महानगरमा शाक्यकाे लहर

प्रकाशित मिति :2017-05-11 19:26:58


काठमाडौ।

आगामी आइतवार हुने काठमाडौ महानगरपालिका निर्वाचनमा एमालेका तर्फबाट उम्मेदवार विद्यासुन्दर शाक्यको महानगर बनाउने नारा कांग्रेसका उम्मेदवार राजुराज जोशी भन्दा आकर्षण नारा रहेका छन् ।
विद्यासुन्दरका काठमाडौलाई समृद्ध बनाउने चुनावी नारा नै आकर्षण रहेका छन् । जसले गर्दा आफ्ना प्रतिस्पर्धीलाई सजिलै उछिन्ने छन् ।
महानगरलाई समृद्ध बनाउन शाक्यका योजना जोशीका नाराभन्दा धेरै नै राम्रा भएका नगरवासीहरु बताउनु हुन्छ ।
विद्यासुन्दरले युवालाई स्वरोगजार बनाउने देखि युवाका मनछुने योजना अघि सारेका छन् । तर कांग्रेसका मेयरका उम्मेदवार राजुराज जोशीका त्यस्ता नारा छैनन । उहाँका समृद्धि काठमाडौ भन्दा पनि कुरुप बनाउने योजना नारामा सारेका छन् ।
महानगरलाई सुविधासम्पन्न बनाउने शाक्यका योजना चुनावी नाराबाट नै थाहा हुने गरेको छ ।
“हाम्रो राजधानी,हाम्रो महानगर,महानगरको नेतृत्वमा विद्यासुन्दर” जस्ता नाराले विद्यासुन्दरले कस्तो महानगर बनाउदै छन भन्ने कुरा थाहा हुन्छ ।
यस्तै “स्वच्छ हराभरा प्रदुषण मुक्त शहर,काठमाडौ मेयरमा विद्यासुन्दर” जस्ता शाक्यले सजिलै जित्ने नाराबाट नै थाहा हुन्छ ।
उहाँका “मौलिक सस्कृति,विश्वसम्पदा काठमाडौ पहिचान,आधुनिक र सुविधासम्पन्न राजधानी एमालेको अभियान” जस्ता चुनावी नारा काठमाडौ स्मार्टसिटी मात्र नभई यहाँका संस्कृतिसम्पदाको संरक्षणमा पनि लगाव छ भन्ने देखिन्छ ।
यस्तै यहाँका काठमाडौको अस्तव्यस्त ट्राफिकलाई व्यवस्थापन गर्ने राजुराजका भन्दा धेरै राम्रा योजना शाक्यको रहेको छ ।
“सही समय सही ठाम, (नो ट्र«ाफिक जाम)” जस्ता नाराबाट यहाँको जामलाई व्यवस्थित बनाउने योजना बनाउनु भएको छ ।,
यस्तै यहाँको ग्याँस अभावलाई निर्मूल गर्नका लागि शाक्यले “ घरघरमा अचम्मको सियो र घरघरमा गज्जवको चुलो”यहाँको हरियाली बनाउनका लागि “ ग्रीन एण्ड क्लिन काठमाडौ” “काठमाडौ महानगर झिलिक्क ः घरघर टिलिक्क” जस्ता योजना अघि सार्नु भएको छ ।
काग्रेसका उम्मेदवार राजुराज जोशीले काग्रेसको केन्द्रीय कमिटीले ल्याएको जस्तै काठमाडौ लागि छुट्टै घोषणा पत्र ल्याएपनि त्यो नारा अनुसार काठमाडौ महानगरलाई समृद्ध बनाउने योजना छैन ।
राजुराजले विद्यासुन्दर शाक्यकै योजनालाई अघि सादै नारा बनाएका छन् ।
जोशीले विपीको व्याज खान आफूले पाउनु पर्ने भन्दै विपीकै नाम लिएर नारा बनाएका छन् । “समुन्नत घर—गाउँ बी.पी. को विचार, कल्याणकारी राज्य समाजवादको आधार” जस्ता विपीको नामले व्याज खाने दाउमा नारा बनाएका छन् ।

“जल, जमीन, जंगल, जडिवुटी र जलाधार ः स्थानीय जनताको समृद्धिको आधार” जस्ता काग्रेसको केन्द्रीय कमिटीले बनाएको नारालाई आफ्नो घोषणा पत्रमा उल्लेख गरेका छन् ।
“एक विपन्न परिवार ः सीप सिकाइ केन्द्रमा एक निशुल्क अवसर” “एक विपन्न परिवार ः पानीको एक निःशुल्क धारा” जस्ता आधारहिन नारा सारेका छन् ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula