चाँगुनारायणमा मेयरसहितका उम्मेदवारहरू एमालेमा समाहित

प्रकाशित मिति :2017-05-11 18:00:50

चाँगुनारायण नगरपालिकामा नेकपा (माले) का तर्फबाट उम्मेदवार बनेका सबै नेकपा (एमाले) मा प्रवेश गर्नुभएकाे छ । नगरपालिकाका  विभिन्रन पदमा उम्मेदवारी दिनुभएका उम्मेदवारलाइ एमालेका सचिव याेगेश भट्टराईले चाँगुनारायणमा बुधबारअायाेजित  कार्यक्रममा माला र टीका लगाएर प्रवेश गराउनुभयाे ।

नेकपा (माले) का तर्फबाट नगर प्रमुखमा उम्मेदवारी  दिनुभएका साधुराम दाहाल,  उपप्रमुखकी उम्मेदवार लक्ष्मी  मगराती,  वडा नम्बर चारका अध्यक्ष रामराज मगराती, सदस्य हरीशरण मिजार,  विदुर मिजार, अजय मगराती र सिता  मिजार एमालेमा प्रवेश गर्नुभएकाे हाे । त्यस्तै गरी वडा नम्बर ५ का अध्यक्षका उम्मेदवार सुरज बयलकाेटी, इश्वर बयलकाेटी, प्रकाश मगराती, राजाराय बयलकाेटी एमाले प्रवेश गर्नुभयाे ।  यसैगरी रमेश बुढाथाेकी पनि एमालेमा प्रवेश गर्नुभएकाे छ ।

नव प्रवेशीहरूले नेकपा (एमाले) मात्रै अबकाे सच्चा देशभक्त र नेपालीकाे भावनाकाे कदर गर्ने पार्टी भएकाे बताउनुभयाे ।

नेता भट्टराईले चाँगुनारायणमा एमालेका तर्फबाट उम्मेदवार बन्नुभएका साेम  मिश्र बाैद्विक र जनताबीच चर्चित उम्मेदवार भएकाे बताउनुभयाे । उहाँले कांग्रेसले पैसाका भरमा जनता प्रभावित पार्न खाेजे पनि एमालेकाे जीत  निश्चित भएकाे बताउनुभयाे । एमालेले युवा, महिला, दलित तथा अन्य वर्ग र समुदायकाे  हितमा संधै काम गर्ने भएकाेले एमाले जनताकाे सच्चा पार्टी भएकाे बताउनुभयाे । उहाँले एमालेले सरकार चलाउन पाए नेपाललाई समृद्व र सुन्दर बनाउने बताउनुभयाे ।

मेयरका उम्मेदवार साेम मिश्रले नगरकाेट तथा चाँगुनारायणजस्ताे सुन्दर र एेतिहांसिक ठाउँ एमालेले देशकै सुन्दर र अाकर्षक गन्तबन्य बनाउने बताउनुभयाे ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula