अरु पार्टीका नेतालाई रेल चढाएर पोखरा घुमाउँछौं : ओली

प्रकाशित मिति :2017-05-10 18:21:59


काठमाडौं

 एमाले अध्यक्ष केपी ओलीले स्थानीय तह निर्वाचनमा सूर्यध्वजावाहक उम्मेदवारहरुले जित्नेमा कुनै शंका नरहेको बताउनु भएको छ । बुढानीलकण्ठ नगरपालिकाको चुनावी सभालाई बुधबार सम्बोधन गर्दै उहाँले एमालेकै नेतृत्वमा नगरलाई सुमन्नत र जनतालाई सम्बृद्ध बनाइने घोषणा गर्नुभयो ।

स्थानीय तहमा जितेपछि पार्टीको प्रतिवद्धता अनुसार काठमाडौंमा रेल कुदाइने ओलीले बताउनुभयो । ‘हामीले चुनाव जितेपछि अरु पार्टीका नेताहरुलाई रेल चढाएर एक फन्को पोखरा घुमाएर काठमाडौं ल्याउँछौं’, ओलीले भन्नुभयो ।

एमालेको तर्फबाट मेयरमा दाबी गरेका नेता कुसुम कार्कीले एमाले जितको नजिक पुगिसकेको बताउनुभयो । ‘बुढानीलकण्ठका नगरबासीले एमाले चाहेका छन्, हाम्रो जित सुनिश्चित छ’, सभालाई सम्बोधन गर्दै कार्कीले भन्नुभयो ।

एमालेको तर्फबाट मेयरको उम्मेदवार बनेका उद्धव खरेलले चुनाव प्रचारप्रसारका क्रममा जनताले देखाएको माया आफु उत्साही बनेको बताउनुभयो । नगरको विकासका लागि एमालेको प्रतिवद्धताअनुसार आफु खटिने उहाँले प्रतिवद्धता जनाउनुभयो ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula