एमाले नेता प्रदिप ज्ञवाली भन्नुहुन्छ – माओबादीद्धारा दोलखामा एमाले कार्यकर्ताको कार्यरतापुर्ण हत्या राज्य संरक्षित फांसीबाद हो

प्रकाशित मिति :2017-05-10 19:38:08

काठमाडौ ।

नेकपा (एमाले)का नेता एवं सचिवालय सचिब प्रदिप ज्ञवालीले दोलखामा माओबादीले गरेको मंगलबार राति होटलमा बसिरहेका एमालेका कार्यकर्ता कुलबहादुर तामाङको हत्या राज्य संरक्षित सामाजिक फासिबाद भएको बताउनुभएको छ ।
नेकपा (एमाले) प्रचार बिभागको आयोजनामा बुधबार भएको नियमित पत्रकार भेटघाट कार्यक्रमलाई संबोधन गर्दै नेता ज्ञवालीले राज्यको आडमा गरिएको सो हत्यामा संलग्न अपराधीहरुलाई २४ घण्टाभित्र कानुनको कठघरामा नउभ्याए त्यसको परिणााम राम्रो नहुने चेतावनी दिनुभएको छ ।  सरकारको नेतृत्व गरेको पार्टी जसरी गुण्डागर्दीमा उत्रिएको छ त्यसप्रति नेकपा एमाले गभीर भएको भन्दै नेता ज्ञवालीले प्रहरीले यदि २४ घण्टाभित्र अपराधीलाई कठघरामा नउभ्याए एमाले चुप लागेर नबस्ने स्पष्ट पार्नुभएको छ ।

उहाले भन्नुभएको छ – सरकार आउने जाने भैरहन्छ तर प्रहरी आश र त्रासमा पर्नुहुदैन र घटनाका दोषीलाई पक्राउ गर्न ढीला नगर्न एमालेको तर्फबाट गभीरताका साथ आग्रह गर्दछु ।

एमाले कानुनलाई हातमा लिन चाहन्न तर एमालेको संयमतालाई कमजोरी ठानिए त्यसको परिणाम राम्रो हुने छैन भन्दै नेकपा एमाले सचिवालय सचिब प्रदिप ज्ञवालीले अनेक गठबन्धन गर्दा पनि अत्तालिएर हतास मनस्थितिमा रहेको सत्ताधारी दल बिछिप्त मानसिकतामा रहेका उदाहरणहरु एकपछि अर्को गर्दे देखापर्दैछन भन्नुभएको छ ।

उहाले सुरक्षामा आशंका बढेको जानकारी पाएर नै एमाले नेतृत्वले केही दिन अघि मात्रै तीन वटै सुरक्षा निकाय एवं गृह प्रशासनको गभीर ध्यानाकर्षण गराएको र त्यतिबेला सुरक्षाको प्रत्याभुति हुने भनी आश्वासन दिएको एक हप्ता नहुदै दोलखामा जुन घटना घटेको छ त्यसले एमालेलाई थप गभीर बनाएको बताउनुभएको छ ।

नेता ज्ञवालीले एमालले आपना कार्यकर्ताको सुरक्षा आफै गर्नु परे त्यसको परिणाम बेग्लै हुने तर्फ पनि सरकारको गभीर ध्यानाकर्षण गराउनुभएको छ । उहाले निर्बाचनको माहोल एमालेको पक्षमा देखिन थालेपछि सरकारी संचार माध्यमले एमालेलाई ब्ल्याकआउट गर्न थालेको तर्फ पनि सबद्ध निकायको ध्यानाकर्षण गराउदै निर्बाचन आयोगले ती निकायको अनुगमन गरेको छ छैन भनी प्रश्न गर्नुभएको छ ।

बुधबार दिउंसो दोलखामा दुइ हजार भन्दा बढी जनसमुदाय सहितको जुलुस प्रहरी कार्यालय पुगी माओबादीबाट हत्या गरिएका कुलबहादुर तामाङका पिता एवं बडाध्यक्षका उमेदबार गोरे तामाङले किटानी जाहेरी दिनुभएको जानकारी गराउदै नेता ज्ञवालीले दोलखामा मंगलबार राति तामाङको हत्या भएपछि बिहान सम्म स्थानीय प्रशासनले गृह प्रशासनलाई जानकारी नगराउनु अर्को आश्चर्यजनक बिषय भएको बताउनुभएको छ ।

यति ठुलो जघण्य अपराध हुंदा पनि माओबादीको काधमा चढेको नेपाली कांग्रेस के भन्छ उसले आफ्नो धारणा के हो भन्नु पर्देैैन भनी प्रश्न गर्दे नेता ज्ञवालीले यदि काग्रेस नबोले उसको पनि मिलोमतो छ भन्ने प्रष्ट हुने उल्लेख गर्नुभएको छ ।

पत्रकारहरुले राखेको एक जिज्ञासमा नेता ज्ञवालीले बाहिरी तत्वबाट चुनाब बिथोलिने संभावना नभएको तर सरकार आफै उत्तेजनापुर्ण घटना घटाएर निर्बाचन बिथोल्न खोजेको हो कि भन्ने आशंका जन्माएको उल्लेख गर्नुभएको छ ।

सो नियमित भेटघाट कार्यक्रममा प्रचार बिभागका उपप्रमुख सुर्य थापाले स्थानीय तहको निर्बाचनका सन्दर्भमा निर्बाचन आयोग तर्फ सकेत गर्दै जसले आचार सहिता जारी गरी लागु गर्ने हो सोही पक्ष द्धिबिधामा परेको उसका ब्यबहाले देखाएको स्पष्ट पार्नुभएको छ ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula