छाप्ने काम टड्कारो रूपमा पूरा गर्न लाग्नेछु । यसैगरी, ढलको उचित व्यवस्थापन गर्न पनि म सक्रिय ढंगले लाग्नेछु ।

उदयचुडामणि बज्राचार्य वडा नं. २१
यस क्षेत्रको पुरातात्विक सांस्कृतीक सम्पदाको संरक्षण तथा भुकम्पबाट क्षत विक्षेत भए संम्पदाको मेरो पहिलो प्रथमिकता रहेको छ । यस क्षेत्रमा वसोवास गर्ने जनताको खानेपानि स्वास्थ्य र फोहोर व्यावस्थापन मेरो पहिलो कार्ययोजनामा राखेको छु ।

चीनकाजी महर्जन, वडा नम्बर २२
हाम्रो वडा व्यवसायको हब हो । यही वडाबाट देशैभरि विभिन्न खालका सामानहरूको बिक्री हुन्छ । सुन, चाँदी, हिरा देखी लत्ताकपडा पनि हाम्रै वडामा भएका पसलहरूबाट बाहिरने गरेको छ भने मोबाइल सोरुमहरू पनि हाम्रै वडामा रहेको छ । यस्तै ठूला कम्प्लेक्स पनि हाम्रै वडामा रहेको छ । बिजनेसको एउटा हब भए पनि हाम्रो वडामा पार्किङको ठूलो समस्या विद्यमान देखिएको मूल समस्या हो । जथाभावी पार्किङले गर्दा आवतजावतमा पनि समस्या हामी सबैले भोग्दै आएका छौं । यसलाई निराकरण गर्न अन्डरग्राउन्ड पार्किङ र बहुतलीय पार्किङको अवधारणालाई प्राथमिकतामा राखी काम गर्ने सोच बनाएको छु । यस्तै, यहाँबाट दैनिक हजारौं टन फोहोर उत्पादन हुन्छ । त्यसलाई व्यवस्थापन गर्न पनि विशेष पहल गर्ने सोच रहेको छ । यस्तै, यहाँ खानेपानीको पनि भयंकर समस्या रहेको छ । यसलाई सहजता दिन पनि मेरो महत्वपूर्ण हात रहनेछ । यस्तै, सुरक्षा प्रवद्र्धनका साथै बाटोलाई व्यवस्थित गर्न म लागिपर्नेछु ।

मचाराजा महर्जन, वडा नम्बर २३
हाम्रो भनौं या काठमाडौं महानगरपालिकाकै साझा समस्याका रूपमा रहेको समस्या ढलको निकास नहुनु हो । यसलाई व्यवस्थित गर्न मैले पहलकदमी भूमिका निभाउनुपर्ने भएको छ । यस्तै, हाम्रो टोलमा अहिले केबल तारको कारणले पुरै टोल नै कुरूप देखिएको छ । यसलाई व्यवस्थित गर्न विभिन्न उपाय खोज्ने काममा म लाग्नेछु ।

बालकृष्ण श्रेष्ठ, वडा नम्बर २४
हाम्रो वडा भित्री टोलमा रहेकाले बाटोको समस्या रहेको छ । यसलाई निराकरणका लागि पहलकदमी काम गर्नु आवश्यक ठानेको छु । यहाँ पानीको पनि समस्या रहेको छ । यसलाई परिपूर्ति गर्नको लागि विभिन्न खालको उपलब्धताका उपायहरू खोज्न थाल्नेछु । मैले टोलको विकासका लागि टोलमा भएका विज्ञहरूको एउटा समूह बनाउने सोच बनाएको छु । योजनाको तर्जुमा गर्नुको साथै ती काम पूरा गर्न विज्ञहरूकै सहभागितामा काम गर्ने सोच बनाएको छु । यस्तै सरकारले दिँदै आएको वृद्धभत्ता वितरणमा समस्या देखिएको छ । यसलाई सहज तरिकाले वितरण गर्न घरघरमा गई भत्ता वितरण गर्ने काम गर्नेछु ।

बाबुराजा महर्जन, वडा नम्बर २५
हाम्रो वडा भएको क्षेत्रमा मठ मन्दिरहरू धेरै रहेका छन् । यसलाई संवद्र्धन र प्रवद्र्धन गरेर यस क्षेत्रमा पर्यटकीय क्षेत्रका रूपमा विकास गराउन म लागिपर्नेछु । भित्री चोकहरूमा चाहि इँटा बिछ्याएर बाटोको मर्मत गर्ने सोच गरेको छु । मुख्य रूपमा यस क्षेत्रलाई पर्यटकीय हबका रूपमा विकास गर्न लाग्नेछु ।

देवेन्द्र रिजाल, वडा नम्बर २६
हाम्रो वडा पर्यटकीय क्षेत्र ठमेलमा पर्दछ । सोही कारण यसलाई हरियाली सहरका रूपमा विकास गराउन मैले रुख रोप्ने कार्यक्रमलाई अगाडि बढाउने सोच रहेको छ । यस्तै, मैले प्रत्येक पसलमा फूल रोप्न गमला वितरण गर्ने कार्यक्रमलाई अगाडि बढाउने सोचमा छु । जसले गर्दा त्यहाँको सौन्दर्यलाई थप मद्धत पुगोस् भन्ने मेरो चाहना हो । पर्यटक आए पनि त्यस क्षेत्रमा सुरक्षा प्रतयाभूति नपाएको मैले अनुभव गरेको छु । यसका लागि पर्यटकलाई त्यहाँ प्रवेश गर्न प्रत्येक व्यक्ति ५० रुपैयाँ पैसा लिने व्यवस्था मिलाउँछु जसले पर्यटकको सुरक्षा गर्न त्यहाँ विशेष योजना बनाउने सोचमा पनि म छु ।

चिनिया बज्राचार्य, वडा नम्बर २७
अहिले सरकारले जनतासँग कर लिने तर जनताका लागि केही काम नगर्ने खालको परम्परा विकसित हुँदै छ । जनप्रतिनिधि नभएका कारण यो नभएको हो कि भन्ने मैले अनुभूति गरेको छु । मैले यही अनुभूति भएकाले अब वडाको र वडामा रहेका वडावासीहरूको विकासका लागि विशेष खालको भूमिका खेल्ने सोच बनाएको छु । यस्तै, अहिले आईटीको जमाना हो वडामा हामीले आईटी बोर्ड राख्ने सोच पनि बनाएका छौं । जसले हरेक टोलवासीलाई टोलमा हुने हरेक कुराको सूचना दिन सकोस् ।

मधुसूदन तण्डुकार, वडा नम्बर २८
टोलमा भएको जनशक्तिलाई पहिचान गर्ने काम म पहिले गर्नेछु । यसका लागि मैले विभिन्न संघ, संस्था तथा व्यक्तिहरूको एल्लो पेज बनाउने काम गर्नेछु । यसपछि जनशक्तिको पहिचान गर्नेछु र त्यही जनशक्तिलाई प्रयोग गरेर विकास निर्माणका कामहरू गर्नेछु ।

यस्तै, यहाँ पार्किङको समस्या रहेको छ । यसलाई निराकरण गर्न खुला ठाउँको पहिचान गरी सरोकारवालाहरूसँग सहकार्य गरी त्यस क्षेत्रलाई पार्किङ क्षेत्रका रूपमा विकास गर्ने सोच रहेको छ । अन्य यस वडाको विकासका लागि विशेष भूमिका निर्वाह गर्नेछु । जनताको चाहनाअनुसार काम गर्नेछु ।

ओम उप्रेती, वडा नम्बर २९
अहिले नेपालमा १९ वर्षपछि बल्ल जनप्रतिनिधि छान्ने मौका पाएको छ । यो अवधिमा स्थानीय जनताले जनप्रतिनिधिविहीन अवस्थामा धेरै दुःख पाएका छन् । यसका अलावा मैले यस वडामा एम्बुलेन्सको सहजता होस भन्नका लागि एम्बुलेन्सको व्यवस्था गर्न लागिरहेको छु । यस्तै, यहाँ शव वाहनको पनि व्यवस्था गर्ने व्यवस्था मिलाउनेछु ।
यहाँ खुला ठाउँ छैन । यसका लागि उपयुक्त जग्गा छनोट गरी पार्क बनाउनेछु । वडाको विकासका लागि हरेक बुद्धिजीवीहरूसँग राय र सुझाव लिनेछु भने आफूले जानेका सम्पूर्ण सीपलाई वडाको विकासमा लगाउनेछु ।

सुरेन्द्र श्रेष्ठ, वडा नम्बर ३०
मेरो टोलमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर छ । त्यस घरलाई संग्रहालयका रूपमा विस्तार गर्न पहल गर्ने सोचमा छु । यस्तै, हाम्रो वडामा एउटा फिटनेस सेन्टरको स्थापना गर्न पनि म लागिपर्नेछु । जुन यहाँ बसोबास गर्नेहरूको स्वस्थताका लागि कोसेढुङ्गा साबित हुनेमा म ढुक्क छु । यस्तै, मैले सिलाइबुनाइको कामलाई व्यापकता दिन त्यस खालको कारखाना नै सञ्चालन गर्ने सोचमा छु । जसले गर्दा रोजगारी सिर्जना हुन्छ र त्यसबाट आम्दानी पनि हुन्छ । ती आम्दानीबाट वडामा चाहिने हरेक खालको काम गर्ने सोच बनाएको छु ।

नारायण भण्डारी, वडा नम्बर ३१
यस वडामा जनतालाई सुशासनको प्रत्याभूति हुने खालको कार्यक्रम ल्याउने सोचमा छु । हाम्रो वडामा अव्यवस्थित रूपमा सुकुम्बासी बस्ती रहेको छ । यसलाई हामीले उचित व्यवस्थापन गर्न लाग्नुपर्छ । यहाँ भएका विभिन्न सरकारी तथा गैरसरकारी विद्यालयको अवस्था सुधार गरी गुणस्तरीय शिक्षा प्रदान गर्न र गराउन म निरन्तर लागिरहनेछु ।

नवराज पराजुली, वडा नम्बर ३२
कोटेश्वर चोकमा बाटो काट्न सर्वसाधारणलाई धेरै समस्या भएको छ । यसका लागि आकाशेपुल निर्माणका लागि मैले पहल गर्नेछु । यस्तै, मनोहरा–बाग्मती करिडोर निर्माणका क्रमलाई निरन्तरता दिन लाग्नेछु । यसका साथै यहाँका जनतालाई आवश्यकीय सबै सहयोग गर्न म सधैं निरन्तर लागिरहनेछु ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula