नागार्जुन नगरमा एमालेको भव्य जुलुस

प्रकाशित मिति :2017-05-11 14:52:42


काठमाडौं ।

नागार्जुन नगरपालिकाका प्रमुख तथा उपप्रमुखसहितका एमाले उम्मेदवारहरुको भव्य जुलुससहितको घरदैलो कार्यक्रम इचंगुनारायणबाट शुरु भएको छ ।
नगरप्रमुखका उम्मेदवार कृष्णहरि खत्री र उपप्रमुख सुशीला अधिकारीले नेतृत्व गर्नुभएको घरदैलो कार्यक्रम नगरका विभिन्न वडा हुँदै स्युचाटारमा पुगेर चुनावी सभामा परिणत हुने छ ।
पार्टीका केन्द्रीय सदस्य तथा पर्यटन विभाग प्रमुख सूर्य थापाले उक्त घरदैलो र्यालीको शुभारम्भ गर्नुभयो । सो अवसरमा संक्षिप्त मन्तव्य व्यक्त गर्दै केन्द्रीय सदस्य थापाले भन्नुभयो– यस निर्वाचनमा प्रधानमन्त्रीलाई छोरी जिताउने, उद्योग मन्त्रीलाई दाई जिताउने र शहरी विकास मन्त्रीलाई बहिनीज्वाई जिताउने टण्टा छ तर सचेत मतदाता सूर्यध्वजावाहक उम्मेदवार जिताउने अभियानमा दृढतापूर्वक जुटिसकेका छन् ।
घरदैलोमा ठूलो जनसहभागिता रहेको र एमाले पर्यटन विभागका सदस्य समेत रहेका खत्रीको टिमले चुनाव जित्ने निश्चितप्रायः रहेको जनाइएको छ ।
स्युचाटारमा हुने सभालाई पार्टीका सचिवालय सचिव प्रदीप ज्ञवाली लगायतका नेताहरुले सम्वोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
यसैवीच,काठमाडौं महानगरपालिकाको पुरानो घनावस्ती इटुंबहालमा हुने आजको अन्तिम चुनावी सभामा एमालेका कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले सम्वोधन गर्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ ।  नेता श्रेष्ठको नेतृत्वमा वालाजुको वाइपासबाट शुरु हुने जुलुस इटुंवहालमा पुगेर सभामा परिणत हुनेछ ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula