मकवानपुरमा जित सुनिश्चित गर्दै एमाले

प्रकाशित मिति :2017-05-11 13:45:13


काठमाडौं ।

यसअघिको स्थानीय निकाय निर्वाचनमा अत्याधिक मतल्याइ विजयी भएका एमालेका उम्मेदवार  जितकाे नजिक पुगेका छन् ।

हेटौडा उपमहानगरपालिका , थाहा नगरपालिका र ८ गाउपालिका रहेको जिल्लामा एमालेका उम्मेदवारको प्रचारशैली देखेर अन्य दलआत्तिसकेका छन् । दुई लाख २८ हजार ९ सय २७ जना मतदाता रहेको मकवानपुरमा २०६४ सालको संबिधानसभा चुनाब अगाडि सबै क्षेत्रमा बिजयीको झण्डा फहराएको थियो । ०६४ को चुनाबमा ४ वटै क्षेत्र गुमाएको एमालेले ७० को संबिधानसभामा भने ३ वटा क्षेत्र फर्काउन सफल भएको थियो ।

यही ३१ गते हुने निर्वाचनमा एमालेको जित सुनिश्चित हुने देखिएको छ । आज प्रचारको अन्तिम दिन भएकोले सबै वडाका चोक, बजार क्षेत्रमा ब्यापक प्रचार अभियान संचालन भैरहेको छ । घरदैलोमा व्यस्त देखिएका उम्मदवारले हरित नगरी हेटौडा निर्माण गर्ने मूख्य दावित्व एमालेको भएकोले एमालेलाई भोट दिन अपिल गरेका छन् ।

अहिले हेटौडाको बजार क्षेत्र राताम्य देखिएको छ । मुख्य प्रतिस्पर्धि माओवादी र काग्रेस भएपनि एमालेको जितलाई सबैले स्विकार गरीसकेका छन् ।

थाहा नगरपालिका अन्तर्गत १२ वडा छन् । ती वडामा पनि एमालेकै उम्मेदवार वलियो रहेको छ । जिल्लामा कैलाश, वागमती, राक्सिराङ,वकैया, मकवानपुर गढी, भीमफेदी र इन्द्रसरोवर गरी आठ गाउपालिका छन् । ती गाउपालिकाका एमालेका उम्मेदवारले आफ्नो जित सुनिश्चित रहेको बताएका छन् । मकवानपुरलाई एमालेको गढ बनाउन लागि परेका छौ–एमाले क्षेत्र नम्बर ३ का सांसद अनन्त पौडेलले भन्नुभयो । उहाले जिल्लाभर विजयी हासिल गर्ने योजनाका साथ प्रचारप्रसार अभियानमा जुटेको बताउनुभयो ।

निर्वाचनमा जित हासिल गर्ने अभियानलाई सांसद पौडेल, सुवासचन्द्र ठकुरी र राजाराम स्याङतान लागि परिरहनुभएको छ ।

एमालेले उपमहानगरपालिकाको मेयरमा यसअघि दुई पटक विजयी हासिल गरिसकेका हरीवल महत लाई मेयर र मिना लामालाई उपमेयरमा उठाएको छ । थाहा नगरपालिकामा विष्णुप्रसाद ढकाललाई मेयर र कल्पना वलामीलाई उपमेयरमा सिफारिस गरेको छ ।

विशेषगरी महानगरलाई हरित नगरी, फोहोर व्यवस्थापना, बाटोघाटो, सुरुङमार्ग निर्माण लगायतका मुख्य योजना अघि सारेर चुनावी प्रचारमा होमिएका उपमहानगरक्षेत्रमा उम्मेद्वारले एमालेको जित भए हेटौडालाई मुलुककै सुन्दर र व्यवस्थित शहर बनाउने योजना अघि सारेका छन् ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula