समृद्ध जनताको समृद्ध तारकेश्वर नगर निर्माण गर्छाैं : बोहरा

प्रकाशित मिति :2017-05-11 16:55:52


तारकेश्वर ।

नेकपा (एमाले)का नगरप्रमुखका उम्मेदवार रामेश्वर बोहोराले समृद्ध जनताको समृद्ध तारकेश्वर नगर निर्माण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएकाे छ ।

निर्वाचन प्रसार प्रसारको अन्तिम समयमा जनताको घर दैलोमा मत माग्दै हिडेका बोहराले जनताकै चाहना अनुसार विकास निर्माणलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएकाे हाे ।

हामीले समृद्ध जनताको समृद्ध तारकेश्व नगर निर्माणको संकल्प अघि सारेका छौं, विकास निर्माणमा जनताको प्रत्यक्ष सहभागीता र स्वामित्व हाम्रो मुल एजेण्डा हो, बोहराले भन्भनुभयाे,
तारकेश्वरमा ११ वडाका १४ मतदानस्थल तथा ३५ मतदान केन्द्रमा मतदान अधिकृत परिचालन भइसकेका छन् भने मतदाता परिचयपत्र वितरणका लागि ठाउँठाउँमा सर्वदलीय बैठक भइरहेका छन् । तारकेश्वर नगरमा २९ हजार ५०२ मतदाता रहेका छन् ।
यस नगरपालिकामा ८१ हजार ४४३ जनसंख्या बस्ने गरेपनि आप्रवासीको बाहुल्यता रहेकाले पनि मतदाता कम देखिएका छन् । निर्वाचनमा १० दल र चार स्वतन्त्रसहित गरी २९८ उम्मेदवार मैदानमा छन् । दुई वर्षअघि घोषणा भएको यस नगरको पूर्वमा टोखा, उत्तरपश्चिममा नुवाकोट जिल्ला, दक्षिणमा काठमाडौँ महानगर र दक्षिण पश्चिममा नागार्जुन नगरपालिका पर्छन् ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula