चरिकोटमा एमाले कार्यकर्ता र सर्वसाधारणको विशाल विरोध र्‍याली

प्रकाशित मिति :2017-05-10 17:07:45

काठमाडौं :

माओवादीले मंगलबार हत्या गरेका दोलखाका एमाले कार्यकर्ता कुलबहादुर तामाङको परिवारले बुधबार जिल्ला प्रहरी कार्यालयमा पूर्वराज्यमन्त्री देवी खड्का र माओवादी दोलखाका सहइन्चार्ज विशाल खड्कासहित १ सय ५० जना विरुद्ध जाहेरी दिएको छ । एमालेको तर्फबाट गौरीशंकर गाउ“पालिका वडा नम्बर १ का सदस्यका उम्मेदवार गोरे तामाङका छोरा कुलबहादुर जुगुमा खाना खाइरहेका बेला माओवादीले आक्रमण गरेका थिए । माओवादी नेतृ खड्का र सहइन्चार्ज विशालको नेतृत्वमा जिल्ला बाहिरबाट पनि पेशेवर गुण्डा ल्याइएको थियो ।

एमाले केन्द्रीय सदस्य पार्वत गुरुङका अनुसार निहत्था एमाले कार्यकर्तालाई घेरा हालेर भालाले रोपी रोपी हत्या गरिएको छ । कुलबहादुरको हत्यापछि जुगु गाउ“ नै शोकमग्न बनेको छ । माओवादी आतंकबाट पूरै गाउ“ भयभीत बनेको स्थानीय वासिन्दाले बताएका छन् ।

माओवादी आक्रमणबाट गम्भीर घाइते भएका दिलबहादुर बुढाथोकीको अहिले काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचार भइहरको छ । धारिलो हतियारले टाउकोमा गम्भीर चोट लागेका उहा“ अझै बोल्न सकिरहनुभएको छैन ।

किटानी जाहेरी दिनुअघि गाउ“बाट आएका एमाले कार्यकर्ता र सर्वसाधारणले दोलखा सदरमुकाम चरिकोटमा विशाल विरोध ¥याली प्रदर्शन गरेका छन् । ¥यालीसहित उनीहरु जिल्ला प्रहरी कार्यालय पुगेका थिए ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula