टोखाका राष्ट्रमानको संकल्प–‘आर्थिक सुविधा केही पनि लिन्न’

प्रकाशित मिति :2017-05-11 13:51:12

काठमाडौं ।

एमालेको तर्फबाट टोखा नगरपालिका वडा नं. २ मा अध्यक्षका उम्मेदवार बनेका राष्ट्रमान श्रेष्ठले आफु निर्वाचित भएपछि अध्यक्षका हैसियतले प्राप्त हुने कुनैपनि सुविधा नलिने घोषणा गरेका छन् ।
अध्यक्षका रुपमा प्राप्त हुने मासिक तलब, बैठक भत्तालगायत अन्य आर्थिक सुविधा पारदर्शी ढंगले सामाजिक काममा खर्चिने श्रेष्ठले बताउनुभयो । उहाँ टोखा क्षेत्रका लोकप्रिय नेताका रुपमा चिनिनुहुन्छ । बुधबार टोखामा आयोजित चुनावी सभालाई सम्वोधन गर्दैै उहाँले जनताले विजय गराएर पठाए सम्पूर्ण पेशागत, व्यावसायिक, सामाजिक, तथा अन्य जिम्मेवारीहरु त्यागी वडा अध्यक्षका हैसियतमा मात्रै सम्पूर्ण समय खर्चिने प्रतिवद्धता पनि जनाउनुभयो ।

विकास निर्माण तथा सामाजिक सेवामा टोखा क्षेत्रमा स्थापित पहिचान बनाएका श्रेष्ठले स्थानीय सामुदायिक विद्यालय चण्डेश्वरी निमावि, विभिन्न संघ÷संस्था, पुस्तकालय आदिमा नेतृत्वमा रहि योगदान गरिरहनुभएको छ । उहाँकै कुशल नेतृत्वमा त्यस क्षेत्रमा नयाँ किरण बचत तथा ऋण सहकारी संस्थाले निरन्तर श्रमजीवी जनताको पक्षमा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।

स्थानीय जनता प्रभावित भई उहाँको प्रचारमा होमिन थालेकाले श्रेष्ठको जित सुनिश्चित भएको स्थानीयवासीहरु बताउँछन् । उहाँलाई विजय गराउन स्थानीय निर्वाचनमा ठूलो प्रभाव पार्ने खड्गी समाज समेत खुलेर लागेको छ ।

सम्पूर्ण सामाजिक क्रियाकलापहरुमा एमालेका नेता÷कार्यकर्ताहरुको नेतृत्व भएपनि साविक टोखा चण्डेश्वरी गाविस रहेको यस वडामा अहिलेसम्म दुबै स्थानीय चुनावमा कांग्रेसले जित्दै आएको थियो । तर, यो निर्वाच्नमा एमालेको विजय सुनिश्चित बनाउन एमाले कार्यकर्तादेखि सर्वसाधारणसम्म लागेका छन् ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula