स्वस्थ वडा मेरो परिकल्पनाः खड्का

प्रकाशित मिति :2017-05-10 10:19:00


ललितपुर ।

ललितपुर महानगरपालिका वडा नम्बर १८ एमालेका उम्मेद्दार पुरुषोत्तम खड्का प्यानलकोले आफ्नो घरदैलो अभियानलाई तिब्रता दिएका छन् । करिब २ हजार ८ सय मतदाता रहेको सो वडा ऐतिहासिक रुपले महत्वपुर्ण वडाको रुपमा चित्रण गरिएको छ । अध्यक्षका उम्मेद्दार खड्काले जताको हित अनुकुल कामक गर्ने बताउनुभएको छ ।

सबै उम्मेद्दारको साझा माग खानेपानी, ढल निकास बाटोघाटो भएपनि उहाले यस वडालाई विषेश महत्वको रुपमा हेर्नुभएको छ । नजिकैको ललितपुर प्रवेश स्थलको रुपमा रहेको पार्कलाई व्यवस्थित गर्ने, सबै वडावासीलाई खानेपानीको सुविधा उपलब्ध गराउने स्थानीय कृषकको सुविधा दिने,प्राविधिक र व्यवासायीक शिक्षामा विशेष काम गर्ने, स्थानीय युवालाई रोजगारीको अवसर प्रदान गर्ने वृद्धबुद्धाले पाउने भत्ता बढाउन पहल गर्ने लगायतकायोजना रहेका छन् ।

उहासंगै खुला सदस्यमा गोपाल डंगोल रेश्मा थापा, रुकमणी महर्जन र दलितमा राधिका रोक्कालाई ले उम्मेद्दारी दिएका छन् घरदैलोमा व्यवस्त रहेका अध्यक्षका उम्मेद्दार खड्काले आफु अध्यक्षमा विजयी भए आफुले अघि सोरेको योजना जस्ताको त्इस्तै पुरा गर्ने बताउनुभएको छ । मैले विजयी हासिल गरे अन्य दलको जस्तो प्रचार मात्रै होइन कामै गरेर छाड्ने प्रतिवद्धता जनाएका खड्काले टोल विकासको लागि सदैव लागि पर्ने बताउनुभएको छ ।

Notes Nepal

    Comment Here!


©2016 | All rights reserved by Rato Surya

Designed By: Turup sangroula