एमालेमय ललितपुर

प्रकाशित मिति :2017-05-11 13:39:47

एमाले ललितपुर जिल्ला एमालेमय हुने देखिएको छ ।

जिल्लाजिल्लामा एमालेको प्रचारमा हिँड्ने अधिकांश कार्यकर्ताले एमालेमा भोट माग्दै हिँड्न थालेको छ ।

जिल्लामा खानेपानी, ढल निकास, बाटोघाटो, युवालाई रोजगारी, वृद्धभत्तालाई स्थानीय तहमै वृद्धि गर्नेलगायतका विषयलाई प्रमुख प्राथमिकतामा राखेर प्रचार अभियान तीव्र बनाएका छन् । ललितपुर महानगरपालिकामा उपमेयरमा राप्रपाको तालमेलालाई सार्थक बनाउन दुई पार्टीका कार्यकर्ता लागि परेका छन्

। उपत्यकासँग नजिक भएर पनि अति दुर्गम क्षेत्र रहेको ललितपुरका महांकाल, बाग्मती र कोञ्ज्योसोम गाउँपालिकामा समेत एमालेको जित सुनिश्चित हुने देखिएको छ । महानगरका मेयरका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले एमालेको जनलहर बढेकाले आफ्नो पार्टीको जति सुनिश्चित भएको दाबी गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘एमालेले जित हुने देखेपछि अन्य पार्टी आत्तिसकेका छन् । ललितपुरलाई विश्वकै ऐतिहासिक र २४सै घण्टा झिलिमिली बनाउने मुख्य योजना रहेको बताउने मेयरका उम्मेदवार महर्जन आफ्नो उम्मेदवारीको अगाडि अन्यको केही नचल्ने दाबी गर्नुहुन्छ । उहाँजस्तै २९ वटै वडामा एमालेको जित प्रायः सुनिश्चित भइसकेको छ ।

दुई दशकपछि हुन लागेको र यसअघि एमालेले जनतालाई दिएको विश्वास बिर्सन नसकेर होला, अधिकांश महानगर र जिल्लावासीले एमालेलाई नै भोट दिन लबिङ गरिरहेका छन् । दुर्गम क्षेत्रमा रहेका स्थानीयले विकासवादी सोच भएकोलाई मत दिन जागिरहेका छन् । महानगरपालिकामा रहेको २९ वटा वडा, दुई वटा नगरपालिका र पाँच वटा गाउँपालिकाका प्रमुखलगायतका पदमा निर्वाचित हुन आतुर रहेका अधिकांश एमालेका उम्मेदवारले आफूले विजय हासिल गरेपछि गाउँघरमा विकासको जनलहर ल्याउन आतुर रहेको बताउन थालेका छन् ।
जिल्लामा रहेको गोदावारी र महालक्ष्मी गरी दुई नगरपालिका र पाँच वटा गाउँपालिकामा पनि एमालेको जनलहर बढ्दै गएको छ । जिल्लामा गोदावरी नगरपालिकामा १४ वटा वडा रहेका छन्, महालक्ष्मीमा १० वटा वडा रहेका छन् ।
त्यस्तै, बाग्मती गाउँपालिकामा ७ वटा वडा रहेका छन् । महांकालमा ६ वटा र कोञ्ज्योसोम गाउँपालिकामा ५ वडा रहेका छन् । ललितपुर महानगर क्षेत्रलाई विकासको आधार बनाउन योजना बनाएका २९ वडामा अध्यक्षहरूबाट एमालेको तुलनामा अन्य दल अति कमजोर रहेको विश्लेषण गरिएको छ । बिहानैदेखि घरदैलो अभियानमा लागेका उम्मेदवारले स्थानीय जनताको मागबमोजिम विकास गर्दै लैजाने बताएका छन् ।

युवादेखि वृद्धवृद्धासम्म एमालेको प्रचारमा लाग्दै हिँडेका छन् । टोलटोल, चियापसलमा एमालेकै उम्मेदवारलाई विजयी बनाउन ¥याली आयोजना गरिरहेका छन् । विश्वकै नमुनाको सहर बनाउने योजनामा लागेका एमालेका उम्मेदवारले महानगरको विकास लागि स्थानीयसँग राय माग्न थालेका छन् ।

अघिल्लो स्थानीय निर्वाचनमा ललितपुर उपमहानगररमा एकछत्र राज गरिसकेको एमालेले वृद्धवृद्धालाई विशेष ध्यान दिएका थिए । विकास निर्माणको काममा घरघरमा सुविधा स्थापित गर्दै अघि बढेको एमालेको जित सुनिश्चित भइसकेको महानगरवासीले जनाएका छन् ।

 

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula